Main Menu

Monday, April 3rd, 2017

 

निःशुल्क सीम बाँड्दै टेलिकम

चैत्र २१, बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै हजारभन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ । आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् । ‘बजार प्रबर्द्धन लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका हौं’ कार्यालय प्रमुख शर्माले भने । मेला हेर्न आएको बेला अघिपछि रु.पूरा पढ्नुहोस्


मेचीनगर मेयरमा पुरुषकै चर्चा

killing-vehicle-back-law

चैत्र २१, काँकडभिट्टा (झापा) । उन्नाइस वर्षपछि हुन लागेको स्थानीय तहको चुनावको चहलपहल हरेक मतदाताको आँगनसम्म आइपुगेको छ । वैशाख १६ गते उम्मेदवारको मनोनयन हुने र वैशाख ३१ गते मतदान हुने गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका पहिल्यै सार्वजनिक गरिसकेको हुँदा यतिबेला झापा चुनावी उत्सवमा होमिइसकेको छ । यो चुनावी उत्सवको माहोलबाट १ लाख ११ हजार सात सय ९७ जनसङ्ख्या भएको सुदूरपूर्वको मेचीनगर नगरपालिका पनि क्रमशः तात्दै गएको छ । चुनावको मुख्य सारथी राजनीतिक दलले टोल टोलसम्म कार्यकर्ताको भेला र बैठकलाई घनिभूत तुल्याउन थालिसकेका छन् भने सम्भावित उम्मेदवारको नाम सामाजिक सञ्जाल र चिया गफमा समेत चर्चाको विषय बन्न थालिसकेको छ । चुनावमापूरा पढ्नुहोस्


निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको तयारी गर्न माग

local-election-first-woman-head

चैत्र २१, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवाला चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रहरी कर्मचारी परिषदद्वारा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रशासक, सुरक्षाविद्लगायतले स्थानीय चुनावमा स–साना राजनीतिक विषयमा पनि झैझगडा हुनसक्ने हुँदा मुलुकको सीमा र सार्वभौमिकता रक्षा तथा नागरिकको सुरक्षामा संवेदनशील हुनुपर्नेमा जोड दिए । सो अवसरमा पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले विगतको अनुभव तथा विभिन्न मुलुकका अभ्यासलाई अवलम्बन गरी निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनुपर्ने बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लोकतन्त्रलाई जीवन्तता दिने तथा मुलुकलाई निरङ्कुशतातर्फ जानबाट रोक्ने विधि भनेको आवधिक निर्वाचन हो भन्दै सरकार तथा राजनीतिक दल निर्वाचनका लागि सकारात्मक भईपूरा पढ्नुहोस्


मोहियानी जग्गा मुखियाको कब्जामा

killing-vehicle-back-law

चैत्र २१, नुवाकोट । तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् । तार्केश्वर गाउँपालिका वडा नं. ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् । शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन अधिकारीसहितका व्यक्तिले जग्गा नियन्त्रणमा लिई लगाएको बाली भित्र्याउन तथा नयाँ बाली लगाउनसमेत रोक लगाएको स्थानीय सम्मरबहादुर भण्डारीले गुनासो गरे । “विसं १८५४ देखि नै गुठीको नाममा रहेको जग्गा उपभोग गर्दै आएबापत २३ घरधुरीले गुठी चढाउँदै आएका छौँ ।” जग्गा नियन्त्रणमापूरा पढ्नुहोस्


असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे

killing-vehicle-back-law

चैत्र २१, जाजरकोट । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन् । पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए । उनीहरू आतङ्कित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् । प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सम्पूर्ण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरेको सचिव बालकुमार शर्माले बताए । असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलङ्गा फर्काएको रपूरा पढ्नुहोस्


टर्कीमा भएको प्रदर्शनबाट एक लाख भन्दा बढी पक्राउ – सोयलु

चैत्र २१, अन्कारा, टर्की । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा १ लाख १३ हजार २ सय ६० जना पक्राउ परेको जानकारी दिएका छन् । सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उनले आइतबार जानकारी दिए । पक्राउ परेका मध्ये १० हजार ७ सय ३२ जना प्रहरी अधिकृत, ७ हजार ६ सय ४३ जना सैनिक सिपाही, १ सय ६८ जना सैनिक जर्नेल, २ हजार ५ सय ७५ जना न्यायधीश तथा न्यायधिक्ताहरु, २६ हजार १ सय ७७ जना आम नागरिक र २ सय ८ जना स्थानीय प्रशासक रहेको उनले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तवार्तामा बताए । गृहमन्त्री सोयलुका अनुसारपूरा पढ्नुहोस्


पर्वतमा आगामी दुई वर्षभित्र ७१ मेगावाट विद्युत् उत्पादन हुँदै

चैत्र २१, फलेवास (पर्वत) । ऊर्जा-नदीका रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदैछ । जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचवटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छन् । पर्वतमा हाल कुल २५ दशमलव ५ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् । जिल्लाका थोरै पानीमा धेरै उत्पादन हुने सम्भाव्यता बोकेका मोदीखोलालगायत नदीनालामा लगानी गर्न व्यवसायी आकर्षित भएका छन् । मनाङ ट्रेड लिङ्क र साउथपूरा पढ्नुहोस्


सुख्खा पहिरोमा परी सवारी साधन पुरिए, दुईको मृत्यु

killing-vehicle-back-law

चैत्र २१, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ । बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छपूरा पढ्नुहोस्


चीनमा बर्ड फ्लूका ६ नयाँ केस, एकको मृत्यु

चैत्र २१, बेइजिङ (चीन) । चीनको हुनान प्रान्तमा एच७एन९ बर्ड फ्लूका ६ नयाँ केसहरु फेला परेका छन् । गत महिना बर्ड फ्लूको संक्रमण नफैलियोस् भनेर कुखुरा बजारमा प्रतिबन्ध लगाइएपछि देखिएको संक्रमणका यी केसहरुमध्ये एकजनाको मृत्यु भएको जनाइएको छ । गत मार्चको अन्तिम हप्तादेखि संक्रमण देखा परेको शिन्ह्वाले आइतबार जनाएको थियो । संक्रमणका समाचार आउन थालेपछि गत मार्च १७ देखि हुनान प्रान्तको प्रान्तीय राजधानी चाङ्शामा कुखुरा व्यापारमा पूर्ण रुपमा प्रतिबन्धि लगाइएको थियो । बजार अझै ५ दिन बन्द हुने शिन्ह्वाले जनाएको छ । २९ हजार ७ सय ६० कुखुरा भएको एउटा फार्मबाट सुरु भएको संक्रमण फैलिएर महामारीको रुप लिएको अधिकारीहरुले बताएकापूरा पढ्नुहोस्


कोलम्बियामा मुसलधारे बर्षाका कारण बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २३४ पुग्यो

चैत्र २१, वोगाटा (कोलम्बिया) । दक्षिणी कोलम्बियामा मुसलधारे बर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २३४ जनाको मृत्युभएको आइतबार स्थानीय रेडक्रस सोसाइटीले बताएको छ । बाढी र पहिरोमा परी १०० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने सयौं मानिस विस्तापित बनेका छन्  भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् । पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका बताइएको छ । दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजारौँ घर, पुल, सवारीसाधन तथा रुखहरु ढलाएको तथा बगाएको छ । कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिएकापूरा पढ्नुहोस्