Main Menu

Monday, April 10th, 2017

 

पढेरभन्दा लडेर जानेको कुरा काइदा

मनोज गजुरेल पढेरभन्दा लडेर जानेको कुरा काइदाको हुन्छ । त्यसो त पाकाहरु परेर जानेको कुरालाई प्रभावकारी ठान्दछन् । तर लडाइँको अगाडी न पढाइको ज्ञान टिक्दछ, न त परेर जानेको बुद्धिले काम दिन्छ । साँच्चै भन्ने हो भने, लडाइँले पढाइको सातो खान्छ, पढाइले लडाइँको चाकडी गर्छ । धरोधर्म, पढाइको पछाडि लागेर जानेको जानकारीभन्दा लडृर सिकेको ज्ञान नै अमर रहन्छ । लड्नु भनेको भीरबाट बल्ड्याङ् खानु हो – हामीले पढेर सिकेको यही नै हो । तर अहिले चुनावमा हामफाल्नुलाई लड्नु भनिन्छ, सत्ता पाउनलाई मारमुग्री गर्नुलाई पनि लड्नु नै भनिन्छ । अब भन्नोस् त, उहिले तपाईंले पढेको कुरो अहिले काम लाग्यो त ?पूरा पढ्नुहोस्


छोराछोरी स्कुल नपठाउने अविभावकलाई ‘रातोकार्ड’

  रमेशकुमार वली चैत्र २८, सल्यान । दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परे । विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको सबै कुरा विस्तारै पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै भयो । विद्यालयले उनलाई छोरालाई नियमित किन नपठाएको भनेर रातो कार्डमात्रै पठाएको थिएन, उनको गम्भीर ध्यानाकर्षणसमेत गराएको थियो । सामान्यतः फुटबलमा खेलाडीले ठूलो गल्ती गरेमा दिइने रातो कार्ड सल्यानका विद्यालयले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने अभिभावकलाई दिन थालेका छन् । टेकबहादुरले भने – “पुस महिनामा रातो कार्ड पाउँदापूरा पढ्नुहोस्


राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस्

चैत्र २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम सुरु भएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा तोकेको छ । मुख्य निर्वाचन अधिकृत ७५ तथा ६ सय ६९ जना निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्लाबेग्लै रुपमा दुईदिने प्रशिक्षण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रशिक्षणपछि मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२पूरा पढ्नुहोस्


शसस्त्रको गाडी दुर्घटना : प्रहरी हवल्दारको मृत्यु

  चैत्र २८, दोलखा । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हुँदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । मत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरे रहेको बताइएको छ । गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए । दुर्घटनास्थल सदरमुकाम चरिकोटबाट २५ किलोमिटर टाढा पर्दछ ।


सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

चैत्र २८,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने – “मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सङ्घीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका दोहोरो कर नलाग्ने गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्छ ।” सङ्घीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाए । उद्योग व्यवसायको प्रवर्द्धन र सर्वसाधारणकोपूरा पढ्नुहोस्


इजिप्टको चर्चमा बम हमला, कम्तीमा ३७ को मृत्यु

  २८ चैत्र, कायरो, इजिप्ट । इजिप्टका दुईवटा चर्चहरूमा आइतबार बम विस्फोट गराइएका छन् । ती विस्फोटनहरूमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ । घटनामा सयजनाभन्दा बढी घाइते भएका छन् । आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी गराइएको पहिलो विस्फोटमा २६ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी दर्शनार्थी घाइते भएका छन् । त्यसैगरी इजिप्टकै सामुद्रिक किनारामा अवस्थित अर्को एक सहर अलेक्जेन्ड्रियामा सेन्ट मार्कको चर्चमा भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका इजिप्टको प्रहरीले जनाएको छ । इस्लामिकपूरा पढ्नुहोस्


भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

road-accident

२८ चैत्र, बनियानी (झापा) । भारतीय पिकअपको ठक्करबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक सडकखण्डमा आज बेलुका एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ५९ वर्षीय गङ्गाबहादुर बस्नेत रहेका छन् । बस्नेतलाई दमक–९ स्थित चियापसलमा बाटो काट्ने क्रममा डब्यु बी ७३८७३८२ नम्बरको भारतीय महेन्द्रा पिकअपले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सवारीसाधन र चालक भारत सिलिगुडी मातिगडाका ५० वर्षीय गोविन्द रायलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । चालक रायउपर सवारी ज्यान मुद्दा शीर्षकअन्तर्गत आवश्यक कारबाहीपूरा पढ्नुहोस्


राष्ट्रिय मेलमिलापले मात्र देशमा समृद्धि : काँग्रेस शीर्ष नेता

चैत्र २८, धनगढी । नेपाली काँग्रेसका शीर्ष नेताहरुले स्व. बिपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अनुशरणबाट मात्रै राष्ट्र समृद्धिको बाटोमा जाने बताएका छन् । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित पार्टीले हिजो ७ नं प्रदेशअन्तर्गत पर्ने कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी आमसभाको उद्घाटन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले देशका सबै जातजाति वर्ग क्षेत्रका जनताबीचको एकताले मात्रै राष्ट्रिय एकता बलियो हुने बताए । “बिपी कोइरालाको मेलमिलापको नीतिले मात्र देशमा १० वर्षमा समृद्धि छाउँछ,” सभापति देउवाले भने– “पहाड, मधेस, जनजाति विरोधी भावनाले राष्ट्रिय एकता हुँदैन ।” एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षडयन्त्रमा लागेको उनलेपूरा पढ्नुहोस्