Main Menu

Sunday, April 9th, 2017

 

विद्युतभार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन – मन्त्री शर्मा

२७ चैत्र,  काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युतभार कटौती गर्न नसक्ने स्पष्ट पारेका छन् । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतभार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको तथा नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गरे । सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत क्षेत्रको विकासमा लागेको बताउँदै उनले विदेशी भूमिमापूरा पढ्नुहोस्


के हो “ओ बि ओ आर” ?

मातृका पौड्याल “खरिपुत्र” बदलिँदो विश्व राजनैतिक महाशक्ति संरचना र विश्व प्रभुत्वको क्षेत्र पूनर्नवीकरणका लागि सबैभन्दा अब्बल दाबेदार ठहरिएको चीन आफू एकमात्र सम्भावित विश्व महाशक्ति साबित गर्न उसले हालसम्मका विश्वमहाशक्तिको आसनधारी अमेरिकालगायत महाशक्तिहरुका “मैं खाऊँ मैँ लाऊँ” भन्ने आत्मकेन्द्रित अतिरञ्जनापूर्ण आचरणविरुद्घ “समृद्घी बाँडेर लिऔँ” भन्ने भावका साथ “एक क्षेत्र एक (राज)मार्ग” जस्तो अति नै लोकप्रिय विश्वबन्धुत्व भाव झल्किने प्रस्तावना विश्व समुदाय समक्ष सन् २०१३ को सेप्टेम्बर र अक्टोबरबाट विश्वस्तरका शिखर वार्ता र भेटघाटका अवसरहरुमा चीनले पेश गर्दै आएको छ । ‘सिल्क रोड’ या ‘सिल्क रुट’ जे भने पनि यो प्राचिन मार्गले पूर्वमा जापान र पश्चिममा भूमध्यसागरसम्मका भूभागहरुलाई स्थल र जल दुबैपूरा पढ्नुहोस्


निर्वाचनका लागि अब आयोगले पर्खने अवस्था छैन – प्रमुख आयुक्त

चैत्र २७,  काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारीका साथ आयोग अघि बढिसकेकाले अब पर्खने अवस्था नरहेको बताएका छन् । निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा हिजो सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै जिल्लाको मतपत्र, मतदाता नामावलीको छपाइ अघि बढिसकेको र यही चैत २८ देखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिमसमेत सुरु हुन लागेकाले पर्खने अवस्था नरहेको जानकारी दिए । प्रमुख आयुक्त डा यादवले भने – “अब हामी अगाडि बढिसक्यौँ, मतपत्र छपाइका लागि शनिबार ७५ वटै जिल्लाको पठाइसकेका छौँ । आयोगका आयुक्तहरु चैत २८ गतेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतको प्रशिक्षणपूरा पढ्नुहोस्