Main Menu

Wednesday, April 12th, 2017

 

मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने

local-elections-morcha

चैत्र ३०, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा सहभागी नहुने जनाएको छ । मोर्चाको आज बसेको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय गरेको छ । अध्यक्ष यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताए । बैठकले यही चैतपूरा पढ्नुहोस्


रेडक्रसको बजेट रु. ५ अर्ब

nepal-red-cross-rescue-operation-starts

चैत्र ३०, सिन्धुली । नेपाल रेडक्रस सोसाइटीको सिन्धुलीमा सम्पन्न ४६औँ केन्द्रीय महाधिवेशनले २०७४/७५ का लागि साधारण र विकासतर्फ गरी रु. ५ अर्ब १४ करोड ४० लाखको प्रस्तावित बजेट पारित गरेको छ । आर्थिक प्रतिवेदन सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले देशको वर्तमान सन्दर्भमा हालै गठन भएका स्थानीय संरचनामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या र भौगोलिक क्षेत्रसँग वर्तमानमा कायम रहेका नेपाल रेडक्रसका उपशाखाको सङ्ख्या एवम् भौगोलिक कार्यक्षेत्रका सम्बन्धमा प्राविधिक र व्यावहारिक कठिनाइ हुने देखिएकाले सो सम्बन्धमा विशेष अध्ययन गरी स्पष्ट नीतिगत व्यवस्था लिने कुरा सो सभामा जानकारी दिए । भूकम्पपश्चात् नेपाल रेडक्रस सोसाइटीले प्रभावित ‘क’पूरा पढ्नुहोस्


कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन ः स्वास्थ्यमन्त्री थापा

चैत्र ३०, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् । नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताएका हुन् । उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, “आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस् ।” उनले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन पनि आग्रह गरे । संविधानको सफल कार्यान्वयनको एक मात्र कडीपूरा पढ्नुहोस्


पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ

killing-vehicle-back-law

चैत्र ३०, लहान । लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो । गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ गरिरहेकै अवस्थामा ती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।


हाँसो किन लाग्छ ?

science-qna-laugh

आकाश महर्जन ‘एउटा बूढो मान्छे बच्चैमा मरेछ ।’ यो एउटा सरल वाक्य हो तर यो वाक्य पहिलोचोटि सुन्ने प्रायः सबैलाई हाँसो लाग्छ । हाँसो कुनै मानिसको दैनिक जीवनको एक अभिन्न पाटो हो । हाँसो एक प्रकारको औषधि हो भन्ने कुरा त हामी सबैले सुन्दै आइरहेकै हौँ । तर चुट्किला सुन्दा वा कुनै अनौठो कुरा देख्दा वा आफैंले भोग्दा हाँसो किन लाग्छ ? हाँसो लाग्नुको वैज्ञानिक कारण, अझ भनौँ मनोवैज्ञानिक कारण के हो त ? हाँसो किन लाग्छ भन्ने विषयमा थुप्रै अनुसन्धानहरू भएका छन् र ती अनुसन्धानहरूले थुप्रै सिद्धान्तहरू प्रतिपादन गरेका छन् । तीमध्ये तीनवटा सिद्धान्तहरू वैज्ञानिक जगतमा सर्वमान्य छन् ।पूरा पढ्नुहोस्


महासङ्घको अध्यक्षमा राणा – इतिहासमै पहिलोपटक महिला अध्यक्ष

first-female-president-udhyog-banijya-mahasang

चैत्र ३०, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएकी छन् । महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकी हुन् । महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उनी रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । त्यसैगरी, कार्यकारिणी समिति सदस्यमा उद्योग वाणिज्य समूहतर्फ उमेश डालमिया, सुरजकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दीपक लम्साल, ध्रुवराज श्रेष्ठ (भारी), राजेन्द्रकुमार श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरकपूरा पढ्नुहोस्


काभ्रेमा सडक दुर्घटना – दुईको मृत्यु

road-accident

चैत्र ३०, धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा४५प ६७५३ नंको मोटरसाइकल ना१ज ४६९५ नंको सुमोलाई ओभरटेक गरेर अघि बढ्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा४ख ६०३ नंको बससँग ठोक्किन पुगेको थियो । मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । ६ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइँदैछ ।


राष्ट्रपति भण्डारीको भारत भ्रमण तय

चैत्र ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनुुहुनेछ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।


अमेरिकामा नारीवादी कला – २

(पहिलो भागको लागि  यहाँ क्लिक गर्नुहोस्) • दिपमाला महर्जन सन् १९७६ मा क्युरेटरद्वय लिन्डा नक्लिन र आन सदरलाण्ड हेरिस् मिलेर महिला कलाकारहरु मात्र सहभागी रहेको पहिलो प्रदर्शनी गरे । यस प्रदर्शनीमा सोह्रौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका ८४ कलाकारहरुका १ सय ५० वटा कामहरु प्रदर्शन गरिएका थिए । यो प्रदर्शनी अमेरिकाकै प्रथम भव्य प्रदर्शनी थियो, जसमा केबल महिला कलाकारहरुलाई स्थान दिइएको थियो । यो महिला कलाकार तथा नारीवादी कलाका लागि एक कोसेढुङ्गा नै थियो, किनकि यसले पाश्चात्य कला क्षेत्रमा परम्परागत पितृसत्तात्मक संरचनालाई चुनौति दिएको थियो । ७० को दशकको अर्को महत्वपूर्ण काम भनेको नारीवादी कलाकार मार्था रोस्लरको भिडीयो कला ‘सेमियोटिक्स अफ किचन’पूरा पढ्नुहोस्


भूकम्प नाप्ने १८ केन्द्र बन्दै

चैत्र ३०, काठमाडौँ । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका साइज्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए । उनले भने – “सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले ४ र जापान सरकारले ८ केन्द्र बनाउन सहयोग दिनेछन् ।” केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य (अभिलेख राख्ने काम) गरिरहेको छ । केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारीपूरा पढ्नुहोस्