Main Menu

बाढीबाट बर्दियामा एकको मृत्यु, एक बेपत्ता

 

bardiya-flood-1-diesसाउन २९, बर्दिया । बर्दिया जिल्लाका विभिन्न भाग डुबानमा परेका छन् । भारी वर्षाका कारण बबई नदीको खतराको सतह ६.१ मि मानिन्छ भने अहिले नदीको बाढीको सतह १० मिटर माथि आइसकेको छ ।

यसैबीच, बारबर्दिया नगरपालिका–९ का ३० वर्षीय राजेन्द्र थारुलाई जुर्पानी खोलाले बगाउँदा उनको मृत्यु भएको छ । उनको शव नदीले बेपत्ता बनाएको छ ।

बारबर्दिया–११ का करिब ६० वर्षीय चौकीदार थारुलाई पनि खोलाले बगाएको आशंका गरिएको छ उनी ३ दिनदेखि बेपत्ता छन् ।

अहिले बर्दियाको गुलरिया नगरपालिकाको बालापुर, जेशिपुर, पण्डीपुर, गुजराना, सन्तोषी टोल, तरुवा, रत्नापुर, कोठियागाउँ र जिल्ला अस्पताल रोडसम्मका सबै ठाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए ।

बारबर्दिया नगरपालिकाको वडा नं १, २, ३, ४ र ११ का बस्ती बबई नदीको बाढीले डुबाएको छ । त्यसैगरी, ठाकुरबाबा नगरपालिकाका बग्माहा गाउँ, म्यौलापुर गाउँमा पनि बाढी पसेको छ । त्यस्तै राजापुर नगरपालिकाका तेरिया गाउँ, सप्तरीघाटलगायत वरपरका गाउँ बाढीले डुबाएको छ ।

त्यसैगरी, गेरुवा गाउँपालिकाका खैरिचन्दनपुर, दौलतपुर, मनाउगाउँ समेत डुबानमा परेको बोहराले जानकारी दिए । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

(Visited 120 times, 1 visits today)

टिप्पणी

comments