Main Menu

छिंघाईबाट इन्धन ल्याउने तयारी

china1-644x330आज चीन जाँदै नेपाली टोली

  • सरकारले चीनको छिंघाई प्रान्तबाट इन्धन आयात गर्ने  तयारी गरेको छ । त्यसका लागि अध्ययन र चिनियाँ अधिकारीसँग वार्ता गर्न नेपाली टोली आज त्यसतर्फ जाँदै छ ।

छिंघाई नै किन ?

  • नेपालसँग नजिक पर्ने तिब्बतमा चिनियाँ नेसनल पेट्रोलियम कर्पाेरेसन (सिएनपिसी) को कुनै पनि रिफाइनरी छैन । तिब्बतमा राखिएको डिपोबाट सिएनपिसीले इन्धन वितरण गर्दै आएको छ । त्यसैले तेल लिन छिंघाई नै पुग्नुपरेको हो । छिंघाईमा सिएनपिसीको मात्र होइन, आधा दर्जनभन्दा बढी अन्य कम्पनीका रिफाइनरी छन् । त्यहाँ ग्याससमेत उत्पादन हुने भएकाले अन्य रिफाइनरीबाट ग्यास ल्याउने विषयमा वार्ता गर्न नेपाललाई सजिलो हुने भएको छ ।

२७ सय किलोमिटर टाढा पर्छ छिंघाई

  • तिब्बतको सिगात्सेबाट छिंघाई दुई हजार दुई सय किलोमिटर दूरीमा छ । सिगात्सेबाट तातोपानी हुँदै काठमाडौं आइपुग्न पाँच सय पाँच किलोमिटर दूरी पर्छ । काठमाडौंबाट छिंघाई पुग्न दुई हजार सात सय पाँच किलोमिटर दूरी पार गर्नुपर्छ ।
  • इन्धन ढुवानी गर्ने साधनलाई आयल निगमले ‘राउन्ड ट्रिप’ (आउने र जाने) भाडा दिँदै आएको छ । त्यसैले, छिंघाईबाट तातोपानी हुँदै काठमाडौंसम्म इन्धन ओसार्दा ढुवानी साधनलाई पाँच हजार चार सय १० किलोमिटर र छिंघाईबाट केरुङ–रसुवागढी हुँदै काठमाडौं ल्याउँदा पाँच हजार सात सय ७० किलोमिटरको भाडा तिर्नुपर्छ ।

छिंघाईको बाटो सहज

  • ग्यास उद्योग संघले डेढ महिनाअघि नै छिंघाईबाट ग्यास ल्याउनेबारे अध्ययन गरिसकेको थियो । तिब्बतको सिगात्सेबाट छिंघाईसम्म ६ लेनको बाटो छ । ‘यो बाटो यति चिल्लो र सहज छ कि गिलासमा राखेको पानी पनि छचल्किँदैन,’ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । त्यस्तै, सिगात्सेबाट छिंघाईसम्म रेलसमेत पुग्छ ।
    ग्यास पनि ल्याउन सकिन्छ
  • छिंघाईबाट इन्धन ल्याउन सकिए ग्यास पनि आयात गर्न सकिने आयल निगमको प्राविधिक टोलीको निष्कर्ष छ । छिंघाईमा सिएनपिसीको प्राकृतिक ग्यास (सिएमजी र एलएनजी) समेत उपलब्ध छ । सिएनपिसीले छिंघाईमा सिएमजी, एलएनजी र एलपिजी तीनैथरी ग्यास उत्पादन गर्दै आएको छ । चीनमा सिएमजी ग्यास धेरै प्रयोग भएका कारण नेपाललाई एलपिजी पर्याप्त दिन सक्ने ग्यास उद्योगीको अध्ययनले देखाएको छ ।

 

(Visited 133 times, 1 visits today)

टिप्पणी

comments