Main Menu

Saturday, September 12th, 2015

 

नेपाल–चीनको मित्रता विश्वमै उदाहरणीय – चिनीया राजदूत

भदौ २६, काठमाडौं । चिनीया राजदूत उ–छुन्टाइले नेपाल र चीन बीचको मित्रता विश्वमै उदाहरणीय भएको बताएका छन् । राजधानीमा शुक्रवार आयोजित एक बिचार गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् । उक्त गोष्ठी नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापित भएको साठी वर्ष पुगेको अवसरमा नेपाल–चीन मैत्री युवा संघले आयोजना गरेको हो । आफ्नो बिचार राख्ने क्रममा चिनीया राजदूत उ–छुन्टाइले थप भने, ‘हजारौं वर्ष पुरानो हाम्रा दुई देश बीच कायम मित्रता सम्बन्धको तुलनामा दौत्य सम्बन्ध स्थापनाको साठी वर्ष अत्यन्त छोटो हो । नेपाल र चीनले सधैँ आपसी सहयोगको सम्बन्ध राख्दै आएका छन् । अस्ति भर्खरै नेपालमा गएको विनाशकारी भूकम्पको बेला उद्धारपूरा पढ्नुहोस्


विम्बल्डन फाइनलको रिम्याच

फेडरर र जोकोभिच पुनः फाइनलमा

भदौ २६, काठमाडौँ । रोजर फेडररले फेरि एकपटक उत्कृष्ट सर्भ गर्दै स्टानिस्लास वावरिङ्कालाई पराजित गरी युएस ओपनको फाइनलमा प्रवेश गरेका छन् । दोस्रो वरियताका स्वीस फेडररले आफ्नै देशका वावरिङ्गालाई कुनै अवसर नै नदिई ६–४ ६–३ ६–१ ले पराजित गर्दै एक सेट पनि नगुमाई फाइनलमा विश्व नं. १ नोभाक जोकोभिचसितको भेट पक्का गरेका हुन् । गत जुलाईमा मात्रै यी दुई खेलाडी विम्बल्डनको फाइनलमा भिडेका थिए, जुन खेल जोकोभिचले ४ सेटमा जितेका थिए । ३४ वर्षीय १७ ग्रान्ड स्लाम विजेता फेडरर सन् २००९ पछि पहिलो पटक युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् । उक्त फाइनलमा अविश्वसनीय रुपमा अर्जेन्टिनाका हुवाँ मार्टिन डेल पेट्रोसितपूरा पढ्नुहोस्


मक्का सहरमा दुर्घटना

साउदी अरबमा क्रेन ढल्दा १०७ जनाको मृत्यु

भदौ २६, काठमाडौं । साउदी अरबको धार्मिक सहर मक्कामा शुक्रबार एक मस्जिदमा क्रेन ढल्दा १०७ जनाको ज्यान गएको छ । दुई सयभन्दा बढी तीर्थयात्रीहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मुस्लिम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानिने मक्कामा भएको उक्त दुर्घटनाबारे अनुसन्धान सुरु भएको साउदी अरबको नागरिक सुरक्षा विभागका अधिकारीहरूले बताएका छन् । नागरिक सुरक्षा विभागका प्रमुख सुलेमान अल अमरले उक्त घटना ठूलो हावाहुरीका कारण भएको बताएका छन् । हावाहुरी र झरीका कारण मसहुर अल हरम मस्जिदको छतमाथि क्रेन खसेको थियो । मक्कामा यतिखेर मुस्लिम धर्मावलम्बीहरूले हजको तयारी गरिरहेका थिए । विभिन्न देशले उक्त घटनामा आफ्ना नागरिक परे–नपरेकोमा चासो देखाएका छन्पूरा पढ्नुहोस्


प्रगति राईको एकल कविता वाचन

‘पुरुषसँग जोरी नखोजी महिला लेखक स्थापित हुनै सक्दैन’

भदौ २६, काठमाडौं । कवि प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ । शुक्रबार राजधानीको मण्डला थिएटरमा डेढ घण्टासम्म कवि राईले आफ्ना केही नयाँ र केही पुराना कविता सुनाएकी थिइन् । राईका कविता सुनेपछि कवि तथा उपन्यासकार आहुतिले उत्पीडित समुदायबाट साहित्यमा आउने लेखक स्थापित हुनका लागि अरुभन्दा दश गुना बढी सक्रिय हुनुपर्ने बताए । उनले भने, ‘पारिजातले बानिरा गिरीको स्तरमा मात्रै लेखेको भए उनलाई कसले मान्थ्यो ?’ आहुतिले महिलाहरुले पितृसत्तालाई चुनौती दिएर लेख्नुपर्ने विचार व्यक्त गरे । ‘पुरुषसँग जोरी नखोजी महिला लेखक स्थापित हुन नसक्दो रहेछ,’ उनले भने, ‘संसारभरि जुन–जुन महिलाले पुरुषसँग जोरी खोजे, तिनीहरुले आफ्नो क्षेत्रमा आफैले नेतृत्वपूरा पढ्नुहोस्


क्यालेन्डर ग्रान्ड स्लामको सपना तुहियो

भिन्सीद्वारा सेरेना स्तब्ध

२६ भदौ, काठमाडौं । इटालीकी रोबर्टा भिन्सीले टेनिस इतिहासमा आफ्नो नाम लेखाएकी छिन् । तर उनको नाम कुनै उपाधि जितेकोमा लेखिएको होइन । इतिहासमा नाम लेखाउन भिन्सीको लागि सिर्फ एक जित काफी रह्यो । यद्यपि उक्त जित चानचुने भने थिएन । उक्त जितले टेनिस जगतमा अहिले उथलपुथल ल्याइदिएको छ । शुक्रबार बेलुका भएको युएस ओपनको सेमिफाइनल खेलमा भिन्सीले अमेरिकी विश्व नं. १ सेरेना विलियम्सलाई २–६, ६–४, ६–४ ले पराजित गरी पहिलोपटक कुनै ग्रान्ड स्लामको फाइनलमा प्रवेश गरेकी छिन् । यससँगै सन् १९८८ मा स्टेफी ग्राफपछि एकै सिजनमा ४ वटै ग्रान्ड स्लाम जित्ने सेरेनाको सपना तुहिएको छ । भिन्सीको यो जितपूरा पढ्नुहोस्


संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित

वार्ताका लागि आन्दोलनरत पक्षलाई आह्वान

भदौ २६, काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले आइतबार बिहानसम्मका लागि संविधानसभाको सबै प्रक्रिया स्थगित गर्ने निर्णय गरेका छन् । प्रमुख दलले आन्दोलनरत मधेसी मोर्चा, थारु लगायतसँग वार्ताको वातावरण बनाउन संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगित गरेका हुन् । मधेसमा आन्दोलनरत दलहरुले वार्ताका लागि संविधानसभाको प्रक्रिया रोक्नुपर्ने लगायतका सर्तहरु राख्दै आएका थिए । मधेसमा आन्दोलन झन्झन् बढ्दै र हिंसात्मक हुँदै गएपछि प्रमुख तीन दलले वार्ताका लागि संविधानसभा स्थगित गर्ने निर्णय गरेका हुन् । तीन दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आन्दोलनरत दललाई वार्तामा आउन आह्वान समेत गरेको छ । प्रादेशिक सीमांकन लगायतका विषयमापूरा पढ्नुहोस्