Main Menu

Saturday, January 28th, 2017

 

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

माघ १५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए । उनका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने रहेको छपूरा पढ्नुहोस्


निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन: सभामुख घर्ती

माघ १५, विराटनगर । सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसदबाट आगामी सोमबार पारित हुने बताएका छन् । नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताए । उनले भने, “संविधानमा आफ्नो समुदायको हक-अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मतभिन्नता रहेको आफूले पाएको छैन ।” सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक फटाफट पास हुनुले पनि यो कुरालाई पुष्टि गर्दछ भन्दै सभामुख घर्तीले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुनेपूरा पढ्नुहोस्


संशोधन प्रस्ताव समाधानको दिशामा – तराई/मधेसका युवा नेता

सरकारले ५ नं. प्रदेशको भूगोललाई हेरफेर गरेर संबिधान संशोधनको प्रस्ताव अघि सारेपछि यो ठीक कि वेठीक भनेर सवैतिर चर्चा परिचर्चा चलिरहेको छ । वुटवल, गुल्मी, प्युठान लगायतका जिल्लामा एमालेको अगुवाईमा यो प्रदेश विभाजन गर्नु हुँदैन भनेर १५ दिनसम्म आन्दोलन नै चल्यो । वुटवलमा ठूलो प्रदर्शन भयो । वुटवलका एमाले कार्यकर्ता युवा संघका अध्यक्षले आन्दोलनकै क्रममा अज्ञात समूहवाट ज्यान समेत गुमाए । अहिले सवैतिरको आन्दोलन मत्थर भएको छ । त्यतिवेला आन्दोलन चर्किरहेको समयमा पनि एमालेवाहेक अरु कुनै पनि राजैनैतिक दलले औपचारिक हिसावले आन्दोलनमा भाग लिएनन् । माओवादी केन्द्रका नेता टोप वहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारीले व्यक्तिगत रुपमा मात्र आन्दोलनमापूरा पढ्नुहोस्


पश्चिमी वायुले देशभर वर्षात्

माघ १५, काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण हिजो देशभर वर्षात् भयो । उक्त वायुको प्रभावले पश्चिम भेगबाट वर्षात् सुरु भएको र हिजो मध्य र पूर्वी भेगमा समेत प्रभाव परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । “पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पश्चिम भेगबाट वर्षा हुन सुरु भएको हो, त्यसको प्रभावले आज देशका अधिकांश भेगमा वर्षात् भएको छ, मध्य र पश्चिमका उच्च हिमाली भेगमा भारी हिमपात र पूर्वी भेगमा सामान्य हिमपात हुने सम्भावना छ,”– उनले राससलाई हिजो जानकारी दिए । पश्चिमी वायुको प्रभाव शुक्रबार रातिसम्ममा कमजोर भएर शनिबारदेखि मौसममा सुधार आउने मौसमविद् श्रेष्ठको भनाइ छ । हिजो सबैभन्दा बढी तापक्रम विराटनगरमा २८ र सबैभन्दापूरा पढ्नुहोस्


चौथो नुवाकोट महोत्सव सुरु

माघ १५, त्रिशूली (नुवाकोट) । ‘दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रबर्धन, धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान–कला, संस्कृति सम्बर्धन र समुन्नत नुवाकोट हाम्रो अभियान’ भन्ने नाराको साथ हिजोबाट चौथो नुवाकोट महोत्सव सुरु भएको छ । बट्टारको नयाँ वसपार्कमा आयोजित महोत्सवको हिजो सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गर्दै महोत्सवले नुवाकोटको आर्थिक समृद्धिमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । मन्त्री केसीले नुवाकोट भारत र चीन जोड्ने मार्गमा पर्ने भएकाले व्यावसायिक क्षेत्रको रुपमा विकास हुँदै गएको बताए । “नुवाकोटबाटै भारत–नेपाल–चीन जोडिने छोटो दुरीको रक्सौल–वीरगन्ज–गल्छी–विदुर–धुन्चे–रसुवागढी सडक छ । राजधानीबाट पनि निकै नजिक भएकाले आर्थिक रुपले सम्बृद्ध बनाउन सबै एक हुनुपर्छ”पूरा पढ्नुहोस्


संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन आवश्यकः सभापति देउवा

nepali-congress-deuba

माघ १५, सल्यान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षभित्रमा तीनैतहको निर्वाचन हुनुपर्ने बताएका छन् । हिजो सदरमुकाम खलङ्गामा आयोजना गरिएको बृहत भेलालाई सम्बोधन गर्दै सभापति देउवाले एक वर्षभित्रमा स्थानीय, प्रान्तीय र केन्द्रीय चुनाव भएमा मात्र संविधानको पूर्ण कार्यान्वयन हुने उल्लेख गरे । “राजनीतिक अस्थिरताले देशले विकासको गति लिन सकेको छैन । यसका लागि पनि संविधानको पूर्ण कार्यान्वयन आवश्यक छ । संविधानको पूर्ण कार्यान्वयन भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ’ सभापति देउवाले भने । दलीय एकताबिना चुनाव हुन नसक्ने भएकाले सबै दलको सहमतिमा चुनावको मिति घोषणा गर्नुपर्ने सभापति देउवाको भनाइ थियो ।


घुम्ती शिविरबाट ५८१ लाई नागरिकता वितरण

माघ १५, चौतारा । सेवाग्राहीलाई घरदैलोबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको थकनी गाविसमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५८१ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । जिल्लास्थित सरकारी कार्यालयहरुद्वारा बिहीबार सञ्चालित एक दिवसीय शिविरबाट थकनी, हैबुङ र सिन्धुकोट गाविसका बासिन्दाहरुलाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शिविरमा ३०९ जना मतदाताको फोटोसहित नाम दर्ता, २१९ जनाको सामान्य स्वास्थ्य परीक्षण, १० जनालाई अपाङ्ग परिचयपत्र र १६ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको परिचयपत्र वितरण गरिएको थियो । त्यसैगरी, १९२ घरधुरीलाई पशुपन्छीको औषधि निःशुल्क वितरण गरिएको थियो । पाँचसय कृषकको बाली परीक्षण गरी उन्नत बीउविजन वितरण गरिनाका साथै ४३१पूरा पढ्नुहोस्


दश वर्ष सजाय सुनाइएका गायक ओझा पक्राउ

माघ १५, काठमाडौँ । सर्वोच्च अदालतबाट १० वर्ष कैद सुनाइएका गायक तथा हाँस्य कलाकार प्रकाश ओझालाई हिजो प्रहरीले पक्राउ गरेको छ । दुई वटा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले गत माघ ४ गते गरेको फैसलाले सुनसरी इटहरी उपमहानगरपालिका स्थायी घर भएका ओझालाई पाँच/पाँच वर्ष गरी कुल १० वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलापश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हिजो शङ्खमूलबाट पक्राउ गरेको हो । पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेपश्चात् निज ओझालाई अदालतको आदेशले कैद भुक्तानका लागि हिजै केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ । ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डरपूरा पढ्नुहोस्