Main Menu

Tuesday, December 8th, 2015

 

सन्दर्भः सामान्य सापेक्षतावादको सिद्धान्तको १०० वर्ष

गुरुत्व तरङ्गको खोजी !

इटलीको पिसा नजिकैको एउटा सानो गाउँमा एउटा अनुसन्धान सुरु गर्न लागिएको छ । यदि यो अनुसन्धान सफल भएको खण्डमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तको एउटा भविष्यवाणीको प्रत्येक्ष रुपमा अवलोकन गर्न हामी सफल हुनेछौँ । र यदि विफल भएमा ? विफल भएमा भौतिकशास्त्रका स्थापित नियमहरुलाई पुनर्जांच गरिनुपर्ने हुनसक्छ । यो अनुसन्धानको नाम हो, एड्भान्स्ड भर्गो । र यो अनुसन्धानले एक विशेष खगोलिय घटनाको अवलोकन गर्ने प्रयास गर्नेछ, गुरुत्व तरङ्गको । युनिभर्सिटी पिसाका डा. फ्रान्को फ्रान्स्कोनीका अनुसार गुरुत्व तरङ्ग पहिलोपटक प्रत्यक्ष रुपमा अवलोकन गर्नको लागि एड्भान्स्ड भर्गो हाम्रो अवसर हो । भर्गोको अन्तर्राष्ट्रिय टोलीका सदस्य समेत रहेका फ्रान्स्कोनी भन्छन्, ‘आइन्स्टाइनले १००पूरा पढ्नुहोस्


प्रमुख सत्तारुढ दलको राष्ट्रिय भेला चितवनमा

एमाले भेलामा विविधतायुक्त राष्ट्रियता नस्वीकार्ने बहस

मंसिर २२, काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेको चितवनमा चलिरहेको राष्ट्रिय कार्यकर्ता भेलामा मुख्य नेताहरुले राज्यको बहुराष्ट्रिय चरित्र नस्वीकार्ने मत व्यक्त गरेका छन् । पार्टी महासचिव ईश्वर पोखरेलद्वारा भेलामा प्रस्तुत प्रतिवेदनमा अहिले चलिरहेको बहुराष्ट्रिय राज्यको बहसलाई ‘अत्यन्त खतरनाक’ भनिएको छ । पोखरेलको प्रतिवेदनले बहुराष्ट्रिय राज्यको मागले अन्ततः विखण्डनकारी, पृथकतावादी प्रयत्न र षडयन्त्रलाई प्रोत्साहित गर्ने जिकिर गरेको बताइएको छ । उनले बहुराष्ट्रिय राज्यको माग गर्नुलाई भ्रान्तिपूर्ण र राष्ट्रिय एकताविरोधी माग भनेका छन् । पोखरेलले तराई–मधेस आन्दोलनमा ‘अलगाववादी चिन्तन, साम्प्रदायिकता र पृथकतावादी रवैया’ रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । मधेस आन्दोलनमा गलत रवैया र प्रवृत्ति देखिए पनि त्यसको समाधान भने वार्ता,पूरा पढ्नुहोस्


सात बुँदे कारण देखाउँदै मोर्चाबाट अलग

मुस्लिम गठबन्धनले छाड्यो मधेसी मोर्चा

मंसिर २२, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगै रहेर आन्दोलनरत राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । मोर्चाले गठबन्धनका मुद्दाबारे छलफल नगरी आफ्नो मात्रै निर्णय लाद्ने काम गरेको भन्दै अलग हुने निर्णय गरेको हो । मंगलबार बिहान राजधानीमा पत्रकार सम्मेलन गरी मुस्लिम गठबन्धनले मोर्चासँग अलग भएको घोषणा गरेको हो । गठबन्धनका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीका अनुसार अब मुस्लिम गठबन्धनले छुट्टै आन्दोलन संचालन गर्नेछ । मधेसी मोर्चाले राष्ट्रिय स्वाधीनतामा आँच आउने गरी गतिविधि गरेको, सरकारसँग प्रस्तुत गरेको १ बुँदे मागपत्रमा गठबन्धनका मागहरु नसमेटेको, वार्ताहरुमा प्रतिनिधित्व नगराइएको, गठबन्धनका कुराहरुको सुनुवाइ नगरिएकोपूरा पढ्नुहोस्


छिंघाईबाट इन्धन ल्याउने तयारी

आज चीन जाँदै नेपाली टोली सरकारले चीनको छिंघाई प्रान्तबाट इन्धन आयात गर्ने  तयारी गरेको छ । त्यसका लागि अध्ययन र चिनियाँ अधिकारीसँग वार्ता गर्न नेपाली टोली आज त्यसतर्फ जाँदै छ । छिंघाई नै किन ? नेपालसँग नजिक पर्ने तिब्बतमा चिनियाँ नेसनल पेट्रोलियम कर्पाेरेसन (सिएनपिसी) को कुनै पनि रिफाइनरी छैन । तिब्बतमा राखिएको डिपोबाट सिएनपिसीले इन्धन वितरण गर्दै आएको छ । त्यसैले तेल लिन छिंघाई नै पुग्नुपरेको हो । छिंघाईमा सिएनपिसीको मात्र होइन, आधा दर्जनभन्दा बढी अन्य कम्पनीका रिफाइनरी छन् । त्यहाँ ग्याससमेत उत्पादन हुने भएकाले अन्य रिफाइनरीबाट ग्यास ल्याउने विषयमा वार्ता गर्न नेपाललाई सजिलो हुने भएको छ । २७ सय किलोमिटर टाढा पर्छ छिंघाई तिब्बतको सिगात्सेबाट छिंघाईपूरा पढ्नुहोस्


नेताज्यूहरू ! यसो पनि भनिदिऊँ कि ?

नेपाल स्वतन्त्र देश हो। यही पढेंँ। यही पढाएँ। विराटनगरको एलिट क्लबमा वीपी कोइरालाले भनिदिए– नेपाल त प्रशासनिक इकाइ हो, राष्ट्र बनेकै छैन। जनजातिहरूले अर्को कुरा ल्याए– नेपाल राज्यमा धेरै राष्ट्रहरू छन्। उनीहरूको इसारा हो– गुरुङ राष्ट्र। अवध राष्ट्र। जनजातिको यो सोचले मलाई अर्कोतिर फर्कायो। पृथ्वीनारायण शाहको इतिहास पढेंँ। पढाएँ। उनको इतिहासले भन्यो– बाइसी–चौबीसीहरू एक भए। नेपाल राष्ट्र बन्यो। इतिहासमै नेपाल–तिब्बतको लडाइँ पढेंँ। पढाउने काम पनि गरेंँ। नालापानीको कथा पढेंँ। पढाएँ। नेपाली वीरहरूको कथा। भारतमा अंग्रेजी राजको कथा पढेंँ। त्यो पनि पढाएँ। त्यसले भन्यो– नयाँ मुलुक नेपालले लियो। अहिलेको बाँके र बर्दिया। दार्जिलिङ भारतलाई दियो। टिष्टासम्मको पूर्वी भाग। काँगडासम्मको पश्चिमी भाग।पूरा पढ्नुहोस्