Main Menu

Thursday, December 3rd, 2015

 

संसदमा बहुमत हासिल गरेको एक घण्टामै हमला

बेलायतद्वारा सिरियामा हवाई आक्रमण

मंसिर १७, काठमाडौं । सिरियामा आक्रमण गर्ने प्रस्ताव संसदमा पारित भएको एक घण्टा बित्दा–नबित्दै बेलायती हवाई फौजले सिरियामा हमला सुरु गरेको छ । बुधबार राति बेलायती संसदमा झण्डै १० घण्टासम्म सिरियामा आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा बहस भएको थियो । मध्यराति ३९७ सांसदले सिरियामा आक्रमण गर्नुपर्ने पक्षमा मतदान गरेका थिए भने २२३ सांसदले त्यसको विरोधमा मत दिएका थिए । त्यसको लगत्तै बेलायती सेनाले हवाई हमला सुरु गरेको हो । बेलायतको रक्षा मन्त्रालयका अनुसार शाही वायु सेना (रोयल एयरफोर्स) का लडाकु विमानहरुले सिरियामा आइएसको मुख्य ठेगाना भन्दै आक्रमण सुरु गरेको जनाएको छ । बेलायती सेनाको सैनिक विमानहरु आक्रमण सुरु भएकोपूरा पढ्नुहोस्


चिनियाँ राष्ट्रपति सि जिन पिङको दाबी

‘चीनको अर्थतन्त्र : मार्क्सवादी दर्शनमा नयाँ विकास !’

मंसिर १६, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले मार्क्सवादी दर्शनमा नयाँ विकास गर्ने दाबी गरेका छन् । उनले चीनको आर्थिक विकास र आर्थिक नीतिको अनुभव र अभ्यासले मार्क्सवादी आर्थिक दर्शनमा नयाँ प्रगति हासिल गर्ने बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको बीचमा सिले चीनको आर्थिक उन्नति अब मार्क्सवादी दर्शनको विकास गर्नेमा पुगेको चर्चा गरेका हुन् । अघिल्लो साता केन्द्रीय समितिको पोलिटब्युरो सदस्यहरूको छलफल तथा अध्ययन सत्रमा कार्ल मार्क्सको अर्थ–राजनीतिक अध्ययन विधि र आधारभूत सिद्धान्तबारे बोल्दै राष्ट्रपतिले यस्तो चर्चा गरेको चिनियाँ समाचार संस्था सिनुहा नेटले जनाएको छ । राष्ट्रपति सिले देशभित्र र बाहिरको आर्थिक अवस्थामा आएको अत्यन्तै जटिल परिस्थितिपूरा पढ्नुहोस्


भारतको झन् कडा प्रश्न

‘नेपाल मित्रता चाहन्छ कि चाहँदैन ?’

मंसिर १७, काठमाडौँ । भारतले नेपाल आफूसँग मित्रता चाहन्छ कि चाहँदैन भनेर प्रश्न उठाउँदै अघोषित नाकाबन्दी खुल्न मधेसीसँग सहमति हुनुपर्ने अडान दोहोर्‍याएको छ । नयाँदिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जवाहरलाल नेहरू भवनमा भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन ?’ भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् । साँझ अलग्गै भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि थापालाई यही दोहोर्‍याएका छन् । थापासँग स्वराजले पौने एक बजे तथा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले साढे ६ बजे बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् ।पूरा पढ्नुहोस्


केन्द्रीय समितिमा प्रचण्डको प्रतिवेदन

संविधानमा कसले के पाए ?

मंसिर १७, काठमाडौँ । एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधानबाट महिला, दलित, आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिम, श्रमिक तथा किसान, उत्पीडित तथा पिछडिएका क्षेत्रका जनता र खस–आर्य समुदायले के उपलब्धि प्राप्त गरे भन्ने लामो व्याख्या गरेका छन् । मंगलबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत उनको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा यी समुदायले संविधानबाट धेरै उपलब्धिहरू प्राप्त गरेको निष्कर्ष पेस गरेका छन् । प्रस्तावको ‘संविधानका उपलब्धि र कमजोरीहरू’ शीर्षकमा अध्यक्ष प्रचण्डले ‘विभिन्न समुदायको हक–अधिकार नयाँ संविधानमा उल्लेखनीय रूपमा व्यवस्था भएको’ लेखेका छन् । उनले संविधानबाट नेपाली जनताले ठूलो उपलब्धि प्राप्त गरेकोसमेत उल्लेख गरेका छन् । महिला अध्यक्ष प्रचण्डले महिलाले नयाँ संविधानमा उल्लेख्यपूरा पढ्नुहोस्