Main Menu

मतगणना कार्य अन्तिम चरणमा, प्रत्येक्षतर्फ वाम गठबन्धनको दुईतिहाई

मंसिर २६, काठमाडौँ

vote-counting-endingदुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

आज बिहान ११ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६० र प्रदेशसभा सदस्यतर्फ ३२० प्रतिनिधि निर्वाचित भएका छन् ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ५  निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका ९ निर्वाचन क्षेत्रको मात्र मत परिणाम प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो ।

हालसम्म प्राप्त विवरणअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले)का ७७, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २१, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका १-१ प्रतिनिधि तथा स्वतन्त्र १ सदस्य निर्वाचित भएका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।

आयोगका अनुसार नेकपा (एमाले)ले ११ लाख २० हजार ९८० मत, नेपाली काँग्रेसले १० लाख ४० हजार ७०१, नेकपा (माओवादी केन्द्र) ले ४ लाख ५३ हजार ९८३, संघीय समाजवादी फोरम, नेपालले ७९ हजार १७३, विवेकशील साझा पार्टीले ६३ हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८ हजार १३०, राष्ट्रिय जनता पार्टी नेपालले ५२ हजार ४२०, नयाँ शक्ति पार्टी, नेपालले ३४ हजार ९४, राष्ट्रिय जनमोर्चाले २६ हजार ५६० र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले २३ हजार ५०८ मत प्राप्त गरेका छन् । 

(Visited 94 times, 1 visits today)

टिप्पणी

comments