Main Menu

Saturday, April 22nd, 2017

 

चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ – डा. भट्टराई

local-elections-naya-shakti-bhattarai

वैशाख ९, पालुङ्टार (गोरखा) । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भने । संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पुर्याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गरे । उनले भने, “आँखा चिह्न प्राप्त गरिछाड्छौँ । निर्वाचनको तयारीमा जुट्नुहोस् ।” प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेपूरा पढ्नुहोस्


सरकार र मोर्चाबीच सहमति, दुई चरणमा निर्वाचन

वैशाख ९, काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज तीनबुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ अबेरसम्म भएको वार्ताबाट तीनबुँदे सहमति भएसँगै मोर्चाले गरेको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । यद्यपि, सहमतिको लिखित दस्तावेज भने बाहिर आएको छैन । सहमतिअनुसार व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, सरकारद्वारा घोषित स्थानीय तहको निर्वाचन (वैशाख ३१ गते र अर्को जेठभित्र) दुई चरणमा गर्ने र मोर्चाद्वारा घोषित आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् । सरकार र मोर्चाबीच लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति भई मुलुक राष्ट्रिय सहमतिको दिशामा अघि बढेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।पूरा पढ्नुहोस्


तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, मृतकको संख्या ५ पुग्यो

road-accident

वैशाख ९, मुस्ताङ । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र २ जनाको उपचारा क्रममा मृत्यु भएको छ । शनिबार १२ः३० बजे मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहर योगीले दिएको जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौँ सुविधानगरका ५८ वर्षीय भोला अधिकारी, काठमाडौँ कोटेश्वरका ४२ वर्षीय पुरुषोत्तम ढकाल, महालक्ष्मी नगरपालिका–२ ललितपुरका ५५ वर्षीया लीला खड्का, चागुनारायण–८ की सीता तिमिल्सिना र कागेश्वरी–३ का क्रान्ति खड्का हुन् । उनीहरुको शव जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ ल्याइएकोपूरा पढ्नुहोस्


मलेसियाबाट १८ नेपालीको उद्धार

malaysia-foreign-worker-rescue

वैशाख ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्बद्ध अधिकारीलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो । सरकारको कूटनीतिक पहल र परराष्ट्रपूरा पढ्नुहोस्


उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

वैशाख ९, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए । सफाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले सफाइका सहभागीलाई शपथ खुवाउँदै बाग्मती सफाइ महाअभियानको ३००औँ हप्तासम्म ७ सय ४४ वटै स्थानीय तहमा सफाइ अभियान सञ्चालन गरिने जानकारी गराए । बाग्मती सफाइ महाअभियानको २००औँ हप्ताका अवसरमा फागुनपूरा पढ्नुहोस्


विश्वका केही चर्चित सहरहरुको सबैभन्दा पुराना तस्बिरहरु

सन् १८४० को दशकदेखि सन् १८५० को दशकको अन्त्यसम्म फ्रान्सेली फोटोग्राफर लुई डग्वेरेले आविष्कार गरेको डग्वेरियोटाइप विधिबाट फोटो खिच्ने चलन निकै व्यापक बनेको थियो । यो विधिबाट फोटो खिच्दा लङ् एक्स्पोजरको आवश्यकता हुने भएकोले मान्छेहरुको फोटो खिच्न असम्भवप्रायः हुन्थ्यो किनभने यसको लागि फोटो खिचाउने मान्छे लामो समयसम्म स्थिर बस्नुपर्ने हुन्थ्यो । तर यसै विधिको प्रयोग गरी विश्वका चर्चित शहरहरुको पहिलो तस्बिर खिचियो । एथेन्स १८४५ ग्रीसको राजधानी एथेन्स आधुनिकीकरण हुनुभन्दा अगाडिका १८४५ मा खिचिएका २ तस्बिरहरु । बायाँ तस्बिरको मध्य भागमा देखिएको सानो डाँडामा अहिले पेनाथनेयक रंगशाला छ । सन् १८९६ ओलम्पिक खेलको लागि निर्माण गरिएको सो रंगशाला पूर्ण रुपमापूरा पढ्नुहोस्


नेपाल निर्वाचनमा होमियो : प्रधानमन्त्री

local-election-environment-promising-pm

वैशाख ९, काठमाडौँ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभर निर्वाचनको वातावरण बनेको र देश निर्वाचनमय भएको बताएका छन् । अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग आज भएको भेटमा उनले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आम नेपाली जनताले स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरे । सो भेटमा उक्त मुलुकको सहयोगमा नेपालका विभिन्न भागमा सञ्चालित विकासका आयोजनाबारे छलफल भएकोपूरा पढ्नुहोस्


‘नेपाली काँग्रेस जे बोल्छ, त्यो पूरा गर्छ’ : सभापति देउवा

nepali-congress-deuba

वैशाख ९, काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन् । जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उनीहरुले दाबी गर्दै विसं २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गरेका छन् । अखण्ड नेपाल पार्टी समानान्तरको काँग्रेसमा प्रवेश कार्यक्रमलाई आज पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए । काँग्रेस केन्द्रीय समितिको विसं २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आफ्नोपूरा पढ्नुहोस्


मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री महत

foreign-minister-singapore-visit

वैशाख ९, चितवन । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले मधेस केन्द्रित दलसँगको छलफललाई तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने बताए । सरकारले ती दलको माग पूरा गर्न परिमार्जनसहितको संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै निर्वाचनका लागि सबै तयारी भइरहेको जानकारी दिए । फरक प्रसङ्गमा मन्त्री डा. महतले राष्ट्रपतिको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए ।


पत्रकार महासङ्घ काठमाडौँको निर्वाचन आइतबार

वैशाख ९, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० औँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराए । निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन् । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको पोखरेलले जानकारीपूरा पढ्नुहोस्