Main Menu

Thursday, April 6th, 2017

 

यस्तो छ सङ्घीयतामा शिक्षा व्यवस्थापनको खाका

चैत्र २४, काठमाडौँ । स्थानीय तहमा शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विद्यमान निजामती सेवाअन्तर्गत शिक्षा सेवामा कार्यरत कर्मचारीबाटै व्यवस्थापन गर्न शिक्षा मन्त्रालयको एक कार्यदलले सुझाव दिएको छ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा शिक्षा मन्त्रालयलाई आफूसँग गाम्भुपर्ने सिफारिस गरेकामा शिक्षाको सो कार्यदलले आफ्नो मन्त्रालय कायम नै राख्नुपर्ने पनि औँल्याएको छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । प्रतिवेदनले महानगरपालिकामा शिक्षा सेवाका सहसचिवको नेतृत्वमा एक शैक्षिक व्यवस्थापन महाशाखा र त्यसको मातहतमा आधारभूत र मावि शिक्षा शाखा, उपसचिवको नेतृत्वमा उपमहानगरपालिका र नगरपालिकामा शैक्षिक व्यवस्थापन शाखा र गाउँपालिकाहरुमा शाखा अधिकृतको नेतृत्वमा शैक्षिक व्यवस्थापन शाखा राख्न भनेको छपूरा पढ्नुहोस्


नियमित योगले आत्महत्या न्यूनीकरण हुनसक्ने

killing-vehicle-back-law

चैत्र २४, लिबाङ (रोल्पा) । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । समाजमा विकासको क्रमसँगै मानिसमा मानसिक समस्या बढ्दै जाने वा मान्छे डिप्रेसनमा गएर आत्महत्या गर्ने क्रम बढ्दो छ । त्यसैले यसको न्यूनीकरणका लागि नियमित योग तथा प्राणायाम गर्नाले मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सकिने विज्ञानले समेत प्रमाणित गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार नियमित योग, ब्यायाम र प्राणायाम गर्ने ब्यक्तिलाई आत्महत्याको सोच आउँदैन । पतञ्जली योग समिति, रोल्पाको आयोजनामा बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको रामनवमी पर्व–२०७३ का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै बैद्यले यस्तो बताउनुभएको हो । उहाँका अनुसार यीनैपूरा पढ्नुहोस्


स्थानीयलाई वाचिम्ले लघु जलविद्युुतको सेयर खुला

killing-vehicle-back-law

चैत्र २४, भोजपुर । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु. १ सयको १० कित्तादेखि १ हजार कित्तासम्म सेयर लिन पाउने भएका छन् । ४० किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले रु. ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ । सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछिपूरा पढ्नुहोस्


नतिजा प्रकाशित नगर्दा उम्मेदवार मर्कामा

चैत्र २४, काठमाडौँ । लोकसेवा आयोगले अन्तरवार्ता भएको ६ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन् । आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट पदको गत कात्तिकमा अन्तवार्ता सम्पन्न गरेपनि नतिजा अहिलेसम्म प्रकाशन नगर्दा उम्मेदवार मर्कामा परेका हुन् । अन्तवार्ता भइसकेको अवस्थामा आयोगले अझैसम्म नतिजा ननिकाल्दा आफूहरु अन्यौलमा रहेको पीडित उम्मेदवार शंकर विष्टले बताए । उनका अनुसार आयोगले सोही तहको मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रको नतिजा प्रकाशन गरेपनि अन्य विकास क्षेत्रको नतिजा प्रकाशित नगर्दा करिव एक हजार उम्मेदवार पीडित बनेका छन् । विसं २०७२ माघ २७ गतेको विज्ञापनबाट खुलाइएको उक्त पदको लिखित परीक्षा उत्तीर्ण गरेकापूरा पढ्नुहोस्


राप्रपाको स्थानीय तह निर्वाचन निर्देशिका

चैत्र २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ । स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको सो निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका कार्यकर्तालाई परिचालन गर्नेबारेमा उल्लेख गरिएको छ । सर्वसाधारण जनता र राप्रपाबीचको सम्बन्धलाई बढी निकट र आत्मीय तुल्याउनका लागि सो निर्देशिका प्रकाशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त निर्देशिकाले पार्टीको एजेण्डाप्रति आम जनतामा सकारात्मक भावना बढाउन सहयोग पुर्याउने छ । त्यसैगरी, मुलुकको वर्तमान अवस्थाबारे आम जनतालाई जागरुक बनाउने विषयमा निर्देशन गरिएको निर्देशिकाअनुरुप आगामी स्थानीय चुनावको तयारी देशव्यापी रुपमा सञ्चालनपूरा पढ्नुहोस्


डोनाल्ड ट्रम्पलाई १७ राज्यले संयुक्त चुनौती

चैत्र २४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मौसम परिवर्तनसम्बन्धी उनको नीतिबिरुद्ध अमेरिकाका १७ वटा राज्यले संयुक्त रुपमा कानुनी चुनौती दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रेयुटरले जनाएको छ । राष्ट्रपति ट्रम्पले निर्वाचनको बेलादेखि नै विश्व मौसम परिवर्तन नियन्त्रणका लागि हुने विश्व अभियानमा अमेरिकाले खर्च नगर्ने बताउँदै आएका हुन् । र, राष्ट्रपतिमा विजयी भई पदभार सम्हाल्न थालेदेखि उनले अमेरिकाले उक्त मुद्दामा गरिँदै आएको खर्चमा कटौटी गर्ने प्रक्रिया थालनी गरेका छन् । उनको यो कदमपछि उनीसँग अमेरिकी राजनीतिज्ञहरुको मनमुटाव गहिरिँदै गएको छ । न्यूयोर्क राज्यले नेतृत्व गरेको राजनीतिक गठबन्धनले ‘वैज्ञानिकहरुका अनुसार विश्व मौसम परिवर्तनको जिम्मेवारी ठानिएको ग्याँस उत्सर्जन गर्ने कार्य’लाई नियन्त्रण गर्नु ट्रम्पपूरा पढ्नुहोस्


दूषित हावाबाट श्वासनली तथा फोक्सोको संक्रमणको खतरा : उपचार के हो ?

(काठमाडौँ उपत्यकाको  वायु प्रदुषण अहिले  विश्वमै चर्चित छ । यहाँको वायु प्रदुषणलाई नयाँ दिल्ली, मेक्सिको सिटी, शाङ्घाईजस्ता अति प्रदुषित शहरहरूसित तुलना गरिन्छ । गत वर्ष मात्रै पनि इन्भाइरोन्मेन्टल पर्फर्मेन्स इन्डेक्समा १८० राष्ट्रहरूमध्ये नेपाल १७७ औँ स्थानमा थियो । हाल तीब्र रूपमा भइरहेका निर्माण कार्यहरू तथा बढ्दो सवारीसाधनको प्रयोग नै काठमाडौँको वायु प्रदुषणको प्रमुख कारणहरू हुन् । यसरी दुषित हावाको सास लिँदा श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगहरू लाग्ने सम्भावना प्रबल हुन्छ । यसै सन्दर्भमा ‘नवयुवा मासिक’को अंक ७५ मा प्रकाशित डा. टंकप्रसाद ओझाद्वारा लिखित यो लेख आवश्यक परिमार्जनसहित यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक) आजका कलिला बालबालिका नै भोलिका कर्णधार हुन् ।पूरा पढ्नुहोस्