Main Menu

पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

वैशाख १६, सुरुङ्गा (झापा) । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले रु. १ करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ/गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।

माध्यमिक तहका विद्यालयका लागि प्रति विद्यालय रु. ६ लाख ५० हजारका दरले रकम प्रदान गर्न लागिएको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिए । उनका अनुसार विद्यालयमा सुविधा सम्पन्न लाइबेरी स्थापना गर्न सो रकम प्रदान गर्न लागिएको हो ।

‘इ’ लाइब्रेरी स्थापनाका लागि अनुदान रकम पाउने विद्यालयमा लालपानी मावि शिवसताक्षी, चन्द्रभानुज्योति पृथ्वीनगर, सगरमाथा मावि पृथ्वीनगर, आर्दश मा.वि. घैलाडुब्बा, महेन्द्र मावि जलथल, कनकाई मावि सुरु्गा, ज्यामिरगढी मावि ज्यामिरगढी, जनता मावि बालुवाडी रहेका छन् ।

यस्तै सहिद धर्मभक्त मा.वि. तोपगाछी, सरस्वती मावि लखनपुर, गौरीशङ्कर मावि डाँगीबारी, महेन्द्ररत्न मावि तोपगाछी, मङ्गलमय मावि लखनपुर, बालकल्याण मावि महाभारा रहेका छन् ।

त्यस्तै कवि शिरोमणि मा.वि. मेचीनगर, पशुपति मा.वि. राजगढ, डिल्लीराज मा.वि. टाघनडुब्बा, कालिस्थान मा.वि. अर्जुनधारा, सिंहदेवी मा.वि. दमक, सरस्वती मा.वि. वुट्टाबारी, वलनिकुञ्ज मा.वि. शिवसताक्षी, जनता मा.वि. गौरादह, महेन्द्र मा.वि. विर्तामोड, चम्पापुर मा.वि. कनकाई, शनिश्चरे मा.वि. अर्जुनधारा, काँकरभिट्टा मा.वि. मेचीनगर, कमला मदन आश्रित मा.वि. तोपगाछी र मोती मा.वि. पथरिया रहेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिए ।

भौतिक संरचना निर्माणका लागि अनुदान रकम लिएका विद्यालयले भने पुस्तकालय निर्माणका लागि रकम पाएका छैनन् । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गर्न २८ वटा विद्यालयले अनुदान रकम पाएका हुन् ।

झापामा ३ सय ६५ वटा सामुदायिक विद्यालय रहेको उप जिल्ला शिक्षा अधिकारी होम भण्डारीले जानकारी दिए ।

(Visited 195 times, 1 visits today)

टिप्पणी

comments