Main Menu

Thursday, April 27th, 2017

 

प्रमको आह्वानमा शुक्रबार सर्वदलीय बैठक

all-party-meeting-friday

वैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गरेको आचार्यले जानकारी दिए । संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राखेअनुसार नै छलफल आयोजनापूरा पढ्नुहोस्


प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

pabson-n-pabson-locked

वैशाख १४, काठमाडौँ । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन् । मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले वृद्धि शुल्क फिर्ताको माग गदै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउनका लागि तालाबन्दी गरिएको बताए । प्याब्सनको डिल्लीबजारस्थित र एनप्याब्सनको कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो । प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन् । प्याब्सनका महासचिव राजेन्द्र बानियाँले तत्काल दुईपूरा पढ्नुहोस्


संशोधन प्रस्ताव देश र जनताको हितमा छैनः नौदलीय गठबन्धन

uml-deny-local-level-increment

वैशाख १४, काठमाडौँ । नौदलीय गठबन्धनको आज बसेको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव सकरात्मक नभएको जनाउँदै सो प्रस्ताव पराजित गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन देश र जनताको हितमा नरहेको जनाउँदै त्यसलाई पराजित गर्न आफ्ना तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको बताए । “संशोधनको प्रक्रियामा सहभागी हुन्छौँ तर संशोधनमा गठबन्धनले पनि संशोधन हाल्ने छ, देश र जनताको हितमा नरहेको संविधान संशोधनपूरा पढ्नुहोस्


पत्र फिर्ता लिने मात्र सहमति भएको हो : प्रधानमन्त्री

local-election-meeting-agreement

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको जानकारी दिएका छन् । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा सो कुरा बताउँदै उनले सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य भने फिर्ता नलिएको स्पष्ट पारे । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल आज प्रम प्रचण्डलाई भेट गर्न बालुवाटारमा पुगेका थिए । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का बीचमा व्यवस्थापिका–संसद् सञ्चालन गर्न सरकारले हाललाई तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्नेपूरा पढ्नुहोस्


चुनावी लहर ! भोट हाल्न गाउँ फर्कनेको लर्को

khairhani-vote-counting-19-hrs-later

वैशाख १४, फलेवास (पर्वत) । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन, विदेश तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् । निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताए । त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताए ।पूरा पढ्नुहोस्


म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

local-election-maoist-congress-bhusal

वैशाख १४, बाबियाचौर (म्याग्दी) । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई-दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । काँग्रेसले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र अध्यक्ष तथा माओवादी केन्द्रले मङ्गला र धौलागिरि गाउँपालिकाको अध्यक्ष पद लिने सहमति गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् । दुई दलद्वारा गठित वार्ता टोलीले गरेको सहमतिको बारेमा जानकारी गराउन मङ्गलबार साँझ आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका पूर्व सभापतिपूरा पढ्नुहोस्


स्थानीयले बनाउँदै २५ मेगावाटको आयोजना

local-build-hydro-project-darbang-mygadi-khola-hydropower

वैशाख १४, बेनी (म्याग्दी) । स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण कम्पनी दरवाङ कालिका हाइड्रो प्रा.लि.का अध्यक्ष विनोद कुँवरले जानकारी दिए । म्याग्दीवासीको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले जलविद्युत् आयोजना अगाडी बढाइएको कुँवरको भनाइ छ । कोरियामा रहेका म्याग्दीका बासिन्दाले लगानीको प्रतिबद्धता जनाएका छन् भने अन्य मुलुकमा रहेका यहाँका बासिन्दा समेत सो आयोजनामा लागानी गर्न इच्छुक देखिएका कुँवरले बताए । मालिका गाउँपालिकाअन्तर्गत पर्ने सो आयोजनास्थलको माटोको जाँच प्रक्रिया समेत अगाडी बढाइएको छ । आयोजनालाई आवश्यकताअनुसारको सहयोग गर्ने प्रभावितपूरा पढ्नुहोस्


स्थानीय निर्वाचन पुनः समस्यामा

local-election-voting-confusion

वैशाख १४, काठमाडौं । धेरै कसरतपछि स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित पार्टीहरुलाई भाग लिन लगाउन सरकार सफल भएको दुई दिन नबित्दै सरकारले हिजो साँझ मात्रै तराई मधेसमा स्थानीय तहको सङ्ख्या बढाउने निर्णय फिर्ता लिएपछि स्थिति पुनः नकारात्मक दिशामा अघि बढ्न थालेको छ । यसअघि सरकारले २ र ५ नम्बरमा पर्ने तराई मधेसका ११ जिल्लामा गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरको नयाँ मापदण्ड निर्धारण गरी स्थानीय तहको सङ्ख्या बढाउने निर्णय गरेर मधेसकेन्द्रित पार्टीहरुलाई चित्त बुझाउने प्रयास गरेको थियो । त्यस निर्णय पश्चात भर्खरै छ मधेसकेन्द्रित पार्टीहरु मिली बनेको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीले सरकारसँगको वार्तामा चुनावमा भाग लिने जनाउ गरिसकेका थिएपूरा पढ्नुहोस्


विद्युत् चोरीमा संलग्न १३ पक्राउ

power-theft-arrested

वैशाख १४, सुरुङ्गा (झापा) । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् । उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएकोपूरा पढ्नुहोस्


दाङमा सोह्र दललाई चुनाब चिन्ह

khairhani-vote-counting-19-hrs-later

वैशाख १४, दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् । त्यस्तै नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिह्न पाएको निर्वाचनपूरा पढ्नुहोस्