Main Menu

Friday, April 7th, 2017

 

इन्डक्सन चुलो बिक्री भएन

चैत्र २५, काठमाडौँ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले मूल्य निर्धारण समितिको कारण इन्डक्सन चुलो बिक्री हुन नसकेको जनाएको छ । उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले नाकाबन्दीका समयमा चीन सरकारबाट अनुदानस्वरुप आएको इन्डक्सन चुलो मूल्य निर्धारण समितिले बढी मूल्य तोक्दा बिक्री नभएको ठहर गरेको छ । उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले चीन सरकारले नाकाबन्दीको समयमा दिएको अनुदानलाई अन्य अर्थ लगाएर मूल्य निर्धारण गरिनुका साथै समिति जिम्मेवार र उत्तरदायी नदेखिँदा बिक्रीमा समस्या आएको बताए । अनुदानस्वरुप आएको इन्डक्सन चुलोलाई आपूर्ति मन्त्रालय, नेसनल ट्रेडिङ लिमिटेडलगायत सरोकारवाला संस्था बसेर मूल्य निर्धारण प्रक्रिया अगाडि बढाउन उनले निर्देशनसमेत दिएपूरा पढ्नुहोस्


मधेसवादी दलले जनतालाई अल्मल्याएको छः अध्यक्ष ओली

चैत्र २५, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने – “देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।” अध्यक्ष ओलीले देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन दिँदैन भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताए । यहाँका केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उनले हिजोको जस्तोपूरा पढ्नुहोस्


निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

candidate-election-education-2nd-phase

चैत्र २५, काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । काँग्रेसका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा. अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो । काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउन सक्ने चुनौती र ऐन कानुनमा देखिएको कमी कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिए । छलफलमा उनीहरुबीच स्थानीय तहकोपूरा पढ्नुहोस्


काठ नहुँदा पुनर्निर्माण गर्न सकिएन – भूकम्पपीडित

चैत्र २५, मेलम्ची । भूकम्प गएको दुई वर्ष बितिसकेर पुनर्निर्माणले फड्को लिनुपर्ने समयमा काठको अभावमा पुनर्निर्माण गर्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो छ । जिल्लाभरिबाट स्थायी आवास निर्माणका लागि सरकारले दिएको पहिलो किस्ताअनुरुप रु. ५० हजार लिएपनि अहिलेसम्म पुनर्निर्माणले गति लिन सकेको छैन । अहिले स्थायी आवास पुनर्निर्माणको चटारोमा खटेका भूकम्पपीडित काठ अभावसँगै अन्योलमा परेका छन् । घर निर्माणका लागि सरकारले भूकम्पपीडितका लागि सहुलियतमा काठ उपलब्ध गराउने भने पनि अहिलेसम्म काठ वितरणको कुनै कार्य हुन सकेको छैन । भूकम्पपीडितले काठ नपाउँदा घरको झ्याल, ढोका, छाना छाउन प्रयोग हुने काठलगायत पूर्ण घर बन्नका लागि प्रयोग हुने काठ नपाउँदा काम नै ठप्प भएकोपूरा पढ्नुहोस्


मार्क्सको बाल्यकाल र स्कुले जीवन

राहुल साँकृत्यायन कार्ल मार्क्सको जन्म पश्चिम जर्मनीमा पर्ने ट्रीर नगरमा सन् १८१८, मे ५ तारिखमा भएको थियो । ट्रीर नगर राइनल्याण्डको वेस्टफालिया भन्ने क्षेत्रमा पर्दछ । औद्योगिक युगका लागि चाहिने सबै सामग्री त्यहाँ उपलब्ध थिए । किनभने फलाम-कोइला आदिका ठूल्ठूला खानीहरु त्यहाँ छन् । त्यसैले पछि गएर राइनल्याण्ड जर्मनीको शस्त्रभण्डार बन्न पुग्यो । उन्नाइसौँ शताब्दीको प्रारम्भिक चरणको बेला सामन्तवादको ठूलो प्रभावमा रहेर पनि फलाम, कोइला आदिका बारेमा जर्मनी कसरी उदासीन रहनसक्थ्यो र ? यसैले राइनल्याण्ड उद्योग–प्रधान क्षेत्र हुनथालेको थियो । त्यसको परिणामस्वरुप त्यहाँ पूँजीवाद र पूँजीपतिहरुको प्रभाव पनि बढ्न थालेको थियो । बर्लिन, लाइप्जिग, कोइन्सवर्गका पुराना शहरहरु अब कोलोनभन्दा पछाडि पर्नपूरा पढ्नुहोस्


कम्बोडियाको पहिरोमा परी तीन सय एक जनाको मृत्यु, तीन सयभन्दा बढी वेपत्ता

चैत्र २५, बोगता (कोलम्विया) । कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३ सय १ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ । गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ । उद्धारकार्यमा खटिएका अधिकारीले २ सय १८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ । बाढी तथा पहिरोका कारण ३ हजार २ सय ४० मानिस घरबार बिहीन बनेका छन् । बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाईपूरा पढ्नुहोस्


शव परीक्षणबाट रसायनिक हतियार आक्रमणको पुष्टि भएको टर्कीको दावी

चैत्र २५, बेरुत (लेवनान) । सिरियाली राज्य इदलिवमा मङ्गलबार भएको आक्रमणपछि उपचारका लागि टर्की पुर्याइएका तर उपचारका क्रममा मृत्यु भएका तीन व्यक्तिको शव परीक्षणको रिपोर्टमा आक्रमणमा रसायनिक हतियार प्रयोग भएको पाइएको टर्कीका न्यायमन्त्रीले बिहीवार बताएका छन् । इदलिवमा भएको आक्रमणमा ८६ जनाको मृत्युभएको थियो भने दर्जनौ मानिस घाइते भएका थिए । सिरियाको उत्तरी शहर खानसैख्वानमा भएको दुःखद आक्रमणमा रसायनिक हतियारको प्रयोग भएको भनी अन्तरराष्ट्रिय जगतमा व्यापक आलोचना आइरहेका वेला टर्कीले एक विज्ञप्ति जारी गरी शव परीक्षणबाट आक्रमणमा विषाक्त रसायनको प्रयोगभएको पुष्टि भएको बताएको हो । आक्रमणबारे विश्वभरबाट विरोध भएको छ । घटनामा सिरियाली सरकारी सेनाको संलग्नता रहेको विद्रोही लगायत विभिन्न मुलुकलेपूरा पढ्नुहोस्


ट्रम्प र सिले पाँच बुँदामा छलफल गर्ने

चैत्र २५ , बेइजिङ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ । विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो पटक हुन लागेको भेटवार्तालाई सर्वाधिक महत्वका साथ हेरिएको छ । ट्रम्प र सिका बीचमा यसै हप्ता अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको सुविधासम्पन्न रिसोर्टमा भेटवार्ता गर्ने तय भएको छ । उनीहरुले तय गरेको पहिलो एजेन्डा ‘उत्तर कोरिया’ रहेको छ । उनीहरुका बीचमा भेटवार्ता हुने तयारी भइरहेका बेला गत बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले यसरी बेला-बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीनपूरा पढ्नुहोस्


दोलखामा बन्ने भयो चलचित्र नगरी

चैत्र २५, दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका १ सय ४ वटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ । वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउनपूरा पढ्नुहोस्


सबै प्रकारका विभेद अन्त्यका लागि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्छ–प्रधानमन्त्री

चैत्र २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् । माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन भने । उनले राज्यको तल्लो तहबाटै महिलाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधान कार्यान्वयन स्वरूप सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरिहेको हुँदा सहयोगका लागि सबैसँग अपिल गरे । चेलिबेटी बेचबिखनलाई संस्थागत रूपमा अन्त्य गर्नेबारे सरकारले नयाँ योजना बनाउने तयारी गरेको उनको भनाइ थियो ।पूरा पढ्नुहोस्