Main Menu

काठमाडौंमा तीन दलको स्वागत सभा

प्रचण्डले भने– हामी छिमेकीको यसम्यान हुँदैनौँ

असोज ४, काठमाडौं । प्रमुख तीन दलले नयाँ संविधान आएको अवसरमा राजधानीमा विशेष सभा गरेका छन् । टुँडीखेलमा सोमबार आयोजित सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

प्रचण्ड

प्रचण्ड

प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट पक्षलाई अझै पनि वार्तामा आउन आग्रह गरे । उनले प्रदेशका सीमांकन सम्बन्धी विषय पनि वार्ताबाटै हल गर्न सकिने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान राखेर छिमेकीहरुसहित सबैसँग मित्रता कायम गर्न चाहेको बताए । उनले भने, ‘हामी सबैका मित्र हौं । हामी छिमेकीविरुद्ध सोच्न पनि सक्दैनौं ।’ ओलीले असन्तुष्ट पक्षलाई संविधान पढेर वार्तामा आउन आग्रह गरे ।

सभामा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधानपछि नयाँ युग सुरु भएको टिप्पणी गरे । उनले छिमेकी देश भारत र चीनले नेपालको स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्नुपर्ने भन्दै आफूहरु कसैको यसम्यान नहुने चेतावनी दिए ।

प्रचण्डले भने, ‘म विश्वास गर्छु, हाम्रो देशको स्वाधीनता र आत्मसम्मानलाई छिमेकी मित्रहरु भारत र चीनले पक्कै पनि सम्मान गर्नेछन् ।’

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments