Main Menu

Monday, November 16th, 2015

 

पेरिस आक्रमणको बदलामा

फ्रान्सद्वारा आइएसबिरुद्ध भिषण बमवर्षा

कार्तिक ३०, काठमाडौं । पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी कट्टरपन्थी इस्लामिक समूह आइएसले गराएको आतंककारी हमलाबिरुद्ध फ्रान्सले आइएसको लडाकु तालिम केन्द्रको रुपमा रहेको भनी मानी आएको सिरियाली उत्तरी शहर रक्कामा आइतवार राती भिषण हवाइ आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाए अनुसार त्यस हवाइ बमवारीमा १२ वटा लडाकु विमानहरु संलग्न रहे, जसमा १० वटाले जम्मा २० वटा घातक बम खसालेका छन् । बमवारी लडाकु जिहादी तालिम केन्द्र तथा भारी मात्रामा विस्फोटक पदार्थको भण्डारण रहेको क्षेत्र केन्द्रित रहेको बताइन्छ । फ्रान्सेली रक्षा मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख भए अनुसार जोर्डन र पर्सियन खाडीमा रहेका अमेरिकी सैन्य बलको हवाइपूरा पढ्नुहोस्


पूँजीवादी मिडिया व्यवस्थासँग के सिक्नुपर्छ, के सिक्नु हुन्न ?

‘प्रगतिशील’ मिडिया खोइ ?

करिब पाँच वर्षअगाडि मूल्यांकनमा नारायण गोपालबारे एउटा वहस प्रकाशित भएको थियो । धेरै नेपाली मार्क्सवादीहरुका गुरु (तर हालका वर्षहरुमा वैचारिक दृष्टिकोणले प्रायः चुपचाप बसेका) गोविन्द भट्टले नारायण गोपाल नेपाली बुर्जुवा संगीत तथा गायन संसारका हिरो त भए तर उनले ‘जनताको गीत’ गाउन सकेनन् भन्ने विचार व्यक्त गरेका थिए । ‘जनताको गीत’ गाउन अभिप्रेरित गर्ने काम नेपाली ‘प्रगतिशील’ संगीत तथा गायन क्षेत्रबाट हुनसकेको भए नारायण गोपालले पनि ‘जनताको गीत’ गाउने थिए भन्ने विचार भट्टको थियो । ‘जनताको गीत’ भन्ने वस्तुको सार व्याख्यापट्टि नगई सोही बहसमा अर्का नेपाली मार्क्सवादी गुरु खगेन्द्र संग्रौलाले प्रश्न सोधेका थिए– नारायण गोपालका जुन गीतहरुलाई नेपालीहरुले मन पराए,पूरा पढ्नुहोस्


चिनियाँ कम्पनीको प्रस्तावको पर्खाइमा निगम

चीनसँग इन्धन खरिद प्रक्रिया पूरा

killing-vehicle-back-law

कार्तिक ३०, काठमाडौँ । नेपाल आयल निगमले चीनसँग कागजात तथा आवश्यक विवरण पेस गरी इन्धन खरिद पूर्वका सबै प्रक्रिया पूरा गरेको छ । अब चीनको प्रस्तावको पर्खाइमा रहेको निगमले जनाएको छ । कम्पनीको वासलातदेखि अन्य कागजात पेट्रो चाइना कम्पनी लिमिटेडेलाई पठाइसकेको निगमले जनाएको छ । ‘शनिबार सबै विवरणसहित कम्पनीको क्रेडिट कन्ट्रोलमा निगमको नाम दर्ता भइसकेको छ । अब उसको प्रस्तावको पर्खाइमा छौं,’ निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराइले भने, ‘हामीले निरन्तर फलोअप गरिरहेका छौं । सायद चाँडै प्रस्ताव आउला ।’ अब पेट्रो चाइनासँग निगम इन्धनको प्रकार, मूल्य र ढुवानीको बृहत् विषयमा छलफल गरी सम्झौता गर्ने पर्खाइमा रहेको उनले बताए ।पूरा पढ्नुहोस्


प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

नेपाल-भारत सुमधुर सम्बन्ध अप्रिय भयो : प्रधानमन्त्री ओली

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! १) नेपालको नयाँ संविधान जारी भएपश्चात् गठन भएको पहिलो सरकारको प्रधानमन्त्रीको रुपमा तपाईहरुलाई संबोधन पाउंदा म गौरवान्वीत भएको छु । वर्तमान सरकार गठनमा प्राप्त तपाईंहरूको गहिरो विश्वास र व्यवस्थापिका–संसदका माननीय सदस्यहरूको समर्थन तथा सद्भावका लागि म हार्दिक आभार प्रकट गर्दछु। वर्तमान सरकारसँग रहेको आम जनताको अपेक्षा पूरा गर्न र इतिहासको यस महत्वपूर्ण कालखण्डमा आफ्नो काँधमा आएको जिम्मेवारी सम्पन्न गर्न पूर्ण रूपले समर्पित रहने विश्वास दिलाउन चाहन्छु । २) अनेक प्रतिकूलताहरूलाई चिर्दै गत असोज ३ गते ऐतिहासिक संबिधानसभाबाट नेपालको संविधान जारी भएको छ । यस ऐतिहासिक घोषणासँगै नेपाली जनताको लामो संघर्षमा प्रकट आकाङ्क्षा पूरा भएको छपूरा पढ्नुहोस्


कृषिमन्त्री गजुरेलको विश्लेषण

के-के हुन् सरकारको प्राथमिकता ?

आवश्यकताको बाध्यता सरकार भिन्नै रूपमा बन्नुपथ्र्यो । नयाँ संविधान घोषणा हुँदा नै एकातिर तराई मधेसमा आन्दोलन भइरहेको थियो भने अर्कातिर नाकाबन्दीका कारण असहज स्थिति उत्पन्न भइसकेको थियो । नयाँ संविधानअनुसार दर्जनौँ नयाँ कानुन बनाउनुपर्ने आवश्यकताले राष्ट्रिय सरकारकै माग गथ्र्याे । कमसेकम दुई वर्ष राष्ट्रिय सरकार हुनुपथ्र्यो । जनताको चाहना र राष्ट्रको आवश्यकता पनि यही थियो । हाम्रो पार्टीले नयाँ संविधान पक्षधर ठूला दलको सहभागितामा राष्ट्रिय प्रकृतिको सरकार निर्माणका लागि निकै जोड गरेकै हो । तर, दलबीच फाटो पार्न प्रतिक्रियावादी सफल भए । यो नेपालका लागि राम्रो भएन । तर, सरकार त बन्नैपथ्र्यो । सरकार नबन्दा झन् अकर्मण्यता, अराजकताको स्थिति सिर्जनापूरा पढ्नुहोस्