Main Menu

सीमा अवरोध हटाउन मोर्चा पनि सकारात्मक

LEADERS-OF-MADHESI-MORCHAअवरोध हटाएर सहमति खोज्न मोर्चालाई दिल्लीको सुझाब

  • भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् । मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुादे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन् ।
  • नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
  • विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुादे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् । विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन् ।

फर्केपछि मोर्चाले निर्णय गर्ने

  • महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री कमल थापाको तीनबुादे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाडौं फर्किएपछि सरकारसाग वार्ता गर्ने बताए । तर, माग पूरा नभई नाका खोल्दा भविष्यमा कहिल्यै आन्दोलन उठ्न नसक्ने हो कि भन्दै भेटघाटमा चिन्ता व्यक्त गरेका थिए ।

काठमाडौं–दिल्ली–मधेसबीच सहमतिका ३ बुँदा
१. समानुपातिक समावेशितालाई मौलिक अधिकारअन्तर्गत राख्न सरकार तयार छ । सुरक्षा निकायबाहेकका सबै सरकारी अंगमा यो व्यवस्था गर्न सरकार सहमत छ । वैवाहिक अंगीकृत नागरिकताका विषयमा पनि सरकार मधेसीहरूको माग पूरा गर्न तयार छ ।
२. ७५ जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र सुनिश्चित गर्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न सरकार तयार छ । भौगोलिक बनावट र विकासको आवश्यकताका कारण जनसंख्या मात्रै आधार बन्न सक्दैन, तर मधेसमा ८० सिट पुग्ने गरी व्यवस्था मिलाउन सकिन्छ ।
३. सीमांकनका विषयमा संवैधानिक हैसियतको संघीय आयोग गठन गर्ने र त्यसले तीन महिनामा दिने रिपोर्टका आधारमा संविधान संशोधन गरिने, प्रदेशको संख्या बढाउन पनि सकिने ।
उपप्रधानमन्त्री थापाले मधेसको मुद्दा राजनीतिक भएको भन्दै समाधानका लागि तीनवटा बुँदाबारे भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग १६ मंसिरमा छलफल गरेका थिए । उनले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि यस विषयमा कुराकानी गरेपछि भारत पक्ष सकारात्मक भएको थियो ।
भारतीय पूर्वकूटनीतिज्ञले सोधे– सत्तामा पुगेर के गर्नुभो ?

  • अन्तक्र्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए । सुरुमा मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव बोले । पछि उनीहरूसँग मधेस आन्दोलनबारे सोधिएको थियो ।
  • एक पूर्वराजदूतले ‘तपाईंहरू सत्तामा रहँदा मधेसीका पक्षमा के–के गर्नुभयो’ भनेर सोधे । अरू नेता मौन बसेपछि सद्भावना अध्यक्ष महतोले भने, ‘काम गर्ने कोसिस गरेका थियौँ, सकेनौँ । किनभने एकजना मन्त्री, राष्ट्रपति भएर केही नहुँदो रहेछ, कानुन बनाउने ठाउँमा मधेसीहरू बहुमतमा थिएनौँ ।’

नेपालमा अहिलेसम्मकै भारतविरोधी भावना
अशोक मेहता,
पूर्वमेजर जनरल, भारतीय सेना
म १९५९ देखि नेपाल आउने–जाने गरिरहेको छु । म गत साता काठमाडौं जाँदा महसुस भयो कि यति धेरै भारतविरोधी भावना इतिहासमै कहिल्यै थिएन । पूर्वभारतीय सैनिकहरूमा पनि भारतविरोधी भावना भड्किन थालेको छ । यो भयानक कुरा छ । मधेसीले होइन, भारतले नाकाबन्दी गरेको हो भन्ने धारणा काठमाडौंमा व्याप्त छ । भारत सरकारलाई ज्ञान छ कि छैन यसबारेमा म जान्दिनँ ।

(Visited 170 times, 1 visits today)

टिप्पणी

comments