Main Menu

श्रीलङ्कामा बाढी पहिरोमा परी ९१ को मृत्यु, १ सय १० वेपत्ता

sri-lanka-flood-91-deadजेष्ठ १३, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्कामा आएको भीषण मनसुनी वर्षातपछि आएको बाढी र पहिरोमा परी शुक्रबार कम्तीमा ९१ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

श्रीलङ्काको प्रशासनले दिएको सूचनाअनुसार बाढी र पहिरोमा अन्य १ सय १० जना बेपत्ता भएका छन् ।

“हामीले बाढी र पहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौँ विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएका छौँ ।” राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका उच्च अधिकारीले बताए, “तर क्षति त्यस पहिले नै भएकाले उद्धारलाई शसक्त पारिएको छ ।”

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा बेपत्ता भएका नागरिकको उद्धार जारी राखेको छ ।

(Visited 139 times, 1 visits today)

टिप्पणी

comments