Main Menu

Monday, December 7th, 2015

 

‘प्रश्नहरुको कारखाना’ सार्वजनिक

‘सरिताका कविताले धेरै प्रश्न उठाउँछन्’

मंसिर २१, काठमाडौं । कवि सरिता तिवारीको नयाँ कविता संग्रह ‘प्रश्नहरुको कारखाना’ सार्वजनिक भएको छ । शिल्पी थिएटर, काठमाडौंमा शुक्रबार कवि आहुति, समीक्षक ज्ञानु अधिकारी र कवि तिवारीले पुस्तकको सामूहिक विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै कवि आहुतिले ‘प्रश्नहरुको कारखाना’ पुस्तकका कविताले मूलतः प्रश्नहरु नै सिर्जना गर्ने बताए । उनले भने, ‘सरिताको उपस्थिति समकालीन कविता लेखनको पहिलो लहरमा छ, महिला लेखनमा त उहाँ औँलामा गन्न सकिने नामहरुभित्रै हुनुहुन्छ । र, उहाँका कविताको मूल स्वरले पनि प्रश्नहरु नै धेरै उठाएका छन् ।’ आदिवासी चेतना, महिला मुक्ति र परिवर्तनप्रतिको प्रतिबद्धता सरिताका कविताको शक्ति हो भन्दै आहुतिले ‘डेलीमा माछा’ शीर्षकको कविता आफूलाई सरलपूरा पढ्नुहोस्


संस्कृतिको क्षेत्रमा निरन्तर क्रान्तिको आवश्यकता

नेपाली कम्युनिष्ट आन्दोलनले नेपालमा विद्यमान अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक शोषण–उत्पीडन, सामन्ती संस्कृति तथा बुर्जुवा संस्कृति र सांस्कृतिक साम्राज्यवादविरुध्द दशकभन्दा अघिदेखि सङ्गठित सङ्घर्ष गर्दै आएको छ। दस वर्षको महान् जनयुध्दको जगमा विकसित जनआन्दोलनका कारण सदियौंदेखिको राजतन्त्र ढलेको र गणतन्त्रको स्थापना भएको छ । तर सांस्कृतिक रूपान्तरणको सवालमा भने धेरै ठूलो प्रश्न खडा भएको छ। वैचारिक क्षेत्रमा जति महत्त्वपूर्ण काम भएका छन् त्यही स्तरमा सांस्कृतिक रूपान्तरण नभएको कटु अनुभव हामी सबैले आज गरिरहेका छौं । दस वर्षको महान् जनयुध्दको अवधि त्याग, तपस्या, बलिदान, शौर्य र वीरताको काल थियो र तिनले सांस्कृतिक पक्षलाई पनि ऊर्जाशील बनाएका थिए । तर शान्तिकालमा सबैतिर त्याग र बलिदानकोपूरा पढ्नुहोस्


भारतलाई सामरिक नोक्सानी

भारतले नेपालमाथि तीन महिनादेखि लगाएको अघोषित नाकाबन्दीका कारण आगामी दिनमा दुई देशको जनताबीचको सम्बन्ध तनावग्रस्त हुने सम्भावना देखिँदै छ । भारतका सञ्चार माध्यमले नेपालबारे दिएको समाचार हेर्दा जनताबीच जे सूचना प्रवाह भइरहेको छ, त्यसले जनस्तरको सम्बन्ध प्रभावित हुने संकेत देखाइरहेको छ । भारतका टेलिभिजन विश्वसनीयताको कसीमा बिल्कुल असफल भइसकेका छन्, बाँकी ठूला मिडियाले पनि कर्पोरेट भाषा बोलिरहेका छन् । नेपालका सन्दर्भमा दिल्लीका मिडियाको कुरा छाडौँं, लखनऊ, उत्तरप्रदेश, पटना, बहराइचमा पुग्ने अखबारमा समेत नेपालको मधेस मुद्दाबारे नकारात्मक प्रचार भइरहेको छ । गोरखपुरको उदाहरण दिऊँ, त्यहाँ योगी आदित्यनाथको प्रभाव पत्रकारितामा पनि अधिक छ । नेपालबारे समाचार लेखिरहँदा पत्रकारले पनि कतै आदित्यनाथ बेखुसपूरा पढ्नुहोस्


‘समाजवादी क्रान्तिको मोडेल के हो ?’

म‌ंसिर २०, काठमाडौँ । एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा समाजवादी क्रान्तिको मोडेलबारे प्रश्न उठेको छ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै केन्द्रीय सदस्यहरूले समाजवादी क्रान्तिको मोडेल के हो भन्ने प्रश्न उठाएका हुन् । केही केन्द्रीय सदस्यले समाजवादी क्रान्तिको कार्यनीतिक आधार राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई बनाउनुपर्ने सुझाबसमेत दिएका छन् । पोलिट्ब्युरो सदस्य जगप्रसाद शर्माले समाजवादी क्रान्तिको मोडेल स्पष्ट हुनुपर्ने भन्दै क्रान्तिको मोडेल के हो ? भन्ने प्रश्न गरेका थिए । ‘जनयुद्धलाई नयाँ जनवादी क्रान्तिको मोडेल बनाइयो भने समाजवादी क्रान्तिको मोडेल के हुनसक्छ ?’ शर्माले उठाएको प्रश्न उद्धृत गर्दै एक पोलिट्ब्युरो सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसको ठोस खाका के हो ?’ अर्कापूरा पढ्नुहोस्


नाका खोल्न मधेसी मोर्चालाई भारतको सुझाव

मंसिर २१, नयाँ दिल्ली । भारतले संसद्बाट संविधान संशोधनमार्फत मधेसीका मुद्दा सम्बोधन हुनुपर्ने र तराईमा जारी सीमा अवरोध हट्नुपर्ने स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका शीर्ष नेताहरूसँगको भेटवार्तामा नेपालका प्रमुख दलहरूले बृहत् सहमति निर्माण गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र परिस्थिति सामान्य बनाउनुपर्ने बताएकी हुन् । भारतीय विदेशमन्त्री स्वराजले मोर्चाका शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँग तीन घन्टा डिनरसहितको भेटवार्ता गरेकी थिइन् । साँझ ८ बजेदेखि सुरु भएको डिनर वार्ता राति ११ बजेसम्म चलेको थियो । वार्ता लम्बिएपछि भाजपा नेता यशवन्त सिन्हासँग तय भएको भेट मोर्चा नेताले रद्द गरेका छन् ।पूरा पढ्नुहोस्