Main Menu

Wednesday, April 19th, 2017

 

निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष

काठमाडौँ, ६ वैशाख । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् । निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटारमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाएका थिए । प्रमुख पाँच दलका नेताहरुले स्थानीय तहको निर्वाचनका सम्बन्धमा उठेका भ्रम चिर्दै निर्धारित मितिमा एकै चरणमा हुने पनि स्पष्ट पारेका छन् । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले वैशाख ३१ मा कुनै पनि हालतमापूरा पढ्नुहोस्


‘राष्ट्रपतिको भारत भ्रमण अत्यन्त फलदायी’ – परराष्ट्रमन्त्री महत

वैशाख ६, काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् । राष्ट्रपति भण्डारीसितै भारत भ्रमणमा रहेका मन्त्री डा. महतले बुधबार बिहान स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग भने, “दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।” भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री डा. महतले दिए । “उहाँहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ”, डा. महतलेपूरा पढ्नुहोस्


सगरमाथा आरोहण गर्नेको लर्को, अहिलेसम्मकै बढी आरोही

वैशाख ६, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३ सय ६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २ सय ८९ जनाले आरोहणको अनुमति लिएका थिए । “यस वर्ष अनुमति लिने क्रम चलिरहेको छ । वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले सङ्ख्या अझै बढ्न सक्छ,” ढकालले भने । पर्यटन विभागबाट अनुमति लिएकामध्ये मङ्गलबारसम्ममा ३१ समूहका २ सय ९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालयपूरा पढ्नुहोस्


मुख्य पदमा लड्न नपाउने भएपछि आन्दोलन गर्ने दलित अगुवाको चेतावनी

khairhani-vote-counting-19-hrs-later

वैशाख ६, बाजुरा । आसन्न स्थानीय तहको चुनावमा जिल्लामा प्रतिनिधित्व गर्दैआएका दलित अगुवाले वडापालिका, गाउँपालिका र नगरपालिकाको मुख्य पदमा लड्न नपाउने भएका छन् । लामो समयदेखि दलितका हकअधिकार र दलितमाथि हुने अन्यायका विरुद्ध वकालत गर्दै आएका दलित अगुवाले नै मुख्य पद नपाउने भएपछि उनीहरु निराश बनेका छन् । जिल्लाका विभिन्न राजनीतिक दलले दलितका अगुवालाई उम्मेदवार नबनाउने भएपछि जातीय मुद्दा लिएर आन्दोलन गर्ने नेकपा एमाले जिल्ला कमिटी सदस्य किट्टो ल्वारले बताए । दलित अधिकारका विषयमा बोल्ने नेताहरुले आफूले बोलेका कुरालाई कार्यान्वयनमा नल्याउनु आफूहरुमाथिको अन्याय भएको ती अगुवाले बताएका छन् । वैशाख ३१ को स्थानीय तहको चुनावमा दलितलाई गाउँपालिका र नगरपालिकाको मुख्यपूरा पढ्नुहोस्


पर्यटक बढेसँगै मुक्तिनाथमा सुविधा सम्पन्न होटल

muktinath-feature-rich-hotels

वैशाख ६, मुक्तिनाथ (मुस्ताङ) । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा भक्तजन र पर्यटकको बढ्दो आगमनसँगै स्थानीयवासीले सुविधा सम्पन्न होटलमा लगानी बढाएका छन् । पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि पर्यटक आमगनमा आएको उत्साहजनक वृद्धिले होटल व्यवसायमा लगानी गर्न स्थानीयवासी हौसिएका हुन् । “मुक्तिनाथ मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकसँगै होटलको सङ्ख्या, सुविधा र लगानी बढेको हो,” मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले भने । उनका अनुसार पर्यटकलाई लक्षित गरी मुक्तिनाथको रानीपौवा र झारकोटमा यतिखेर २२ वटा होटल खुलिसकेका छन् जसमध्ये १० वटा आधुनिक र सुविधा सम्पन्न छन् । पछिल्लो समयमा थप तीन वटापूरा पढ्नुहोस्


पारिजातको सम्झनामा स्रष्टाहरू सम्मानित

वैशाख ६, काठमाण्डौं । प्रसिद्ध लेखक पारिजात बितेको दिन बैशाख ५ गते उनको प्रतिमामा माल्यार्पण गरेर उनलाई स्मरण गरियो । हिजो पारिजात स्मृति केन्द्रको आयोजनामा काठमाण्डौं, म्हयपि स्थित परिसरमा सो माल्यार्पण कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरुको उपस्थिति थियो । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद श्याम श्रेष्ठ, पूर्व राजदूत डा. महेश मास्के लगायतले पारिजातको प्रतिमामा माल्यार्पण गरेका थिए । उक्त अवसरमा २०७३ सालको लागि पारिजातका नाममा स्थापित सम्मानहरुको घोषणा गरिएको थियो । यस अनुसार पारिजात सृजन सम्मान साहित्यकार हेमनाथ पौडेललाई, पारिजात बाल साहित्य सम्मान साहित्यकार विजय चालिसेलाई, पारिजात कलापूरा पढ्नुहोस्


घुमाउने अझै जोखिमपूर्ण, खस्न लागेको ढिस्को हटाइँदै

वैशाख ६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आजदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको हो । सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ । सडकबाट करिब १५ मिटरको उचाइमा रहेको ढिस्कोमाथि काम गर्दा हल्लिन थालेपछि सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ढिस्को हटाउन लागिएको हो । उनका अनुसार आज बिहान १० बजेदेखि चर्केको चट्टान पहाडबाट हटाउने काम सुरु गरिएको छ । चट्टान सकेसम्म आजैपूरा पढ्नुहोस्


स्थानीय तहको निर्वाचन विगतको जस्तो निर्वाचन होइन : प्रम प्रचण्ड

local-election-environment-promising-pm

वैशाख ६,  काठमाडौंँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अधिकार सम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा (माओवादी केन्द्र)को उपहार भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “कतिपयले बीस वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । त्यसकारण यो निर्वाचन विशिष्ट छ ।” गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार भएको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सिंहदरबारकोपूरा पढ्नुहोस्