Main Menu

Wednesday, September 30th, 2015

 

एमाओवादीका मधेसी नेताहरु भन्छन्–

हामी भारतीय हस्तक्षेपविरुद्ध उत्रन्छौं

असोज १३, काठमाडौं । एकीकृत माओवादीका मधेसी नेताहरुले आफूहरु भारतीय हस्तक्षेपविरुद्ध आन्दोलनमा उत्रने बताएका छन् । संविधानले निर्धारण गरेको २ नं. क्षेत्रमा विशेष अभियान चलाउने तयारी अन्तर्गत अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलगायत पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा मंगलवार पेरिसडाँडामा भएको पार्टीका मधेसी नेताहरुको भेलामा उक्त अभिव्यक्ति दिइएको हो । बैठकमा उपस्थित एमाओवादीका मधेसी नेताहरु विश्वनाथ साह, उमेशकुमार यादव, हरिनारायण चौधरी, रामचन्द्र मण्डल, विन्देश्वर यादव, ज्वाला साहलगायतले पार्टी परित्यागको घोषणा गरेका प्रभु साह, रामकुमार शर्मा र रामरिझन यादवको पार्टी बहिर्गमनले मधेसमा एमाओवादीको जनआधारमा उल्लेखनीय क्षति नपुग्ने प्रतिवेदन प्रस्तुत गरे । स्रोतका अनुसार एमाओवादीका मधेसी नेताहरुको उक्त बैठकमा अध्यक्ष पचण्डले संविधानका राम्रा रपूरा पढ्नुहोस्


भावनाले मात्र वार्ता सफल हुन सक्दैन – नारायणकाजी श्रेष्ठ प्रकाश

असोज १३, काठमाडौं । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भावनाले मात्र वार्ता सफल नहुने बिचार व्यक्त गरेका छन् । आन्दोलनरत मधेसवादी दलहरुसँग वार्ता गर्न सरकारको तर्फबाट बनेको वार्ता टोलीका एक सदस्य पनि भएका उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘राजनैतिक समाधानका बारेमा ठोस रुपमा एउटा निष्कर्षमा पुग्नै पर्छ । कसैले पनि अझै केही समय हेरौं न त भन्ने गल्ती गर्नु हुँदैन ।’ उपाध्यक्ष प्रकाशले आन्दोलनरत फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग मंगलवार भएको वार्ता सकारात्मक भएको बताएका छन् । तर, ४५ दिनदेखि चलिरहेको आन्दोलन, जसमा ४० भन्दा बढीको ज्यान गइसकेको छ त्यसको राजनीतिक समाधान सजिलैपूरा पढ्नुहोस्


पत्रपत्रिका

भारतीय भूमिबाट नेपालीसीमा बस्ती बेलहियामा ढुंगा प्रहार

असोज १३, काठमाडौँ । मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार नेपाल–भारत सीमानाको बेलहियामा प्रहरीमाथि भारतीय भूमिबाट ढुंगा प्रहार गरेको समाचार आजको नयाँपत्रिका दैनिक ले छापेको छ । मध्यान्ह सीमानाका दशगजामा धर्ना बस्न पुगेका मोर्चाका कार्यकर्ताले एक्कासी प्रहरीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । सो क्रममा प्रहरीले दुईजना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखारभिन्डी गा.वि.स.का जोगेन्द्र चौधरी र हाटी बनगाई गा.वि.स.का आकाश उपनाम गरेको आफ्नो पार्टीका कार्यकर्ता रहेको सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले बताए । भारतीय भूमि हुँदै दशगजामा धर्ना बस्न पुगेका मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय एसएसबी र प्रहरीले सहयोग गरेको छ । अरु बेला दशगजामा भीडपूरा पढ्नुहोस्


पत्रपत्रिका

अब तातोपानीसम्म गाडी गुड्न सक्छ

असोज १३, काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने नेपालतर्फको सडक खुलेको खबर आजको नयाँपत्रिका दैनिकले छापेको छ । पहिरोले क्षतिग्रस्त बनाएको सिन्धुपाल्चोकमा पर्ने बाह्रबिसे–तातोपानी सडकखण्ड डिभिजन सडक कार्यालय चरिकोटको टोलीले मंगलबार खुलाएको हो । चीनसँगको अर्को व्यापारिक नाका रसुवागढीसम्म पुग्ने सडक यसअघि नै खुलिसकेको छ । १२ वैशाखको भूकम्पपछि तातोपानी नाका बन्द छ । भूकम्पले क्षतिग्रस्त सडकलाई नेपाली र चिनियाँ सेनाको संयुक्त टोलीले खुलाए पनि पहिरोले पुनः अवरुद्ध बनाएको थियो । डिभिजन सडक कार्यालय प्रमुख रामबहादुर गुरुङले चीनसँग नाका जोडिएको लिपिङसम्म सडक खुलेको जानकारी दिए । सडक विभागअन्तर्गतको डिभिजन कार्यालयले गत २५ भदौबाट क्षतिग्रस्त सडक खुलाउन सुरु गरेकोपूरा पढ्नुहोस्