Main Menu

२ दलित पत्रकारलाई घर मालिकद्वारा घर निकाला

फागुन २३, काठमाडौँ

दलित भएको कारण दर्शाएर दुई जना पत्रकारलाई घर मालिकले घरबाट निकालिदिएका छन् ।

इमेज च्यानलमा आबद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थित घरका मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“दुई कोठाको ११ हजार ५०० भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौँ,” पत्रकार विश्कर्माले भने,  “भाडास्वरुप अग्रिम रु. २ हजार ५०० दिएका थियौँ । सर्ने दिनमा त अरू नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौँ भन्दै उल्टै दुर्व्यवहार गरियो ।”

कोठा भाडाको बैना आफूहरुले दिइसकेकाले बस्न पाउनुपर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताएर धम्क्याएको विश्वकर्माको भनाइ छ । पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुर्व्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजाय ऐन, २०६८ अनुसार घर मालिक गौतम दम्पतीमाथि कारबाहीको मागसमेत गरेका छन् ।

(Visited 145 times, 1 visits today)

टिप्पणी

comments