Main Menu

Saturday, April 29th, 2017

 

आचारसंहिता पालना नगर्ने पर्यवेक्षकलाई पनि कारबाही हुने

वैशाख १६, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । निर्वाचन आयोगमा आज आयोजित ‘पर्यवेक्षणसम्बन्धी राष्ट्रिय सङ्घसंस्थासँगको अभिमुखीकरण तथा अन्तर्क्रियामा उनले निर्वाचनमा हिमाल, पहाड र तराईमा स्वतन्त्र र निष्पक्ष ढङ्गबाट पर्यवेक्षणको कर्तव्य पूरा गर्न आग्रह गरे । प्रमुख आयुक्त यादवले भने – ‘‘निर्वाचनको साक्षीका रूपमा मतदातामाझ उपस्थित हुने पर्यवेक्षकहरूले आफ्नो व्यावसायिक उच्च मर्यादालाई पालना गर्नु नै हुनेछ ।” विगतका निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले गरेको निर्वाचन पर्यवेक्षण र निष्पक्ष पर्यवेक्षण नगर्ने केही पर्यवेक्षक संस्थालाई कारबाही गरिएको घटनाको स्मरण डा. यादवले गराएपूरा पढ्नुहोस्


७ वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

वैशाख १६, लुम्बिनी । ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा ८ हजार र निजी क्षेत्रको सहभागितामा ९ हजार मेगावाट विद्युत् उत्पादन थप गरी अबको सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने दाबी गरेका हुन् । उज्यालो अभियान प्रचारका लागि नभएर वास्तविकताका लागि भएको भन्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई हौसला दिँदै मन्त्री शर्माले उद्योगी व्यवसायीले अब ऊर्जामा लगानी गर्नुपर्ने बेला आएको बताए । उनले ऊर्जामा गरेको लगानी कहिल्यै खेर नजानेसमेत बताए ।पूरा पढ्नुहोस्


पुननिर्माणले जुराइदिएको काम : कसरी भूकम्पले ग्रामीण महिलाहरुलाई निर्माणकर्तामा परिणत गर्दैछ

शक्तिमाया तामाङ/बीबीसी गोरखा भूकम्पको २ वर्ष बितिसक्दा पनि पुनर्निर्माण कार्य अझै सुस्त गतिमै छ । तर, केही ग्रामीण क्षेत्रमा भने परम्पराविपरित महिलाहरुले निर्माणका औजारहरु उठाएर पुनर्निर्माणको गतिलाई तीव्रता दिन थालेका छन् । सानुमाया कुमालले निर्माणको सबै काम गर्छिन् । बालुवा र इँटा बोक्ने होस् वा जग खन्ने, सानुमायाले नगर्ने काम केही छैन । भूकम्पबाट अतिप्रभावित नुवाकोट जिल्लामा सानुमाया जस्तै अन्य महिलाहरु पनि भूकम्पबाट क्षतिग्रस्त भवनहरु पुनर्निर्माणमा डटेर लागिरहेका छन् । गाउँमा महिलाहरु घरायसी काममै सीमित हुन्छन् भने पुरुषहरु विदेशिन्छन् । र, भूकम्पपछिको पुनर्निर्माणमा सहभागी हुन पनि मानव संसाधनको चर्को अभाव छ । ‘मेरो कामदेखि म निकै खुसी छु ।’ घरायसीपूरा पढ्नुहोस्


महिला हिंसा/महिला मुक्ति

आइमाई नै आइमाईको शत्रु किन ?

उर्मिला पोखरेल नारी समानताविरोधी पुरुषहरु भन्ने गर्छन् –हाम्रो समाजमा आइमाई नै आइमाईको शत्रु छन् । नारीहरुकै कारणले गर्दा नारीहरुले अधिकार र स्वतन्त्रता नपाएको कुराको पुष्टी गर्न उनीहरु थुप्रै उदाहरणहरु प्रस्तुत गर्ने गर्छन् । जस्तो, घरघरमा हुने सासुबुहारी माझको झैझगडा, नन्दआमाजु, भाउजुबुहारी, जेठानीदेउरानीबीच एकअर्कालाई सताउने परिस्थिति पनि आइमाई आइमाई माझकै सम्बन्ध हो । छोरा र छोरी, छोरा र बुहारीमाझको असमान व्यवहारमा, लगाउने कुरामा, खानेकुरामा, पढ्ने कुरामा, जागिर खान दिने नदिने कुरामा, बाहिरफेर हिंडडुल गर्न दिने नदिने कुरामा पक्षपात गर्नमा महिलाहरु नै बढी सक्रिय हु्न्छन् र आमा स्वयंले छोराको तुलनामा छोरीलाई हेलाँ गर्ने गर्छन् । छोरी बुहारीको कमाई खान्नँ भन्ने कुरामा, अछूतपूरा पढ्नुहोस्


पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

library-establishment-help

वैशाख १६, सुरुङ्गा (झापा) । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले रु. १ करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ/गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो । माध्यमिक तहका विद्यालयका लागि प्रति विद्यालय रु. ६ लाख ५० हजारका दरले रकम प्रदान गर्न लागिएको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिए । उनका अनुसार विद्यालयमा सुविधा सम्पन्न लाइबेरी स्थापना गर्न सो रकम प्रदान गर्न लागिएको हो । ‘इ’ लाइब्रेरी स्थापनाका लागि अनुदान रकम पाउने विद्यालयमापूरा पढ्नुहोस्


उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

वैशाख १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा २ हजार २ सय ८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५ सय ५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो । पूर्वसचिव डा. कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइपूरा पढ्नुहोस्


बढी शुल्क फिर्तामा निजी विद्यालय अटेरी

school-fees-determined-classes-resume

वैशाख १६, काठमाडौँ । शुल्कका सम्बन्धमा सरकारी नीति र मापदण्ड उलङ्घन गर्दै आएका निजी विद्यालय सञ्चालकले शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयनमा पनि अटेर गर्ने देखिएको छ । निजी विद्यालयमा मापदण्ड विपरीत बढाइएको शुल्क १५ दिनभित्र फिर्ता दिलाउनेसहित चारबुँदे सहमतिमा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच शुक्रबार सहमतिसँगै विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो । वार्तामा सहभागी नभएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष विजय सम्बाफाम्फेले कहाँ बढी शुल्क लिइएको हो र के विषयमा कसले सहमति गरेको भन्ने आफूहरुलाई कुनै आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिए । “त्यस्तो भएको हो भने हामी बुझेर, अध्ययन गरेर निर्णयमा पुग्छौँपूरा पढ्नुहोस्


छात्रामा ‘मास हिस्टेरिया’को समस्या

mass-hysteria-jumla

वैशाख १६, जुम्ला । तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ । चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई/तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिए । “त्यसको लगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली औषधि सामग्री लिएर त्यहाँ पुग्यो र उपचार सेवा सुरु गर्यो तर उपचार सेवा अवधिमा अभिभावकको चासो रहेन” प्रधानाध्यापक केसीले भने । चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमापूरा पढ्नुहोस्


आगलागी हुँदा चार बस जलेर नष्ट

१६ वैशाख, पोखरिया(पर्सा) । वीरगन्ज उपमहानगरपालिका अस्थायी प्रहरी चौकी बसपार्कस्थित रहेको नन्दी गाडी ग्यारेजमा हिजो आगलागी हुँदा चार बस जलेर नष्ट भएका छन् । राखिएका तीन नयाँ बस र एउटा पुरानो बसमा आगलागीमा परेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए । बारा र पर्साबाट आएको वारुण यन्त्र र स्थानीय प्रहरी प्रशासनको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्यत्रणमा लिन सफल भएको स्थानीय बासिन्दा विनोद साहले बताए । वीरगन्ज उपमहानगरपलिकामा तीन वारुण यन्त्र भए पनि आगलागी हुँदा एक वटा मात्र बारुण यन्त्र आएको हुनाले आगो नियन्त्रण गर्नमा ढिलाइ भएको हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । आगलागी के कारणले भएको हो भन्नेपूरा पढ्नुहोस्


सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

वैशाख १६, काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको बैठकमा दुई चरणको निर्वाचन गर्दा बीचमा बजेट ल्याउन पनि नसकिने र एक चरणको निर्वाचन सकेर मतगणना गर्दा अर्को निर्वाचन प्रभावित हुने भएकाले दुवै चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकपछि नेकपा (एमाले) का प्रमुख सचेत भानुभक्त ढकालले बैठकमा धेरै दलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने सुझाव दिएको र यदि दुई चरणमा निर्वाचन भएमा बजेटपूरा पढ्नुहोस्