Main Menu

Wednesday, December 9th, 2015

 

पूर्वकूटनीतिज्ञ र सुरक्षाविज्ञसँग मोर्चा नेताको अन्तर्क्रिया

मंसिर २३, नयाँदिल्ली ।   कसले के भने ? भारत भ्रमणमा रहेका लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले मधेस आन्दोलनमा समर्थन गर्न भारतका पूर्वकूटनीतिज्ञ र बुद्धिजीवीलाई आग्रह गरेका छन् । भारतको विदेश नीति र सुरक्षा मामिलामा अनुसन्धान गर्ने ‘थिंक ट्यांक’ संस्था ‘अब्जरभर रिसर्च फाउन्डेसन’ ले सीमित विज्ञमाझ आयोजना गरेको अन्तक्र्रियामा मोर्चाका शीर्ष नेताले समर्थन गर्न आग्रह गरेका हुन् । देश तोड्ने आन्दोलन होइन महन्थ ठाकुर, अध्यक्ष, तमलोपा हामी भारत र यहाँका बुद्धिजीवीसँग केही माग्न आएका होइनौँ । हामीकहाँ यो भइरहेको छ भनेर कुराकानी गर्न आएका हौँ । लोकतन्त्र, मानवअधिकारबारे बहस गर्नुहुने तपाईंहरूले हाम्राबारे स्वतन्त्र चिन्तन–मनन गर्नुस् । हामी यही गर्नुपर्छ भन्दैनौँपूरा पढ्नुहोस्


सीमा अवरोध हटाउन मोर्चा पनि सकारात्मक

local-elections-morcha

अवरोध हटाएर सहमति खोज्न मोर्चालाई दिल्लीको सुझाब भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् । मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुादे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन् । नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो । विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुादे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् । विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकारपूरा पढ्नुहोस्