Main Menu

सात बुँदे कारण देखाउँदै मोर्चाबाट अलग

मुस्लिम गठबन्धनले छाड्यो मधेसी मोर्चा

Muslim Press-Releseमंसिर २२, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगै रहेर आन्दोलनरत राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । मोर्चाले गठबन्धनका मुद्दाबारे छलफल नगरी आफ्नो मात्रै निर्णय लाद्ने काम गरेको भन्दै अलग हुने निर्णय गरेको हो ।

मंगलबार बिहान राजधानीमा पत्रकार सम्मेलन गरी मुस्लिम गठबन्धनले मोर्चासँग अलग भएको घोषणा गरेको हो । गठबन्धनका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीका अनुसार अब मुस्लिम गठबन्धनले छुट्टै आन्दोलन संचालन गर्नेछ ।

मधेसी मोर्चाले राष्ट्रिय स्वाधीनतामा आँच आउने गरी गतिविधि गरेको, सरकारसँग प्रस्तुत गरेको १ बुँदे मागपत्रमा गठबन्धनका मागहरु नसमेटेको, वार्ताहरुमा प्रतिनिधित्व नगराइएको, गठबन्धनका कुराहरुको सुनुवाइ नगरिएको लगायतका ७ बुँदे कारण देखाउँदै गठबन्धनले मोर्चासँगको सहकार्य तोडेको हो ।

मुस्लिम गठबन्धनले अब जिल्ला जिल्लामा आफ्नै ढंगले आवश्यकता अनुसार आन्दोलन र विरोध सभाहरु गर्ने विज्ञप्तिमा जनाइएको छ ।

भदौ ३ गतेदेखि मधेसी मोर्चासँग मिलेर मुस्लिम गठबन्धन पनि मधेसमा चलिरहेको आन्दोलनमा सहभागी हुँदै आएको थियो ।

(Visited 121 times, 1 visits today)

टिप्पणी

comments