Main Menu

Sunday, April 2nd, 2017

 

निर्वाचन आयोगले मतदाता नामावली स्विकृत गर्यो

local-elections-ballot-paper-voter-list

चैत्र २०,  काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ । आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६ सय २५ रहेका छन् । त्यस्तै १ सय ४३ जना तेस्रोलिङ्गी मतदातापूरा पढ्नुहोस्


सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुन्छ – प्रम प्रचण्ड

local-election-environment-promising-pm

चैत्र २०,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने भएकाले कोही कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मधेसी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले लामो समयपछि हुन लागेको निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्रीले अहिले सिङ्गो मुलुक निर्वाचनमा जुटिसकेको बताउँदै मधेसी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागिरहेको स्पष्ट पारे । उनले संविधान संशोधन प्रस्तावबारे केही दिनमा नै टुङ्ग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै देशलाई अतिवादमा जान नदिन परिवर्तनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताए । प्रधानमन्त्री दाहालले संविधान संशोधनकापूरा पढ्नुहोस्


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्राउ

चैत्र २०,  काठमाडौँ । संसद बाहिरका दलहरुलाई निर्वाचन आयोगले माग गरिए अनुसारको चुनाव चिन्ह नदिएको कुराप्रति बिरोध गर्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका नयाँशक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल, नेतृ हिसिला यमी, सांसद गङ्गा चौधरीलगायत अन्य बिभिन्न राजनीतिक दलका नेताहरुलाई आज दिउँसो प्रहरीले नियन्त्रणमा लिए । उनीहरुलाई महानगरीय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ । पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएको आरोप लगाए । आयोग परिसरमापूरा पढ्नुहोस्


फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार

चैत्र २०,  मनिला । विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ । गरिविको चपेटामा रहेको देश फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट विद्रोहीको द्वन्द्व सुरु भएको हो । यो अवधिमा अहिलेसम्म ३० हजार जनाको मृत्यु भएको छ । “जति सक्दो चाडो युद्धविराम गर्ने सहमति हुने विश्वास लिइएको छ,” विद्रोहीतर्फका मुख्य सहजकर्ता फिडेल अग्क्वोइलीले नेदरल्याण्डबाट शुक्रबार अवेर जारी विज्ञप्तीमा लेखिएको छ । उनले विज्ञप्तिमा भनेका छन्, “विद्रोहीतर्फको सहजकर्ता टोली अधिकतम लचकताका लागि तयार छ, खुल्ला छलफल गर्न चाहन्छ, त्यसका लागि सरकारले वातावरण बनाउनु पर्दछ ।” सरकारी सहजकर्ता टोलीका प्रमुख सिल्भेस्ट्रोपूरा पढ्नुहोस्


मोर्चासँग सहमति गर्ने प्रयास भइरहेको छ – प्रम प्रचण्ड

चैत्र २०,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका विषय गम्भीररुपले अनौपचारिक छलफलका माध्यमबाट यथाशक्य छिटो टुङ्ग्याउने प्रयास भइरहेको बताएका छन् । नेपाल टेलिभिजनबाट शनिबार प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रममा हिजो उनले भने – “छलफल सकारात्मक ढङ्गले अघि बढ्नेछ, यसमा सहमति गरेर उत्साहजनक र पर्वकै रुपमा स्थानीय तहको निर्वाचनमा जाने कोसिस भइरहेको छ ।” प्रदेशको सीमाङ्कनको विषय केन्द्रको निर्वाचनअघि सङ्घीय आयोगमार्फत हुने भएपछि मधेस, पहाड र हिमाललाई मिलाएर जाने विषयमा प्रतिपक्षको पनि सहयोग हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले संविधान सशोधनका लागि अहिले सदनमा टेबुल भएकाले अर्काे विधेयकलाई पनि तोकिएको निर्वाचनलाई दायाँ बायाँ नगर्नेपूरा पढ्नुहोस्


छयालिस सालको जनआन्दोलनको सम्झना

कीर्तिपुरमा २७ औं शहीद दिवस

चैत्र २०, कीर्तिपुर । छयालिस सालमा भएको निरंकुश पञ्चायती व्यवस्थाबिरोधी जनआन्दोलनमा कीर्तिपुरमा शहादत प्राप्त गरेका चार शहीदहरुको सम्झनामा आज कीर्तिपुरमा जुलुस तथा सभा गरी श्रद्धाञ्जली अर्पण गरियो । २०४६ सालमा संयुक्त वाम मोर्चा र नेपाली कांग्रेसले प्रजातन्त्र दिवसको दिन फागुन ७ बाट पंचायतबिरोधी संयुक्त जनआन्दोलन सुरु गरेका थिए । त्यसको भोलिपल्ट फागुन ८ गते नै कीर्तिपुरका युवाहरुले स्थानीय प्रहरी थाना केही समयका लागि कब्जा गरी आन्दोलनलाई गति प्रदान गर्ने प्रयास गरेका थिए । तर, लगतै सयौं प्रहरीले कीर्तिपुरमा घेरा हालेपछि त्यो प्रयास विफल भएको थियो । चरम दमनका कारण ०४६ सालको आन्दोलनले सुरुमा गति लिन सकेन । नेपाली जनता पंचायतबाटपूरा पढ्नुहोस्