Main Menu

Sunday, April 30th, 2017

 

उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिको पदबाट राजिनामा

home-minister-resignation-withdrawal

वैशाख १७, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आज दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले उल्लेख गरेका छैनन् । पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’


निलम्बनअघि प्रधान न्यायाधीश कार्कीले गरे तीन पूर्व आइजिपीलाई कारबाहीको फैसला

वैशाख १७, काठमाडौँ । सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपिसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला सुनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले आज राणालाई दुई वर्ष कैद र रु. ५० हजार जरिवाना, गुरुङ र ठकुरीलाई एक वर्ष कैद र रु. ४० हजार जरिवाना गर्ने फैसला सुनाएको हो । त्यसैगरी, पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई ६ महिना कैद र रु. ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई एक वर्ष कैद र रु. ४० हजार जरिवाना गर्ने फैसलापूरा पढ्नुहोस्


असुरक्षित गर्भपतन गराउने ५८ प्रतिशत

unsafe-abortion

वैशाख १७, धनगढी । नेपालमा सरकारबाट स्वीकृति नपाएका संस्था र तालिम नलिएका व्यक्तिबाट धेरै महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको एक अध्ययनले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ कैलाली र वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको अन्तर्क्रियामा सार्वजनिक गरिएको नेपालमा अनिच्छित गर्भ र गर्भपतनसम्बन्धी राष्ट्रियस्तरको अध्ययनमा उक्त कुरा उल्लेख गरिएको छ । अध्ययनमा नेपालमा वार्षिक करिब ३ लाख २३ हजार गर्भपतन हुने गरेकोमा केवल ४२ प्रतिशत मात्र गर्भपतनका लागि कानुनी मान्यता पाएका संस्थाबाट हुने गरेको छ । ५८ प्रतिशतले गैरकानुनी र असुरक्षित रुपमा गर्भपतन गराउने गरेको बताइएको छ । स्वास्थ्य चौकीमा आवश्यक साधनपूरा पढ्नुहोस्


मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित

manipal-hospital-license-terminated

वैशाख १७, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो । वैशाख ९ गते मुस्ताङको कागबेनीमा तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न इन्कार गरेपछि सरकारले यथार्थ बुझ्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा वैशाख १० गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले सो घटनामा अस्पताल प्रशासनपूरा पढ्नुहोस्


प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

chief-justice-karki-interim-order

वैशाख १७, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक हुन् । सो प्रस्ताव सत्ता साझेदार दुबै दलका २ सय ४९ सांसदको हस्ताक्षरसहित आज दिउँसो ४ बजे सचिवालयमा दर्ता गरिएको हो । नेपालको संविधानको धारा १०१ को उपधारा (२) मा भएको व्यवस्था बमोजिम दर्ता गरिएको उक्त प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको अभियोग लगाइएको छ । प्रधानन्यायाधीश कार्कीले सरकारले गरेको निर्णयमा हस्तक्षेप हुने गरी फैसला गरेको, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क पाएको प्रहरीपूरा पढ्नुहोस्


तीन पुस्तादेखि हलिया

वैशाख १७, बाजुरा । उत्तरी बाजुरामा रहेका दलित समुदायका मानिस तीन पुस्तादेखि गैरदलितको हलिया बस्दै आएका छन् । बाजे हुँदै बुबा र छोरासमेतले गैरदलितको हलो जोत्दै आएका छन्, तर पनि परिवार धान्न मुस्किल छ । बाह्र वर्षदेखि हलिया बस्दै आएका कोल्टी गाविसका नन्द सार्की अहिले ६५ वर्षका भएका छन् । बाजे, बुबा र अहिले आफूसमेत हलिया बस्दै आएको उनी बताउँछन् । बाजे भक्त सार्कीबाट साहु घमण्ड भारतीको हलो जोत्ने काम आफ्नो पुस्तामा हस्तान्तरण भएर आएको सार्कीको भनाइ छ । “बाजेले २५ पाथी फल्ने जग्गाको हलो जोत्दै आउनुभएको थियो, मैले पनि त्यही जग्गाको हलो जोत्दै आएको छु” – उनले भन्छन् ।पूरा पढ्नुहोस्


जैविक विषादी उत्पादन गर्ने प्रयोगशाला

organic-pesticides-laboratory

वैशाख १७, भद्रपुर । खाद्यान्न एवम् तरकारी बालीमा रासायनिक विषादी प्रयोग घटाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आइपिएम कृषक समूह तोपगाछी झापालाई रु. २२ लाख मूल्य बराबरको उपकरण सहयोग प्रदान गरिएको छ । विषादीको प्रयोगले मानव जीवनमा आइपर्ने जटिल समस्यालाई न्यूनीकरण गर्ने परियोजनाको लक्ष्यानुरुप सो यन्त्र बाली संरक्षण निर्देशनालयबाट प्रदान गरिएको सुपर जोन कार्यालय झापाका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए । प्रयोगशालामा उत्पादन हुने जैविक विषादी झापालगायत अन्य जिल्लाका किसानका लागि पनि अत्यन्त उपयोगी एवम् सहयोगी हुने आइपिएम कृषक समूहका कोषाध्यक्ष टङ्क कट्टेलले जानकारी दिए । दिन प्रतिदिन बढ्दै गएको विषादी प्रयोगले मानव जीवन खतरामा पर्न लागेको बेलामा जैविक विषादीपूरा पढ्नुहोस्


संसद बैठक सर्यो, उम्मेदवारी दर्तालाई सहज बनाउन खोजिएको प्रधानमन्त्रीको भनाइ

parliament-meeting-postponed

वैशाख १७, काठमाडौँ । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताए । “वैशाख ३१पूरा पढ्नुहोस्


अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

वैशाख १७, काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउँछन् । “विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,” महाप्रबन्धक उपाध्याय भन्छन् । विमानस्थलमापूरा पढ्नुहोस्


नवलपरासीमा दुई चरणमा निर्वाचन हुने

khairhani-vote-counting-19-hrs-later

वैशाख १७, नवलपरासी । नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ८ वटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएका छन् । बाँकी ७ स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा ८ वटा स्थानीय तहमा निर्वाचन हुनेछ । कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने ८ वटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछन् । जसमध्ये ४ वटा नगरपालिकामा र ४ वटा गाउँपालिकामा निर्वाचन हुनेछन्, जसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फपूरा पढ्नुहोस्