Main Menu

Thursday, April 20th, 2017

 

साना उद्योगको प्रोत्साहन गर्न सरकार तयार : अर्थमन्त्री महरा

वैशाख ७, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले साना उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकार तयार रहेको बताएका छन् । घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ को आज भकुटीमण्डपमा उद्घाटन गर्दै उनले साना उद्योगको उत्पादन बनाउनका लागि प्रोत्साहन गर्न सरकार तयार रहेको बताए । “निर्यात बढाउनका लागि साना उद्योगको मुख्य भूमिका महत्वपूर्ण हुन्छ”– उनले भने, “त्यसैले साना उद्योगलाई यसपटकको बजेटमा प्रथामिकता राखेका छौँ ।” उनले आन्तरिक उत्पादन बढाएमात्र व्यापार सन्तुलन गर्न सकिने भन्दै स–साना उद्योगबाट आन्तरिक उत्पादन बढाउनु आवश्यक रहेको धारणा राखे । अर्थमन्त्री महराले उद्योगलाई आधुनिकीकरण गरेर निर्यातमुखी बनाउनुपर्नेमापूरा पढ्नुहोस्


बाबुरामको​ गृह जिल्ला गोरखामा नयाँ शक्तिमा पहिरो

वैशाख ७, गोरखा । नयाँ शक्ति पार्टीका शिर्षस्थ नेता पूर्व प्रधानमन्त्री एवं पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा दुई दर्जन नेता कार्यकर्ताले नयाँ शक्ति पार्टी छाडी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्नेमा गोरखामा चीरपरिचित नयाँ शक्तिको युवा परिषदका केन्द्रीय पार्षद श्रीकृष्ण गुरुङ ‘विकास’ पनि रहेका छन् । गोरखामा आज आयोजित एक विशेष पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्तिका युवा नेता श्रीकृष्ण गुरुङ सहित दुई दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले टिका लगाई स्वागत गरे । गोरखा जिल्ला नेता नारायणकाजी श्रेष्ठ प्रकाशको पनि गृह जिल्ला हो । गोरखामा नयाँपूरा पढ्नुहोस्


मतदाता र उम्मेदवारलाई प्रभाव पार्ने काम हुनुभएन – प्रमुख आयुक्त डा. यादव

local-elections-ballot-paper-voter-list

वैशाख ७, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा उम्मेदवार र मतदातालाई प्रभाव पार्ने गरी कुनै काम नगर्न/नगराउन गैरसरकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिएका छन् । स्थानीय तहको यही वैशाख ३१ गते हुने निर्वाचनका सन्दर्भमा गैरसरकारी संस्थाले पालन गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित छलफलमा उनले उक्त निर्देशन दिएका हुन् । प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, “नेपाली जनताका नाममा आएको रकम र साधनस्रोत उनीहरुकै हितका लागि खर्चनु पर्दछ । निर्वाचनको समयमा आचारसंहिताको पालनामा अलि बढी सजग हुनुस् ।” वैशाख १५ गतेबाट गैरसरकारी सङ्घसंस्थाले पूर्णरुपमा आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । त्यसपछि नयाँ कुनै पनि कार्यक्रम घोषणापूरा पढ्नुहोस्


पत्रकार महासङ्घको ताला खुल्यो

fnj-unlocked

वैशाख ७, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ । सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि ताला खोलिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिए । वैशाख २० गते अधिवेशन गर्ने, अघिल्लो अधिवेशनमा सहभागी भएका सबैको नवीकरण गर्ने सहमति भएपछि ताला खुलाइएको उनले बताए । यसैगरी प्रकाश खतिवडाको अध्यक्षतामा बनेको कार्यसमितिले नयाँ सदस्यका लागि पुनःआह्वान गर्ने सदस्य दिलाउने सहमतिसमेत भएको मगरले जानकारी गराए । शाखाका असन्तुष्ट सदस्यले पुराना सदस्यको नवीकरण गर्नुपर्ने, नयाँ सदस्य खुलाउनुपर्ने जस्ता माग राख्दै चैत ३० गते ताला लगाएका थिए । पछिल्लोपटक महासङ्घका सदस्यका विषयलाई लिएर तालाबन्दी गर्ने प्रचलन बढेको छ ।


आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

killing-vehicle-back-law

वैशाख ७, काठमाडौँ । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । “साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्छ । संविधान निर्माणपूरा पढ्नुहोस्


डायनोसरबारे ५ मिथ्या जुन तपाईं अझै विश्वास गर्नुहुन्छ !

डायनोसर भन्नेबित्तिकै हामी विशाल शरीर भएको डरलाग्दो प्राचीन छेपारो सम्झन्छौँ । हलिउडका विभिन्न चलचित्रहरू, विशेष गरी स्टीभन स्पिनबर्गको सन् १९९३ को चर्चित चलचित्र ‘जुरासिक पार्क’ले डायनोसरहरु कस्तो हुन्छन् भन्ने हाम्रो बुझाइलाई धेरै हदसम्म निर्देशित गर्छ । तर डायनोसरका बारेमा हामीले देखे‍-सुनेका सबै ‘तथ्यहरू’ गलत हुनसक्छन् । चलचित्रमा देखेका कुराहरू मात्र नभई पढेका वा मास्टरले भनेका कुराहरू पनि गलत हुनसक्छन् । आज हामी त्यस्तै ५ मिथ्याहरूको बारेमा चर्चा गर्नेछौँ, जुन सम्भवतः आजसम्म पनि तपाईं विश्वास गर्नुहुन्छ । १. डायनोसरहरु सिंह र बाघहरुजस्तै गर्जन्थे डायनोसर गर्जेको आवाज हामी सबैलाई मनपर्छ, अथवा भनौँ हामी सबै डायनोसरको गर्जनबाट तर्सन्छौँ । चर्चित हलिउड चलचित्र जुरासिकपूरा पढ्नुहोस्


“समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छ”

killing-vehicle-back-law

वैशाख ७, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तर्क्रियामा महामन्त्री डा. कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्माणका काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताएका हुन् । महामन्त्री डा. कोइरालाले राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको रहेको भन्दै पार्टीलाई सही सुझाव, सल्लाह दिन बौद्धिक वर्गलाई आग्रह गरे । उनले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे तत्काल कारबाहीपूरा पढ्नुहोस्


साउनको तेस्रो हप्ताबाट परीक्षणको रूपमा काठमाडौँमा मेलम्ची !

वैशाख ७, काठमाडौँ । मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् । उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्षणको रुपमा प्लान्टमा ल्याई खानेपानीको रुपमा वितरण सुरु गरिने जानकारी दिए । त्यसरी पठाइएको वाग्मतीको पानी पूर्णरुपमा खानयोग्य हुने उनको भनाइ छ । उनले भने – “सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला तर केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ ।” मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत् आउने पानी सुचारु भएपछि वाग्मतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानीपूरा पढ्नुहोस्


एकै गाउँमा १० जलविद्युत, गाउँ नै ‘जलविद्युत् गाउँ’

वैशाख ७, म्याग्दी । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ (हाइड्रो भिलेज)का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४४ मा पहिलो पटक २ मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण गरिएको थियो । जलस्रोतको अथाह भण्डार भएको सो गाउँमा अहिले १० वटा जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङ बताउँछन् । अन्नपूर्ण साउथबाट बग्ने, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट गरी नारच्याङमा मात्रै करिब २ सय ९० मेगावाट विद्युत् उत्पादनपूरा पढ्नुहोस्


सडकले ल्याएको खुसी

वैशाख ७, बागलुङ । “यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ”, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने – “बुढ्यौलीमा विकास देख्न पाइयो ।” विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे । गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसियाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो नौमती बाजामा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए । ९१ घरधुरी रहेको बोर गाउँमा गत महिनामात्र सडक पुगेको थियो । कुश्मीसेरा–सर्कुवा–बिनामारे–अर्जेवा–जैदी–छिस्ती कृषि सडकअन्तर्गतको एउटा खण्ड बोरपूरा पढ्नुहोस्