Main Menu

Wednesday, April 5th, 2017

 

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

  चैत्र २३, गौशाला (महोत्तरी) । महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । शिक्षक साहले यसैवर्ष एसईई दिएर बसिरहेकी एक १६ वर्षीया छात्रालाई हिजो थप अध्ययन कक्षा तयारी गराउने नाममा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । छात्रालाई शिक्षकले यौनशोषणपूरा पढ्नुहोस्


एक दर्जन प्रहरी युनिटको पुनःनिर्माण सुरु

चैत्र २३, नुवाकोट । सशस्त्र दशवर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका १२ वटा प्रहरी युनिट पुनःनिर्माण गर्न लागिएको छ । भूकम्प पछिको पुनःनिर्माण अभियान अन्तर्गत नुवाकोटमा रहेकामध्ये १२ वटा प्रहरी युनिट पुनःनिर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । “सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुर्याएकामध्ये ६ वटा प्रहरी युनिट सरकारी जग्गामा निर्माण गर्न लागिएको छ ।” प्रहरी नायब उपरीक्षक कँडेलले भने, “अन्य ६ स्थानमा दाताबाट प्राप्त भएको जग्गा कार्यालयको स्वामित्वमा ल्याएर भवन बनाउने तयारीमा छौ ।” ट्राफिक प्रहरी कार्यालय र विदुरस्थित अस्थायी प्रहरी पोस्टका साथै देउराली कुमारी रपूरा पढ्नुहोस्


संघीयतासँग जोडिएको मुद्दा हल गर्न शिक्षा ऐन नै संशोधन गर्नु आवश्यक – शिक्षामन्त्री पौडेल

चैत्र २३, काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले बहुप्रतिक्षित शिक्षा नियामवली छिट्टै पारित हुने तर शिक्षामा संघीयतासँग जोडिएको मुद्दा हल गर्न चाहिँ विद्यमान शिक्षा ऐन नै संशोधन गर्नु आवश्यक भएको बताएका छन् । उक्त कुरा उनले आज राजधानीमा अनेरास्ववियू (क्रान्तिकारी) ३ नं. प्रदेश समितिद्वारा आयोजित एक अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै व्यक्त गरेका हुन् । ‘विद्यालय शिक्षाका समस्या र निराकरण’ विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा शिक्षामन्त्रीले अहिले जारी हुने शिक्षा नियमावली शिक्षा ऐन २०२८ को आठौं संशोधन (पछिल्लो) अनुरुप हुने दावी गरे । उनले जारी हुन लागेको शिक्षा नियमावलीको विरोध गर्नुको कुनै तुक नभएको बिचार पनि व्यक्त गरे । शिक्षामन्त्रीका अनुसार विद्यालय शिक्षामापूरा पढ्नुहोस्


तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै

local-election-kathmandu-candidacy

चैत्र २३, धनुषा । संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा इतरका दल जुट्दैछन् । जनकपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी नेपाललगायत दलले दिनहुँ कार्यकर्ता भेटघाट गर्नेदेखि पार्टी प्रवेश अभियानलाई तीव्र पारेका छन् भने अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले चुनाव केन्द्रित कुनै किसिमको तयारी गर्ने माहौल नभएको बताउँदा यस क्षेत्रमा अधिकांश सम्भावित उम्मेदवार अन्योलमा छन् । देशका धेरैजसो जिल्लामा सम्भावित उम्मेदवारको खोजी र चर्चा भइरहेको बेला धनुषा जिल्लासहित मधेसका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसीपूरा पढ्नुहोस्


चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

local-election-first-woman-head

चैत्र २३, इलाम । स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनौटको तयारी गरिरहेका हुन् । चुनाव घोषणापछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । यहाँका अधिकांश राजनीतिक दल स्थानीय निकायको पुनःसंरचना अनुरूप दलको संरचना बनाउने गृहकार्यमा लागिपरेका छन् । नेपाली काँग्रेसले हालै जिल्ला सदरमुकाममा सम्पन्न गरेको तीन दिने प्रशिक्षणमा स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारी थालेको जनाएको छ । स्थानीय तहअनुसार पार्टीको संरचना बनाएर चुनावी तयारीमा लागिसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानलेपूरा पढ्नुहोस्


सचेत हुनुहोस् : गर्मी महिनामा धेरै आगालागी हुनसक्छ

चैत्र २३, काठमाडौँ । कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ । वन विभागले जनाएअनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेका छन् । गत वर्षको तुलनामा यो यर्ष वनमा कम मात्रामा डडेलो लागेको छ । विभागका उपसचिव मोहनराज काफ्लेले यसवर्ष धेरै वर्षा भएका कारणले गत वर्षको तुलनामा वनमा कम मात्रामा आगालागी भएको बताए । उनी भन्छन्, “जनचेतना रपूरा पढ्नुहोस्


जबर्जस्ती करणीमा फरकफरक सजायले न्याय भएन

चैत्र २३, लिबाङ (रोल्पा) । नाबालिका जबर्जस्ती करणी गर्ने तीनजनालाई जिल्ला अदालत रोल्पाले फरकफरक मितिमा फरकफरक कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यी सबै मुद्दाको फैसला गरेको अदालतका डिट्ठा भीमराज ढकालले जानकारी दिए । ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने राङ्सी–६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगरलाई सोमबार जिल्ला अदालत रोल्पाले ६ वर्ष कैद सजायको फैसला गरेको छ । विसं २०७३ पुस २० गते विद्यालय गएकी बालिकालाई बाल शिक्षाको कक्षामा विद्यालय समयमा बिहान ११ बजे कोही नभएको मौका पारी घर्तीमगरले जबर्जस्ती करणी गरेपछि बालिका रुँदै कराउँदै घर गएकी थिइन् । बालिकाकी आमाले तत्काल विद्यालयमा पुगी यस विषयमा उजुरी गरिन्पूरा पढ्नुहोस्


माओवादी केन्द्रले बैतडीमा उम्मेदवार घोषणा गर्यो

maoist-commitment-letter-ktm

  चैत्र २३, बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिए । यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनले भने, “चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।” नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका ४ वटै नगरपालिका र ६ वटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएकोपूरा पढ्नुहोस्


उत्खननको पर्खाइमा ४ नं. प्रदेशको सबैभन्दा ठूलो माटेको ढुङ्गाखानी

killing-vehicle-back-law

चैत्र २३, पर्वत । लामो समयदेखि बन्द अवस्थामा रहेको प्रदेश नं ४ कै सबैभन्दा ठूलो माटेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्वत जिल्लको मोदी गाउँपालिका–४ मा अवस्थित माटेको लेकमा रहेको ढुङ्गाखानी उत्खनन गर्न आसपासका बासिन्दाले माग गरेका हुन् । तत्कालीन चार गाविसको विवादका कारण करिब दुई दशकअघि देखि बन्द भएको ढुङ्गाखानी अझै पनि सञ्चालनमा आउन सकेको छैन । अहिलेको मोदी गाउँपालिकामा पर्ने क्याङ, देउपुर, देउराली र भुकताङ्ले गाविसका बासिन्दाबीच खानी सञ्चालनमा विवाद बढ्दै गएपछि जिल्ला वन कार्यालयले ढुङ्गा निकाल्नका लागि प्रतिबन्ध लगाएको छ । चारवटै गाविसले उक्त ढुङ्गाखानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेकाले विवादमा परेको होपूरा पढ्नुहोस्


रत्नराज्य स्ववियु कार्यसमितिले पूर्णता पायो

२३ चैत्र, काठमाडौँ । चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले पूर्णता पाएको छ । समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी गराए । उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए । “अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नामअनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाउनुभएको छ ।” उनले भने– “स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।” प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनकापूरा पढ्नुहोस्