Main Menu

Friday, April 28th, 2017

 

निर्वाचन आयोगको पनि मोबाइल एप (डाउनलोड गर्ने लिंकसहित)

वैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । त्यसैगरी, इसिएन एप (ECN App) नामक मोबाइलपूरा पढ्नुहोस्


जथाभावी बाटो काट्नेलाई पनि अब जरिवाना

वैशाख १५, काठमाडौँ । जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु. २०० जरिवानामा पर्नुहोला ! महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवना गर्नेभएको छ । महाशाखाले आज यहाँ आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रुहरूको मृत्यु भएको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । “जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामापूरा पढ्नुहोस्


‘घुम्ती हुलाक सेवा’को सुरुवात

वैशाख १५, काठमाडौँ । गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ । कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पुर्याउने मुख्य योजनाका साथ आजदेखि सो सेवाको सुरुवात गरेको हो । सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गरे । “कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको छ ।” मन्त्री कार्कीले भने । मन्त्री कार्कीले घुम्ती सेवालाई काठमाडौँ उपत्यकामा मात्र नभएर देशभर पुर्याउनुपर्नेमा जोड दिए । उहाँले चिठीपत्रमा लेखिने कुरा सामाजिक सञ्जालमा लेख्न नसकिने बताउँदै हुलाकको महत्व यथावत् रहेको उल्लेख गरे ।पूरा पढ्नुहोस्


मिडिया

स्थानीय चुनावमा आधा दर्जन पत्रकार आकाङ्क्षी

वैशाख १५, लमजुङ (बेसीसहर) । स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् । प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि पार्टीमा उम्मेदवारी दिएका छन् । नेपाल प्रेस युनियनका अध्यक्ष एवम् नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकाङ्क्षा देखाएका छन् । उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिएका छन् । यस्तै, प्रेस युनियनका अर्का सदस्य एवम् अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदातापूरा पढ्नुहोस्


विचार/विश्लेषण

एडिबी र नेपालबीचको साझेदारीका ५० वर्ष : एसियाको समृद्धिमा सहयोग

वैशाख १५, काठमाडौँ । एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ । सन् १९६७ मा बैंक स्थापना भएदेखि नै सदस्य रहेको नेपाल र एसियाली विकास बैंकबीचको सहकार्यले मुलुकको गरिबी घटाउने, व्यावसायिक तथा सीप विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवी विपत्ति तथा आपत्कालीन सहायताले पारस्परिक सहयोगलाई अझ घनिभूत तुल्याएको छ । साना, मझौला र विशाल विकास आयोजनामा अर्बौंको लगानी गरेको उक्त बैंकले नेपाललाई संस्थापक साझेदारका रुपमा ५० वर्षदेखि नै प्राविधिक, अनुदान र ऋण सहायता प्रदान गरेर गरिबीको दुष्चक्रबाट नेपालीलाई मुक्त गर्ने अभियानमा सघाइरहेकोपूरा पढ्नुहोस्


स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा गृहकार्य

वैशाख १५, काठमाडौँ । तराई/मधेसमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा स्थानीय तह पुनःसंरचना सुझाव समितिले दुई दिनभित्र गृहकार्य गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई जिम्मेवारी दिएको छ । मन्त्रालयमा हिजो बसेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित तराई/मधेस केन्द्रित दलको बैठकले यस्तो निर्णय गरेको हो । विगतमा स्थानीय तह पुनःसंरचना आयोगले के कसरी प्रतिवेदन दियो र अब जनसङ्ख्याका आधारमा के गर्न सकिन्छ भनी दुई दिनभित्र सचिवले प्रतिवेदन पेस गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले जानकारी दिए । “प्रतिवेदन आएपछि सङ्ख्या बढाउन सकिने वा नसकिने विषयमा निर्णयमा पुगिन्छ । आइतबारसम्म सचिवले मन्त्रालयका तर्फबाट यथार्थ विवरणसहितको प्रतिवेदन बुझाउनुहुनेछपूरा पढ्नुहोस्


शुल्क अविलम्ब फिर्ता गर्न माग

guardians-agree-fee-hike-movement

वैशाख १५, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थासँग मापदण्डभन्दा बढी लिइएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । यहाँ हिजो बसेको बैठकले निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले र शिक्षा विभाग तथा देशभरका जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गर्ने, शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्नेलगायत निर्णय पनि गरेको छ । केही विद्यालय सञ्चालकले सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा फरक तरिकाले नियमित विद्यार्थीलाई भर्ना, लेखन सामग्री, परीक्षा, खेलकुद, प्रयोगशाला तथा विविध शीर्षकमा बढी शुल्क लिँदै आएकामा विद्यार्थी सङ्गठनले विरोध गर्दैपूरा पढ्नुहोस्


मुद्रास्फीति २ दशमलव ९ प्रतिशत : राष्ट्र बैंक

वैशाख १५, काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा. चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिए । उनले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीतिमा आएको कमीका कारण पछिल्लो महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको बताए । गभर्नर डा. नेपालका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर शुन्य दशमलव चार प्रतिशत ऋणात्मक रहेको र गैरखाद्य तथा सेवा समूहमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।पूरा पढ्नुहोस्