Main Menu

नेवाः पत्रकार राष्ट्रिय दबूको छैठौँ स्थापना दिवस सम्पन्न

चैत्र ६, काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबू स्थापना भएको पाँच वर्ष पूरा भएको अवसरमा हिजो यहाँ एक भेलाको आयोजना गरियो ।

उक्त भेलाका सहभागी वक्ताहरुले नेवार पत्रकारहरुको यस राष्ट्रिय संस्थालाई सबै सञ्चारकर्मीको साझा मञ्चको रुपमा विकास गर्नुपर्ने र विधागत रुपमा लेख्ने पत्रकारलाई समेट्दै जानुपर्ने सुझाव दिएका थिए ।

भेलालाई सम्बोधन गर्दै दबूको अध्यक्ष श्रीकृष्ण महर्जनले देशभर संस्थाको सञ्जाल विस्तार गर्न एकीकृत प्रयास र सबैको सहयोग अपेक्षित रहेको बताए ।

दबूको उपाध्यक्ष सुरजवीर बज्राचार्यले संस्थाका पदाधिकारीहरुको सक्रियताका कारण संगठन सुदृढ हुँदै गएको बताए भने सचिव सुनिल महर्जनले संस्थाले निकट भविष्यमै नेवार पत्रकारहरुको टेलिफोन डायरी प्रकाशन गर्न लागिएको जानकारी दिए ।

संस्थाका सल्लाहकारहरु रमेशकाजी स्थापित, विजयरत्न असंबरे, पुष्करभक्त माथेमा र राजु शाक्यले देशभर विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको राष्ट्रिय मञ्चका रुपमा स्थापना भएको यो संस्थाले आगामी दिन संगठन र कार्यक्षेत्र विस्तार गर्दै लानुपर्ने सुझाव दिएका थिए ।

(Visited 126 times, 1 visits today)

टिप्पणी

comments