Main Menu

Monday, January 30th, 2017

 

निर्वाचनबारे दलीय परामर्श : बुधबारसम्म सहमति खोजिने

माघ १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा आज सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुबै विषयमा सहमति खोज्ने प्रयास भए पनि कुनै निष्कर्ष निस्किएन । यद्यपि, अबको एक/दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने दुबैतर्फका नेताहरुले प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग भोलि छलफल गरी अर्को निर्णायक बैठक गर्ने बताइएको छ । आजको बैठकमा दुबै पक्षको अडानले सहमति जुटेन । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राखेका थिए ।पूरा पढ्नुहोस्


कुलेश्वरमा भिषण आगलागी

माघ १७, काठमाडौँ । राजधानी  काठमाडाैं कुलेश्वरको नयाँबस्तीस्थित नवील बैंकअगाडि हिजो साँझ भिषण  आगलागी भएको छ । गौतम स्टोर नामको पसलबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । कालिमाटी प्रहरीका अनुसार बेलुका ८ः३० मा सुरु भएको आगलागी प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा हिजै करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । ६ वटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए । आगलागी भएको सटर वरपर करिबपूरा पढ्नुहोस्


खानेपानीको अभावले विद्यार्थीले विद्यालय छाडे

killing-vehicle-back-law

माघ १७, रामपुर (पाल्पा) । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ । हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी रहेका छन् । दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेकोपूरा पढ्नुहोस्


कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

माघ १७, गुलरिया,  बर्दिया । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ । भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेन्टका रुपमा सीमा पार गराउने खैरिचन्दनपुर–४ का रतन विक र निजको साला ढोढरी बेलुबा चोक बस्ने अर्जुन विकले भारत लैजान लागेको अवस्थामा २ दिनअगाडि शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय सानोश्री तारातालको गस्ती टोलीले १० नं ओपीबाट उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् ।पूरा पढ्नुहोस्


छब्बीस बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न

माघ १७, काठमाडौँ  । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै हिजो सम्पन्न भयो । गत माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताए। उनले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र नयाँ प्रविधिको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । गृहमन्त्री निधिले विधिको शासन कायम गर्नका लागि संविधान कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै हिमाल, पहाड तराईका सबै मानिसले संविधानप्रति अपनत्व महसुस गर्न आग्रह गरेपूरा पढ्नुहोस्


दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिता : निङ्गलाशैनीलाई उपाधि

माघ १७, बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । बुढाबाजे क्रिकेट मैदान रातामाटामा हिजो भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले हराउँदै निङ्गलाशैनीले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको अविजित ११४ रनको मद्दतमा तीन विकेट गुमाउँदै २७५ रन बनायो । दुई सय ७६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको योङ्गस्टार क्लबले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २२७ रन मात्र बनायो । उसका लागि प्रकाश साउदले ६९ रन बनाए । उपाधिसँगै निङ्गलाशैनीले रु ५० हजार तथा उपविजेता योङ्गस्टारलेपूरा पढ्नुहोस्


क्यान मेलामा अवलोकन गर्न आउने २ लाख नाघ्यो

माघ १७, काठमाडौँ । काठमाडाैंको भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको हिजो चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आज ६७ हजार २०८ जनाले अवलोकन गरेका थिए । प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान महासङ्घका महासचिव विश्वराम बलामीले बताए । मेलाको आज पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलगायत विभिन्न विशिष्ठ व्यक्तिले अवलोकन गरेका थिए । सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुविसुलेपूरा पढ्नुहोस्


मोर्चा र कांग्रेससँग प्रमले आज छलफल गर्ने

माघ १७, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा आज दलीय परामर्श गर्ने भएका छन् । प्रधानमन्त्रीले आज बिहान सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले  जानकारी दिएका छन् । राससका अनुसार उनले संशोधनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको अर्थ नहुने भन्दैपूरा पढ्नुहोस्


महिला राष्ट्रिय भलिबल : एपिएफ विजयी

माघ १७, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ । सशस्त्र प्रहरीको हलचोकस्थित भलिबल कोर्टमा हिजो भएको खेलमा एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । सो खेलमा एपिएफले जाउलाखेललाई २५–२०, २५–९ र २५–१२ अङ्कले हराएको हो । उद्घाटन खेलमा एपिएफका हिरा केसी वुमन अफ द म्याच घोषित भइन् । लिगकम नकाउटका आधारमा सञ्चालन भएको सो प्रतियोगितामा एपिएफ, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका साथै न्यू डायमण्ड, नेपाल प्रहरी, पश्चिमाञ्चल विकास क्षेत्र र नेपाली सेनाको सहभागिता रहेको नेपाल भलिबल महासङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएपूरा पढ्नुहोस्


निर्वाचन घोषणा नगरे सरकारमा बस्नुको औचित्य छैनः नेता खनाल

माघ १७, इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताएका छन् । संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा हिजो इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले भने,-‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिलेनै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन,’ । नेपाली काँग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचन मिति घोषणा गर्न नसकेको आरोप समेत उनले लगाए । अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाईपूरा पढ्नुहोस्