Main Menu

Monday, April 17th, 2017

 

खानुपिउनु नपर्ने भए

(सन् २०१६ सम्ममा विश्व जनसङ्ख्या ७ अर्ब ४० करोड पुगेको ‘पपुलेसन रिफरेन्स ब्यूरो, पिआरबि’ ले जनाएको छ । त्यसले आगामी ३३ वर्षपछाडि अर्थात् सन् २०५० सम्ममा अहिलेकोमा ३३ प्रतिशत वृद्धि भई विश्व जनसङ्ख्या झण्डै १० अर्ब अर्थात् ९ अर्ब ९० करोड पुग्ने आँकलन गरेको छ । यो प्रकारको जनसङ्ख्या वृद्धि र आकारलाई के पृथ्वीले धान्न सक्छ त ? पर्यावरणविद तथा समाजशास्त्रीहरुले जनसङ्ख्या वृद्धिले निकट भविष्यमै विस्फोटक रुप लिने र यसले सम्पूर्ण मानव अस्तित्वलाई नै खतरामा पुर्याउने चेतावनी दिएका छन् । यसै परिपे्रक्ष्यमा ५ वर्षअगाडि मूल्याङ्कन मासिकमा अर्थशास्त्री केशव आचार्यले अर्थशास्त्रीय व्यङ्ग्यजस्तैको रचना छपाएका थिए । अहिलेको सन्दर्भमा उक्त रचना अझपूरा पढ्नुहोस्


राष्ट्रपति भारत प्रस्थान

president-india-visit

वैशाख ४, काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।


सल्यानका २ हजारभन्दा बढी बालबालिका विद्यालय जाँदैनन्

killing-vehicle-back-law

वैशाख ४, सल्यान । सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले २ हजार ६ सयबढी बालबालिका विद्यालय बाहिर रहेका हुन् । विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि ‘क’ र ‘ख’ वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । “क र ख वर्गका शारीरिक अपाङ्गता भएका विद्यार्थी विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारका बालबालिका पनि विद्यालय भर्ना नहुने भएकाले पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेका छन् ।”पूरा पढ्नुहोस्


राष्ट्र र राष्ट्रको भविष्यप्रति नारायणकाजीको चिन्ता

national-government-needed-narayankaji

वैशाख ४, काठमाडौं । एकातिर एमाले मधेस केन्द्रित पार्टीहरुको मागप्रति कति पनि सम्वेदनशील नबन्ने र अर्कोतिर मधेस केन्द्रित पार्टीहरु त्यसमाथि पनि मुख्यतः मधेसी मोर्चा सम्वद्ध पार्टीहरु एकपछि अर्को बखेडा झिक्दै चुनाव हुन नदिने खेलमा लागिरहनु अहिले देश गम्भीर मोडमा पुग्नुको मुख्य कारक बनेको छ । राष्ट्रियता र राजनीतिक डेडलकप्रति निरन्तर सम्वेदनशील बन्दै आएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले यतिखेर राजनीतिक डेडलकको समाधानका लागि नयाँ प्रस्ताव सार्वजनिक गरेका छन् । प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने जान्दा जान्दै पनि मधेसी मोर्चाले राजनीतिक निकासका लागि यसअघि सहमति जनाइसकेका कुराहरुकै आधारमा संविधान संशोधन गरी उनीहरुलाई निर्वाचनमा ल्याउन सरकारले संसदमा संविधान संशोधनको नयाँपूरा पढ्नुहोस्


वीरमा आयो अक्सिजन प्लान्ट

वैशाख ४, काठमाडौँ । लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ । एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु. २ करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिए । मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उनले बताए । वीर अस्पतालमा दैनिक करिब १ सय सिलिन्डर अक्सिजनपूरा पढ्नुहोस्