Main Menu

Tuesday, April 4th, 2017

 

विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता

चैत्र २२, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा जेल जीवन बिताइरहेका नेपाली नागरिकलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जेल परेका व्यक्तिहरुलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने निर्णय गर्दै त्यसका लागि प्रारम्भिक चरणमा ६ देशमा रहेका नेपालस्थित दूतावासमा रु ५५ लाख पठाएको छ । मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युयई) र कुबेतस्थित नेपाली दूतावासलाई रु १०/१० लाख र ओमनका लागि रु. ५ लाख पठाएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । उनले आवश्यकताअनुसार थप रकमसमेत पठाइने बताए । बोर्डले कानुनी सहायता दिनेसम्बन्धी निर्देशिका बनाएर श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ ।पूरा पढ्नुहोस्


मानव–वन्यजन्तु द्वन्द्व घटाउन ‘लिभिङ विथ टाइगर’

चैत्र २२, रत्ननगर (चितवन) । दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थे । अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन् । “अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’ – बोटले भने । उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगाएकी छन् । करिब रु. ६० हजार लगानीमा निर्माण गरिएको गोबरग्यास प्लान्टका लागि उनको आफ्नो खर्च अत्यन्त न्यून भएको छ । सरकार, “लिभिङ विथ टाइगर” परियोजना र स्थानीय उपभोक्ता समितिले आर्थिक अनुदान उपलब्ध गराउँदा थोरै खर्चमा उनले गोबरग्यास प्लान्ट लगाउन सफल भए । बायोग्यास बाल्न थालेको तीन महिना भयो; यो बीचमापूरा पढ्नुहोस्


राजविराजको बम सेनाले निष्क्रिय पार्यो

killing-vehicle-back-law

चैत्र २२, राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ । राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी (दास)को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घर अगाडि बम फेला परेको थियो । दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको बताइएको छ । बम फेला परेको ठाउँमा आज बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैकोपूरा पढ्नुहोस्


मुग्लिन-नारायनगढ सडक बिस्तार : भित्तो काटिएका ठाउँमा सावधानी अपनाउनुपर्ने

चैत्र २२, चितवन । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा २ सय मिटर, २२ किमी घुमाउनेमा २ सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको ३ दशमलव ५ किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदैछ । ती ठाउँमा बढीमा ६० मिटरसम्म अग्लो ठाउँबाट भित्तो काटेर सडक फराकिलो बनाइँदैछ । कालीखोलाबाट मुग्लिनसम्मको सडक हाल ५ दशमलव ५ मिटरमात्रै फराकिलो छ । उक्त ठाउँमा ९ मिटर चौडा बनाउनुपर्ने हुन्छ, जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दैपूरा पढ्नुहोस्


पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

चैत्र २२, वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गरेका छन् । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिज्ञा गरेका हुन् । राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गरेका छन् । घटनापछि सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो । दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् । “घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नोतर्फबाट सहयोगपूरा पढ्नुहोस्


चुनावमा उठ्न तीन शिक्षकको राजीनामा

killing-vehicle-back-law

चैत्र २२, काँकडभिट्टा (झापा) । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् । राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् । उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा (एमाले)बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् । मेरो पहिलेदेखिपूरा पढ्नुहोस्


सेन्ट पिटर्सवर्गमा विष्फोट, कम्तिमा दश जनाको मृत्यु

सेन्ट पिटर्सवर्ग विस्फोटपछि रसियामा यातायात सुरक्षामा कडाई

चैत्र २२, सेन्ट पिटर्सवर्ग (रसिया) । रसियाको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा सोमवार मेट्रो सिस्टममा भएको विष्पोटमा कम्तिमा १० जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायक रसियाली प्रशासनिक निकायले रसियाली सञ्चारमाध्यमलाई बताएको छ । रसियाली समाचार संस्था तास र इन्टरफ्याक्सका अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा रेलभित्र विस्फोट गराइएको थियो । प्रारम्भिक सूचनाअनुसार घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । सेन्ट पेटर्सवर्ग महानगर स्रोतले दिएको प्रारम्भिक भनाईमा रेलको एउटा डव्वामा शङ्कास्पद वस्तु देखिएको र सोही विस्फोट भएको हुनसक्ने बताइएको छ । यसैबीच, विस्फोट लगत्तै राजधानी मस्कोलगायत देशभर यातायात क्षेत्रमापूरा पढ्नुहोस्


राजविराजमा सकेट बम फेला

killing-vehicle-back-law

चैत्र २२, राजविराज । सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएका व्यापारी हुन् । बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताएका छन् । यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीलेपूरा पढ्नुहोस्