Main Menu

Sunday, April 23rd, 2017

 

कुनै सम्झौता भएको छैन – यादव

local-elections-madhesi-agreement

वैशाख १०, विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नभएको बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज विराटनगरमा आयोजित विरोधसभामा उनले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाए । उनले संविधान संशोधन र राष्ट्रिय सवालका विषयमा सम्बोधन नगरिएसम्म निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पारे । आन्दोलनको भावनालाई नसमेटिएको भन्दै संविधानमा देखिएका त्रुटीलाई सच्याइनुपर्ने विषयमा जोड दिँदै उनले मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र थारुको भावनालाई समेटिनुपर्ने आवश्यकता माथि जोड दिए । सोही सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु चुनावविरोधी नरहेको रपूरा पढ्नुहोस्


लोकतन्त्र दिवसलाई बिर्सिइयो

वैशाख १०, काठमाडौँ । विसं २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा भोलि देशभर लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । विसं २०६३ वैशाख ११ गते राति आन्दोलनरत सात राजनीतिक दलको मार्गचित्रअनुसार तात्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । आन्दोलनमा कमाण्डर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गराएको थियो । संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणापूरा पढ्नुहोस्


“एमाले आँखा चिम्लेर समर्थन वा विरोध गर्ने भन्ने हुँदैन” – ओली

वैशाख १०, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज संविधान संशोधन र दुई चरणमा हुने स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको भेटमा प्रधानमन्त्री दाहालले सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । उनले निर्वाचनका लागि पनि सहमतिमा समर्थन गर्न आग्रह गरेका थिए । दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको थियो । भेटपछि अध्यक्ष ओलीले एमाले कुनै पनि जालसाजीमा नपर्ने प्रतिक्रिया दिँदै भने, “माकुराको जालोमा झिँगा पर्छ, ठूलो चिज केही पर्दैन, एमाले पनि कसैको जालसाजीमा पर्दैन ।” त्रिपक्षीयपूरा पढ्नुहोस्


संशोधनमा पुरानै विषय समावेश भए मान्य एमालेलाई मान्य नहुने

uml-protest-vote-counting-budget

वैशाख १०, काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको आजको बैठकले संविधान संशोधनका विषयमा सरकार र मधेसी मोर्चाबीचको पछिल्लो समझदारी बमोजिम ल्याउन खोजिएको प्रस्तावमा पुरानै विषय समावेश भएमा आफूलाई मान्य नहुने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको संसदीय दलको बैठकले त्यसबारे सरकारको आधिकारिक निर्णय पछिमात्र पार्टीको धारणा तय गरिने निर्णय भएको सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले बताए । सरकार र मोर्चाबीच नागरिकता, भाषा, स्थानीय निकायको सङ्ख्या थपजस्ता विषयमा सहमति गरी दुई चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी भएको भन्ने विषयमा एमालेले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको पनि स्पष्ट गरेको छ ।


दोस्रो चरणको निर्वाचन जेठ ३१ गते

वैशाख १०, काठमाडौँ । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारीअनुसार निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणको निर्वाचन निर्धारित मितिमा वैशाख ३१ गते र प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते हुने सञ्चारमन्त्री कार्कीले बताए । त्यस्तै सरकारले मोर्चा तथा गठबन्धनको मागअनुसार व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर तीव्र पथमा पारित गर्नेपूरा पढ्नुहोस्


बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा

khairhani-vote-counting-19-hrs-later

वैशाख १०, बर्दिया । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका ६ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउँपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी थारूलाई सिफारिस गरिएको छ । गुलरिया नगरपालिकाको प्रमुखमा गेहेन्द्र ढकाल उपप्रमुखमा मिथिला फुयाल, बारबर्दिया नगरपालिकाको प्रमुखमा दुर्गा थारू र उपप्रमुखमा अन्जु दहितको नाम सिफारिस गरिएको छ । ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेत्र आचार्य उपप्रमुखमा कृष्णकुष्मा थारू, वासगढी नगरपालिकाको प्रमुखमा दिनाराम थारू उपप्रमुखमा भूमि विक,पूरा पढ्नुहोस्


औद्योगिक व्यापार मेलामा वायु ऊर्जाको आकर्षण

वैशाख १०, काठमाडौँ । भृकृटीमण्डपमा जारी १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा सबैको आकर्षणको केन्द्र ‘वायु ऊर्जा’ बन्ने गरेको छ । हावाबाट बिजुली निकाल्ने प्रविधि हेर्नका लागि दैनिकजसो सर्वसाधारणको भिड लाग्ने गरेको छ । एभरेस्ट बिल्ड इनर्जी प्रा.लि.ले नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर दक्षिण अफ्रिकामा बनेका यन्त्र नेपालमा ल्याएर पहिलो प्रदर्शन गरेको हो । प्रा.लि.ले धेरै अध्ययन-अनुसन्धानबाट नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर डिलर राखी बिक्री वितरण गर्न थालेको प्रा.लि.का कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले जानकारी गराए । वायु ऊर्जाले ३ हजार ५ सय वाट बिजुली उत्पादन गर्न सकिने र त्यसबाट ५ घरपरिवारलाई बिजुली प्रशस्त पुग्नेछ । हावापूरा पढ्नुहोस्


नेवाः देय् दबूको अध्यक्षमा ताम्राकार निर्वाचित

वैशाख १०, दाङ । नेवाः देय् दबूको छैटौँ राष्ट्रिय महाधिवेशनबाट नरेश ताम्राकार अध्यक्षमा चुनिएका छन् । शनिबार भएको निर्वाचनमा ताम्राकार १ सय ९३ मत प्राप्त गरी विजय भएका हुन् । आज सम्पन्न मतगणनाअनुसार उनका प्रतिद्वन्द्वी पवित्र बज्राचार्यले १ सय ५० मत प्राप्त गरेका थिए । त्यस्तै, प्रदेश उपाध्यक्षतर्फ १ नं प्रदेशको उपाध्यक्षमा कृष्ण उदास, २ मा शङ्करराम श्रेष्ठ, ४ मा शङ्करनारायण श्रेष्ठ, ५ मा दीपककुमार श्रेष्ठ, ६ मा विलन श्रेष्ठ र ७ मा एककुमार श्रेष्ठ चयन भएका छन् । प्रदेश नं ३ का लागि भने सबै पदमा निर्वाचन भएको थियो । प्रदेश नं ३ मा चन्द्रलाल राजभण्डारी ३१ मत प्राप्त गरी विजय भएका छन् । त्यसैगरी,पूरा पढ्नुहोस्


प्रमुख पदमा महिला उम्मेदवारका लागि सिफारिस

local-election-first-woman-head

वैशाख १०, तुलसीपुर (दाङ) । स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्ममा प्रमुख दलमध्ये नेकपा (माओवादी केन्द्र)ले मात्र आफ्ना उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्र दाङले यहाँको एक उपनगरपालिका र एक गाउँपालिकाको उम्मेदवार भने घोषणा गर्न सकेको छैन । माओवादी केन्द्रले यसरी सार्वजनिक गरेका उम्मेदवारमा घोराही उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्र दाङका इन्जार्च जीवन गौतम रहेका छन् । उपप्रमुखको भने टुङ्गो लागेको छैन । लमही नगरपालिका प्रमुखमा द्रोपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरी सिफारिस गरिएका छन् । त्यसैगरी राप्ती गाउँपालिका अध्यक्षका लागि श्यामेश चौधरी र उपाध्यक्षका लागि भगवता अधिकारी, बङ्गलाचुली गाउँपालिकाका लागि भक्तबहादुर वली लर उपाध्यक्षका लागि यमुना घर्तीको सिफारिस भएको छपूरा पढ्नुहोस्


कक्षा १२ को परीक्षा आजदेखि

12-exams-start-today

वैशाख १०, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तनपछि पहिलो पटक भएको सो परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् एसएलसिई परीक्षासमेत भनिएको छ । विगतका वर्षमा कक्षा १० मा सञ्चालन हुँदै आएको माध्यमिक शिक्षाको अन्तिम परीक्षा अर्थात् ‘एसएलसी’ ऐन संशोधन भएसँगैपूरा पढ्नुहोस्