Main Menu

देशलाई विखण्डित गर्नेहरुसँग सजगता अपनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

माघ ९, सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नै विखण्डित गर्ने स्वरहरु मधेशमा सुनिन थालेकोले त्यसको प्रतिवाद गर्न सबैले आआफ्नो ठाउँबाट जुट्नुपर्ने धारणा राखेका छन् ।

माओवादी केन्द्रका कार्यालय सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहकी आमा सागरदेवी साहको निधनको १३ औं पूण्यतिथिको अवसरमा आज सिरहाको गोलबजारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनले मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकोले शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । उनले मधेशलाई देशबाटै टुक्र्याउन खोज्ने खालको अभिव्यक्ति दिनेहरु मधेशको बैरी भएकोले उनीहरुलाई सचेततापूर्ण तरिकाले तह लगाउनुपर्ने बिचार ब्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले देशलाई विभाजित गरेर होइन देशलाई एकीकृत पारेर मात्र नयाँ नेपालको परिकल्पना गर्न सकिने भएकोले मधेशबिना पहाडको कल्पना र पहाडबिना मधेशको अस्तित्व स्वीकारसम्म गर्न नसकिने बताए । उनले मधेश, पहाड र हिमाललाई एक ढिक्का बनाएर मात्र देशलाई समृद्ध बनाउन सकिने बिचार पनि ब्यक्त गरे ।

श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्रका अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले मधेशकेन्द्रित दलहरुको जायज माग सम्बोधन गरी चुनावी प्रक्रियामा गएर देशलाई सम्बृद्ध तर्फ लैजानुुपर्ने आजको अपरिहार्य कार्य भकोले सरकार एवम् सबै दलले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

सभाअघि प्रधानमन्त्री प्रचण्डले कर्जन्हाको वस्तीपुरमा द्वन्द्वकालीन अवस्थामा शहीद भएका तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए ।
यसैगरी प्रम प्रचण्डले गोलबजार–३ जम्दहस्थित तेतरियाको पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मरम्मत तथा संरक्षण कार्यको शिलान्यास गरे । उक्त पर्यटकीय स्थलको लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड ३५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायक, पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेल, मातृका यादव, हरीनारायण चौधरीलगायत ठूलो सङ्ख्यामा जनसमुदायको सहभागिता रह्यो ।

फोटो : हिरालाल चाैधरी

(Visited 172 times, 1 visits today)

टिप्पणी

comments