Main Menu

Tuesday, April 25th, 2017

 

निर्वाचनमा सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको सन्देश

वैशाख १२,  काठमाडौँ । भारत सरकारले नेपालमा यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिफोन गरी उक्त प्रतिबद्धता जनाएका हुन् । ‘‘प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताउनुभयो’’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेसलाई जानकारी गराए । आज दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन् । टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाईपूरा पढ्नुहोस्


एकल चिन्हका लागि नयाँ शक्ति र फोरम नेपालको निवेदन

वैशाख १२,  काठमाडौँ । निर्वाचन आयोगमा नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एकल चुनाव चिह्न लिई भाग लिन पाउँ भनी निवेदन दिएका छन् । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई भेटी ती दुवै दलका नेताले एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सम्बन्धमा दुवै पक्षबीच भएको सम्झौतापत्रसहित निवेदन बुझाएका छन् । सम्झौतापत्रमा सङ्घीय समाजवादी फोरम नेपालको नाममा दर्ता रहको एक हातले समातेको मसाल चुनाव चिह्नमा स्थानीय तहको आसन्न निर्वाचनमा सहभागी हुन मञ्जुर गरेको उल्लेख गरिएको छ । प्रारम्भमा मधेस केन्द्रित राजनीतिक गर्दै आएको फोरम नेपाल र नेकपा माओवादीको पृष्ठभूमि रहेका नेताहरु सम्मिलित दुवै पार्टीबीचको एकलपूरा पढ्नुहोस्


गोरखा भूकम्पको दुई वर्ष : क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै

वैशाख १२, गोरखा । बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ । भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ । गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदालाई बिगार्नुका साथै ४ सय ७२ जनाको ज्यान लिएको थियो । भूकम्प गएको दुई वर्ष पुगेको दिन आजसम्म आइपुग्दा सरकारी अनुदान लिएर एउटै घर निर्माण भएको अवस्था छैन । जिल्लाका ५८ हजार ५ सय ३ लाभग्राहीमध्ये ५४ हजार ७ सय ४८ जना भूकम्पपीडितले अनुदान सम्झौता गरी रु ५० हजारका दरले अनुदान रकम लिएका छन् । अनुदान रकमपूरा पढ्नुहोस्


बजेटमा मतदातालाई प्रभाव पार्नेखालका कार्यक्रम समेटिनु हुँदैन – प्र. आयुक्त डा. यादव

वैशाख १२, काठमाडौँ  । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी बजेट नल्याउन सरकारलाई आग्रह  गरेका छन् । ‘स्थानीय तह निर्वाचन’ को तयारीकाबारे आयोगद्वारा यहाँ हिजो आयोजित पत्रकार सम्मेलनमा उनले भने –“संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते नै मुलुकको नियमित विकास र कार्यक्रमका रुपमा बजेट आउने हुँदा त्यसलाई रोक्ने उद्देश्य आयोगको छैन ।” प्रमुख निर्वाचन आयुक्त डा यादवले “निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले बजेटमा निर्वाचनलक्षित वा मतदातालाई प्रभाव पार्नेखालका कार्यक्रम समेटिनु हुँदैन भनेर हामीले सरकारलाई भनिसकेका छौँ” भन्दै “बजेटलाई अवरोध गर्न मिल्दैन, निर्वाचनलक्षित गरेर कार्यक्रम भने ल्याइनुहुँदैन, बरु संविधान संशोधन गरेर भए पनि बजेटलाई असारमा ल्याउनपूरा पढ्नुहोस्