Main Menu

परिवार नियोजनको साधन प्रयोगमा पुरुषभन्दा महिला अगाडि

कात्तिक ५, इनरुवा

fp-use-women-aheadसुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।

सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन् । अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ । जिल्लामा १ हजार ४४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ ।

यहाँ अस्थायी साधनको प्रयोग बढेकाले स्थायी बन्ध्याकरण गराउने क्रम भने घटेको छ । आर्थिक वर्ष २०६७/६८ मा १ हजार ४९० जनाले बन्ध्याकरण गराएकामा आर्थिक वर्ष २०७३/७४ मा आएर ९८७ जनाले मात्रै बन्ध्याकरण गराएको पाइएको छ ।

परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको भनाइ छ । कूल प्रजननयोग्य महिलामध्ये २३ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गरेको तथ्यांकले देखाएको छ । 

(Visited 308 times, 1 visits today)

टिप्पणी

comments