Main Menu

Sunday, January 22nd, 2017

 

वैशाख २५-३० भित्र निर्वाचन गर्ने प्रमुख दलबीच सहमत : प्रधानमन्त्री दाहाल

माघ ९, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २५-३० भित्र स्थानीय तहको निर्वाचन गर्ने प्रमुख दलबीच सहमत भएको खुलासा गरेका छन् । संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन समारोहमा आज प्रधानमन्त्री दाहालले यही माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी आवश्यक विधेयक संसदबाट पारित गराई निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको बताएका छन् । उनले भने, “छिटोमा वैशाख २५ गते र ढिलोमा वैशाख ३० गते सुरु गरी जेठकोे दोस्रो सातासम्म निर्वाचन सम्पन्न हुने गरी प्रमुख दलहरुबीच सहमति भएको छ ।” संविधान जारी गर्ने बेलामा नै असन्तुष्ट दललाई सहमति ल्याउन प्रमुख तीन दलबीच संविधान संशोधन गर्ने सहमति भएको जनाउँदैपूरा पढ्नुहोस्


विजुली चोरीमा संलग्न कर्मचारीसहित १६ पक्राउ

माघ ९, काठमाडौँ  । विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विजुली चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनाैं उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स मिलेमतो गरी मिटरको अङ्क घटाउने कार्यमा संलग्न १० जना बहालवाला कर्मचारी र दुईजना पूर्वकर्मचारी तथा चारजना व्यवसायीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौँ उपत्यका र हेटौँडाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । सो कार्य गरेबापत ती कर्मचारीहरुले विभिन्न उद्योग कलकारखाना तथा घरधनीबाट दैनिक तथा मासिकरुपमा मोटो रकमपूरा पढ्नुहोस्


वीर अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

माघ ९, काठमाडौँ । सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार वीर अस्पतालमा हालसम्म १५ जनाले शल्यक्रिया गराएका छन् । गत पुस १ गतेदेखि सुरु भएको निःशुल्क शल्यक्रिया सेवा आगामी असार मसान्तसम्म चल्ने वीर अस्पतालका सामाजिक सेवा एकाइ समन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिएका छन् । प्रमुख पनेरुले भने, “बजेट ढिला आएका कारण गत वर्ष १४ जनाको मात्र शल्यक्रिया भएको र यो आर्थिक वर्षको असार मसान्तसम्म २ सय ४४ जनाको शल्यक्रिया गर्ने योजना रहेको छ ।” सरकारले प्रत्येक अस्पताललाई एकजना बिरामीको शल्यक्रिया गरेबापत रु ५ हजार ५ सय उपलब्ध गराएको छ । शाखापूरा पढ्नुहोस्


सरकारी वकिलको आन्दोलन जायज : महान्यायाधिवक्ता

माघ ९, काठमाडौँ । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिल र ट्रेड युनियनले थालेको आन्दोलन जायज भएको बताएका छन् । राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा उनले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीशको सन्दर्भमा सो निर्णय गलत भएको भनी सच्याउन वकिलहरुले गरेको माग  जायज भएको बिचार ब्यक्त गरे । उनले निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र चारवटा ट्रेड युनियनले आजदेखि सर्वोच्च अदालतसहित देशभरका अदालतमा बहस पैरवी नगर्नेजस्ता कार्यक्रममा आफ्नो पनि समर्थन रहेको बताए । “न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई उपेक्षा गरिएको छ । समानुपातिक एवम् समावेशी भएको छैन”– उनले भने, “सरकारी वकिल सक्षम हुँदाहुँदै न्यायाधीश बनाइएन, सो निर्णय नसच्याएसम्म आन्दोलन जारीपूरा पढ्नुहोस्


देशलाई विखण्डित गर्नेहरुसँग सजगता अपनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

माघ ९, सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नै विखण्डित गर्ने स्वरहरु मधेशमा सुनिन थालेकोले त्यसको प्रतिवाद गर्न सबैले आआफ्नो ठाउँबाट जुट्नुपर्ने धारणा राखेका छन् । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहकी आमा सागरदेवी साहको निधनको १३ औं पूण्यतिथिको अवसरमा आज सिरहाको गोलबजारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनले मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकोले शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । उनले मधेशलाई देशबाटै टुक्र्याउन खोज्ने खालको अभिव्यक्ति दिनेहरु मधेशको बैरी भएकोले उनीहरुलाई सचेततापूर्ण तरिकाले तह लगाउनुपर्ने बिचार ब्यक्त गरे । प्रधानमन्त्रीपूरा पढ्नुहोस्


पपुवा न्यु गिनीमा ७.९ म्याग्निच्युडको भूकम्प

माघ ९, काठमाडौँ । पपुवा न्यु गिनीको बुगान्भिल क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार अपरान्ह ३ः३० बजे गएको भूकम्प जमिनको सतहको १३६ किलोमिटरमुनिबाट उत्पन्न भएको अमेरिकी भौगोलिक सर्वेक्षण (युएसजिएस)ले जनाएको । भूकम्पको मापन सुरुमा ८.० म्याग्निच्युड जनाइएकोमा पछि संसोधन गरिएको थियो । भूकम्प लगत्तै प्रशान्त महासागर क्षेत्रका टापुहरुमा सुनामीको चेतावनी दिइएको भए पनि अहिले खतरा टरिसकेको abc.net.au ले जनाएको छ । पेसेफिक सुनामी वार्निङ सेन्टरले भूकम्पपश्चात ०.३ देखि १ मिटरसम्म अग्ला सुनामी छालहरु आउनसक्ने पपुवा न्यु गिनी, सोलोमोन आइल्याण्ड्सलगायत प्रशान्त महासागरमा पर्ने अन्य टापुहरुमा सुनामीको चेतावनी दिएको थियो । सुनामीको चेतावनीका कारण बुइन सहरका बासिन्दाहरुलाई उच्च क्षेत्रमा सारिएकोपूरा पढ्नुहोस्


‘मध्यवर्ती क्षेत्रका जनताले उठाएको क्षतिपूर्तिको माग विधेयकमा समेटिएन’

माघ ९, काठमाडौँ । व्यवस्थापिका–संसद्, वातावरण समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ को प्रतिवेदन पारित गरेको छ । प्रस्तावित विधेयकले मध्यवर्ती क्षेत्रका जनतालाई स्थानीय स्रोतसाधनमा बढी अधिकार दिनाका साथै त्यसबाट वन्यजन्तु संरक्षणमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ । मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षणसम्बन्धी कार्य सम्बन्धित उपभोक्ता समितिको परामर्शमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृत गरेको व्यवस्थापन योजनानुसार गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । वातावरणलाई प्रतिकूल असर र वन्यजन्तुलाई हानिनोक्सानी नपुग्ने गरी मध्यवर्ती क्षेत्रमा तोकिएअनुरुप उद्योगधन्दा, होटल, लज र सार्वजनिक यातायातलगायत सेवासुविधा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्ता सेवासुविधा सञ्चालन गर्ने सम्बन्धमापूरा पढ्नुहोस्


चिसोले निमोनियाको सिकार बन्दै भूकम्पपीडित

माघ ९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोेले कष्टकर जीवन विताउन बाध्य हुनका साथै निमोनियाको सिकार बन्दै गइरहेका छन् । विनाशकारी भूकम्प गएको २१ महिना बितिसक्दासमेत जिल्लाका अधिकांश पीडित टहरो, टेन्ट तथा चिसो जमिनमा दिनरात बिताइरहेका छन् । टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य छन् जसका कारण चिसोले लाग्ने निमोनियाजस्ता विभिन्न रोगकोे सिकार बन्न विवश छन् । चिसोका कारण टिनको छानाबाट शीत चुहिएर आफू सुतेको ओछ्यानसमेत भिज्ने गरेको भोटेचौर गाविसका स्थानीयवासी रुद्र केसीले बताउनुभयो । दुई जाडो टिनको छानोमै काटेका केसीले बर्खामा समेत राम्रोसँग निदाउन नपाएको गुनासो गर्नुभयो । टहरोमा अत्यधिक चिसोका कारण सबैभन्दा बढी वृद्धवृद्धा,पूरा पढ्नुहोस्


बेनी–जोमसोममा सिन्डिकेट तोडियो, यात्रुलाई सहज

माघ ९, मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन् । एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ । गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ । यो रुटमा हरेक दिनपूरा पढ्नुहोस्


वैशाख तेस्रो साता स्थानीय तहको निर्वाचन गराउन तीन दल सहमत

माघ ९, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आगामी २०७४ वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवाद पनि वार्ताबाटै मिल्ने संकेत मिलेको छ । तर, यस सवालमा मधेसकेन्द्रित पार्टीहरुले कस्तो निर्णय लिन्छन् त्यो भने हेर्न बाँकी नै छ । बिभिन्न रुपमा आन्दोलनमा रहेका मधेसकेन्द्रित तथा आदिवासी जनजाति पार्टी तथा संगठनहरुको शक्तिलाई पनि नजरअन्दाज गर्न सकिंदैन, जसको सहयोग र सहभागितापूरा पढ्नुहोस्