Main Menu

Tuesday, April 11th, 2017

 

चलचित्र ‘तुयुमती’ जापानमा

tuyumati-japan-premiere

चैत्र २९, काठमाडौँ । चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताए । साथीहरुको लहलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको ‘तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो ।


बिस्केट जात्राको सुरुको दिनबाटै जात्रालुहरुबीच झडप

bisket-jatra-fightings

चैत्र २९ , भक्तपुर । प्रत्येक वर्षझैं यसपाली पनि भक्तपुरको चर्चित बिस्केट जात्रामा जात्रालुहरुबीच लडाई झगडा सुरु भएको छ । जात्रालुहरु बीचको झडपलाई नियन्त्रण गर्न खोज्दा प्रहरीहरु पनि घाइते हुन पुगे । जात्राको पहिलो दिन हिजो चैत्र २८ गते भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुलपूरा पढ्नुहोस्


भूपालमा कार्यकर्ताहरुसँग नारायणकाजी

चैत्र २९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश अहिले भारतको भूपालमा त्यहाँका माओवादी अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा व्यस्त छन् । केन्द्रीय कमिटीमा​ विदेश विभागको संयोजकको जिम्मेवारी पाएका उनी विदेशमा रहेका नेपाली माओवादीहरुलाई प्रशिक्षण दिने क्रममा यसपाली भारत पुगेका हुन् । भारतमा हिजो चैत्र २८ गते संचालन भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सन्दर्भमा नेता नारायणकाजी श्रेष्ठ प्रकाश आफ्नो फेसबुक स्टाटसमा लेख्छन् , ‘आज भारतको भूपालमा हाम्रो पार्टीको भारतको सबै प्रदेशका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी भएँ । साथीहरुको देशभक्ति, पार्टी एवं क्रान्तिप्रतिको निष्ठा असाधारण थियो ।’ यसअघि गएको महिना कार्यकर्ता प्रशिक्षणकै क्रममा उनी लन्डन, ब्रसेल्सलगायत युरोपकापूरा पढ्नुहोस्


पञ्चेश्वर परियोजनासहितका सम्झौता – समझदारीको कार्यान्वयनले गति लिने विश्वास

चैत्र २९, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकालमा नेपाल र भारतबीच सम्झौता भएका पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहित विभिन्न सहयोग सम्झौता-समझदारीको कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरेका छन् । हिजो साँझ नेपाल निवासमा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, पछिल्लो राजनीतिक अवस्थासहित विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री नेपालका प्रेस सहयोगी मोहन गौतमले जानकारी दिए । सो अवसरमा राजदूत पुरीले सन् १९९४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा पूर्वप्रधानमन्त्री नेपालले भारत भ्रमण गर्दा उनीसँग भएको भेटको स्मरण गर्दै नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन उनले खेल्नुभएको भूमिकाको प्रशंसा गरे । राजदूत पुरीले सबैका भावना समेटेर स्थानीयपूरा पढ्नुहोस्


उदयपुरको चार नगरपालिकामा चुनावी सरगर्मी बढ्यो

local-election-kathmandu-candidacy

चैत्र २९, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम सङ्कलन र छनोट गर्न थालेसँगै अहिले जिल्लाको चार नगरपालिकामा चुनावी सरगर्मी बढेको हो । त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले भर्खरै मेयरको लागि सम्भावित उमेदवारको नाम छनोट गरेको छ । नेका उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको सम्भावित मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष वसन्त बस्नेत, पार्टी त्रियुगा नगर अध्यक्ष सरोज बस्नेत, पूर्व पार्टी जिल्ला सभापति हिमाल कार्की र जिल्ला पार्टी सचिवपूरा पढ्नुहोस्


सरकारको नयाँ प्रस्तावलाई एमालेले समर्थन नगर्ने

local-elections-uml

२९ चैत्र, काठमाडौँ । नेकपा (एमाले)को हिजो बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ । पार्टीका कावा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवम् राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयक फिर्ता लिई प्रमुख प्रतिपक्षी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमत हुने गरी नयाँ संशोधन प्रस्ताव प्रस्तुत गर्ने सार्वजनिकपूरा पढ्नुहोस्


इजिप्टमा सङ्कटकालको घोषणा : विस्फोटमा मर्नेहरूको संख्या ४४ पुग्यो

  चैत्र २९, कायरो । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने सङ्कटकाल लगाएको घोषणा गरेका छन् । आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउँदा ४४ जनाको मृत्यु भएपछि उनले संकटकालको घोषणा गरेका हुन् । “पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई ओटा चर्चमा बम विस्फोट गराइएको थियो । उनले घोषणा गरेको तीन महिने संकटकाल लगाउने प्रस्ताव एक हप्ताभित्रमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि सङ्कटकाल कार्यान्वयनमा आउनेछ । सङ्कटकाल घोषणा गर्दै उनले जिहादिष्ट विरुद्धमा पिडादायक र निकैपूरा पढ्नुहोस्