Main Menu

Monday, April 24th, 2017

 

महिलालाई उद्यमीका लागि सरकारले १० लाख ऋण दिने

वैशाख ११, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन् । घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को आज समापन कार्यक्रममा उनले प्रत्येक महिलालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न जनही रु १० लाख ऋण दिने योजनाबारे पनि जानकारी दिए । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्नेपूरा पढ्नुहोस्


निर्वाचनमा काँग्रेसको ‘वान बुथ ट्वान्टी युथ’

candidate-election-education-2nd-phase

वैशाख ११, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन परिचालन अभियानलाई तीव्रता दिएको छ । नेविसङ्घले आफ्नो स्थापनाको ४८ औँ वर्षगाँठका सन्दर्भमा गत वैशाख ६ गते देशका ७ सय ४४ वटै स्थानीय तहमा एकैपटक प्रचारात्मक अभियान सम्पन्न गरी सोही कार्यक्रमलाई निर्वाचन परिचालन विशेष प्रशिक्षण अभियानका रुपमा अघि बढाएको थियो । त्यसैको निरन्तरता स्वरुप लोकतन्त्र दिवसका अवसरमा नेविसङ्घले आज काठमाडौँमा दोस्रो चरणको ‘निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष कार्यक्रम’को आयोजना गरेको हो । ‘गाउँ आऔँ–नगर जाऔँ, जनता जगाऔँ–काँग्रेस जिताऔँ’ भन्ने मूल नाराका साथ आयोजित प्रशिक्षणमा बोल्ने काँग्रेसका अधिकांश युवा नेताले लोकतन्त्रपूरा पढ्नुहोस्


४० प्रतिशत निजी घरको पुनःनिर्माण कार्य जारी – पुनःनिर्माण प्राधिकरण

वैशाख ११, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य जारी रहेको जनाएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ घर क्षति भएको सूची दर्ता भएको थियो । तीमध्ये ४० प्रतिशत घरधनीले घर पुनःनिर्माण सुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफ्ना कामका बारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ती जिल्लाका ५ लाख ६२ हजार २ सय ७८ लाभग्राहीले अनुदानका लागि सम्झौता गरेका र तीमध्ये ५ लाख ४३ हजार ६ सय ६ लाभग्राहीले आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको जानकारी दिइयो । यसैगरी दोस्रोपूरा पढ्नुहोस्


स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत

local-elections-ballot-paper-voter-list

वैशाख ११, काठमाडौँ । निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिह्न प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन र दोस्रो चरणका लागि हुने निर्वाचन कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए । आयोगका अनुसार पहिलो चरणको निर्वाचनको मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन यही वैशाख १९ गते, उम्मेद्वारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने वैशाख २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिनेपूरा पढ्नुहोस्


विद्यालयको शुल्क घटाउनुपर्ने माग राख्दै संयुक्त बिद्यार्थी संगठनद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

guardians-agree-fee-hike-movement

वैशाख ११, काठमाडौँ । निजी​ विद्यालयहरुले कक्षा १ देखि कक्षा १० सम्मको पढाइका लागि मनोमानी ढंगले शुल्क बढाएकोप्रति शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउँदै शुल्क घटाउने विषय तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त बिद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । अनेरास्ववियुको केन्द्रीय कार्यालयमा आज बसेको स्ववियुको बैठकले शुल्क घटाउने विषय कार्यान्वयन गराउन पटकपटक आग्रह गर्दा पनि सो विषयप्रति शिक्षा मन्त्रालयले बेवास्ता गरेको भन्दै संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विज्ञप्तिका अनुसार वैशाख १२ गते देशभर जिल्ला शिक्षा कार्यालय घेराउ गर्ने, वैशाख १३ गते चर्को शुल्क लिने निजी​ शैक्षिक संस्थाका लेखा तथा प्रशासन शाखा तालाबन्दी गर्ने र वैशाख १४पूरा पढ्नुहोस्


संविधान संशोधन प्रस्ताव संसद्मा पेस

parliament-meeting-postponed

वैशाख ११, काठमाडौँ । सरकारले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ व्यवस्थापिका–संसद् बैठकमा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताए । संविधान कार्यान्वयन गरी निर्वाचनमा सबैलाई सहभागी हुने र निर्वाचनका लागि उपयुक्त वातावरण हुने गरी संशोधन ल्याइएको उनको तर्क थियो । यसअघि संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई संसद्को बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा सांसद सुवाललेपूरा पढ्नुहोस्


सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

वैशाख ११, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी आजै अदालतमा हाजिर गराउन आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज सिलवालले गैरकानुनी रुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो । आदेशमा प्रहरी नायब महानिरीक्षक सिलवाललाई अदालतका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन भनिएको छ । “सर्वोच्च अदालतको नियमावलीअनुसार यस अदालतका रजिस्ट्रारको रोहबरमा विद्वान् अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा बन्दी बनाइएका सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनू”, आदेशमा भनिएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहरपूरा पढ्नुहोस्


बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन – अध्यक्ष ओली

वैशाख ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय माग गरी अध्यक्ष ओलीले सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिनु सकारात्मक भएको धारणा व्यक्त गर्दै हाल अघि बढाएको संशोधन प्रस्ताव संविधानको मूल मर्म र भावना विपरीत भएको टिप्पणी गरे । सहमतिका नाममा सरकारले चालेका कदमप्रति आफूहरु चिन्तित भएको उल्लेख गर्दै उनले भने – “सरकारले देशलाई साँच्चै निर्वाचनको बाटोमा लैजान खोजेको हो भने सहमतिका महत्वपूर्ण छलफलमा प्रमुख प्रतिपक्ष दललाई बेवास्ता गर्नु उचित थिएन ।” अध्यक्ष ओलीले भने – “हामी सहमतिकोपूरा पढ्नुहोस्


आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

three-children-die-house-fire

वैशाख ११, खजुरा (बाँके) । बाँकेको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ । गएराति १२ बजे स्थानीय दुई छिमेकी दुलारे मुराउ र मुन्सी मुराउको घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको हो । आगोले जलेर घटनास्थलमा मृत्यु हुनेमा मुन्सी मुराउका ६ वर्षीय बालक पवन मुराउ, ८ वर्षीय बालिका राधना मुराउ र १० वर्षीया बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए । दुई छिमेकी घरबाट सुरु भएको आगो सो गाउँका ९ घर र दुईवटा गोठ जलेर करिब रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्रपूरा पढ्नुहोस्


सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको छ – प्रधानमन्त्री

killing-vehicle-back-law

वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउन नयाँ आयामबाट काम अघि बढेको बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयास भएको छ । स्वास्थ्यमन्त्रीको सक्रियताले स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गर्न सकिएको हो । पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल र समन्वय गरी प्रतिष्ठानका समस्या हल गर्नुपर्छ ।” प्रधानमन्त्री दाहालले प्रतिष्ठानका पदाधिकारीलाई रचनात्मक र जवाफदेही भएर अनुसन्धानका क्षेत्रमा पनि काम गर्नपूरा पढ्नुहोस्