Main Menu

नेवाः देय् दबूको अध्यक्षमा ताम्राकार निर्वाचित

newa-dey-daboo-electionवैशाख १०, दाङ । नेवाः देय् दबूको छैटौँ राष्ट्रिय महाधिवेशनबाट नरेश ताम्राकार अध्यक्षमा चुनिएका छन् । शनिबार भएको निर्वाचनमा ताम्राकार १ सय ९३ मत प्राप्त गरी विजय भएका हुन् ।

आज सम्पन्न मतगणनाअनुसार उनका प्रतिद्वन्द्वी पवित्र बज्राचार्यले १ सय ५० मत प्राप्त गरेका थिए ।

त्यस्तै, प्रदेश उपाध्यक्षतर्फ १ नं प्रदेशको उपाध्यक्षमा कृष्ण उदास, २ मा शङ्करराम श्रेष्ठ, ४ मा शङ्करनारायण श्रेष्ठ, ५ मा दीपककुमार श्रेष्ठ, ६ मा विलन श्रेष्ठ र ७ मा एककुमार श्रेष्ठ चयन भएका छन् । प्रदेश नं ३ का लागि भने सबै पदमा निर्वाचन भएको थियो ।

प्रदेश नं ३ मा चन्द्रलाल राजभण्डारी ३१ मत प्राप्त गरी विजय भएका छन् । त्यसैगरी, खुल्ला पुरुष सदस्यमा माइलाबाबु द्यःला २ सय ४८, शान्त श्रेष्ठ १ सय ५८, बशान्ता श्रेष्ठ १ सय ४४, सत्यनारायण डङ्गोल १ सय ४३, अनिल मास्के १ सय ४१ र महेन्द्र लिगल १ सय २९ मत प्राप्त गरी विजय भएका छन् ।

महिला खुल्लातर्फ यशोदादेवी श्रेष्ठ २ सय ६३, निर्मला श्रेष्ठ २ सय ४३, लक्ष्मी शाक्य २ सय २८, सीता श्रेष्ठ २ सय २३, लक्ष्मी प्रजापति २ सय ११ र सुन्दरी श्रेष्ठ २ सय १० मत प्राप्त गरी विजय भएको दाङ जिल्लाका सचिव रोशनमान श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, प्रदेश सदस्यमा प्रदेश नं १ मा कमल श्रेष्ठ, २ मा घनश्याम श्रेष्ठ, ४ मा देवेन्द्रकुमार श्रेष्ठ, ५ मा त्रिरत्नलाल शाक्य, ६ मा खगेन्द्रबहादुर श्रेष्ठ र ७ मा विकास श्रेष्ठ चयन भएका छन् । प्रदेश नं ३ मा भने हरिकुमार श्रेष्ठ ४१ मत प्राप्त गरी विजय भएका छन् । २७ सदस्य निर्वाचनबाट चयन तथा अन्य ६ जना केन्द्रले मनोनीत गर्ने आयोजकले जनाएको छ ।

वैशाख ८ गतेदेखि दाङको घोराहीमा सुरु भएको महाधिवेशनमा देशभरका ४ सय ५ जना प्रतिनिधिको सहभागिता थियो । महाधिवेशनमा ६४ जिल्लाबाट प्रतिनिधित्व जनाइएको नेवाः देय् दबू दाङ जिल्ला अध्यक्ष नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वक्ताहरुले नेवार समुदायको हकअधिकारका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

दबूका संरक्षक मल्ल के सुन्दरले नेवार समुदायले आफ्ना कमी कमजोरीको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने – “नेवार समुदायलाई पनि विभिन्न बहानामा टुक्र्याउने षडयन्त्र हुने गरेका छन् । त्यसप्रति हामी सचेत हुनुपर्दछ ।”

कार्यक्रममा १ सय ७ वर्षका हरिप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उद्घाटन सत्र नरेश ताम्राकारको अध्यक्षतामा भएको थियो ।

(Visited 257 times, 1 visits today)

टिप्पणी

comments