Main Menu

रहेनन् हकिङ

फागुन ३०

stephen-hawking-dies

वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।

हकिङका छोरी लुसी तथा छोराहरू रोबर्ट र टिमले हकिङको मृत्युको खबर दिँदै भने, “हाम्रा पिताको मृत्युमा हामी अत्यन्तै दुःखित छौँ । उहाँ महान् वैज्ञानिक हुनुहुन्थ्यो । उनको विरासत कयौँ वर्षसम्म जीवित रहनेछ ।”

लुसी, रोबर्ट र टिमले हकिङको “साहस र दृढ्ता”को कदर गर्दै भने, “हामी उनलाई सधैं सम्झिरहनेछौँ ।”

शब्दचित्रमा हकिङ

  • जन्म – ८ जनवरी १९४२, अक्सफोर्ड, बेलायत
  • अक्सफोर्ड विश्वविद्यालयमा १९५९ मा प्राकृतिक विज्ञानको अध्ययन, क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी प्राप्त
  • १९६३ मा २१ वर्षको उमेरमा उनमा मोटोर न्युरोन रोग रहेको पत्ता लागेको थियो र चिकित्सकहरूले २ वर्ष बाँच्ने बताएका थिए 
  • १९७४ मा ब्ल्याक होलहरूले “हकिङ रेडिएसन” उत्सर्जन गर्ने सिद्धान्त पत्ता लगाए
  • १९८८ मा “अ ब्रीफ हिस्ट्री अफ टाइम” पुस्तक प्रकाशित गरे, जुन हालसम्म १ करोडभन्दा बढी बिक्री भइसकेको छ ।
(Visited 217 times, 1 visits today)

टिप्पणी

comments