Main Menu

Friday, April 21st, 2017

 

मधेसी मोर्चा निर्वाचनमा जान सकारात्मक

all-party-meeting-friday

वैशाख ८, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सत्तारुढ दल र मोर्चामा आबद्ध छ दलबीचको बैठकमा सोसम्बन्धी समझदारी भएको हो । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रस्तावमा केही कुरा परिमार्जन गर्नुपर्ने, संविधान संशोधन पारित गर्ने र सबैले चुनावमा भाग लिने कुरा उठेको बताउँदै निर्वाचन दुई चरणमा गर्ने वा एकै पटक गर्ने भन्ने विषयमा भने शनिबार छलफल हुने जानकारी दिए । उनका अनुसार बैठकमा संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्ने र सबैले निर्वाचनमा भाग लिनेपूरा पढ्नुहोस्


मधेसवादी दलहरूसहित ९ दलको संयुक्त प्यानल

khairhani-vote-counting-19-hrs-later

वैशाख ८, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा ९ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा ९ दलको संयुक्त प्यानल हुने लिखित प्रतिबद्धता जनाएका हुन् । ‘स्थानीय तहको निर्वाचन भएमा हाम्रो संयुक्त प्यानल हुनेछ’, नौ दलीय गठबन्धनले प्रसारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितकोपूरा पढ्नुहोस्


मोर्चालाई निर्वाचनमा आउन सत्तारूढ दलको आग्रह

killing-vehicle-back-law

वैशाख ८, काठमाडौँ । सत्तारूढ दलले निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका शीर्षनेताबीच भएको छलफलमा सत्तारूढ दलका नेताले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने र मोर्चाले निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेका हुन् । बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको जानकारी गराउँदै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, “संशोधन प्रस्तावलाई टुङ्गोमा पुर्याउने र मोर्चा निर्वाचनमा सहभागी हुने विषयमा सकारात्मक छलफल भयो ।” संशोधन प्रस्तावमा केही आवश्यक भएपूरा पढ्नुहोस्


भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

वैशाख ८, काठमाडौँ । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो । यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका भक्तपुरका स्थानीयवासी रामबहादुर थापा यातायात व्यवसायीको दबाबमा विभागले अनुमति नदिएको बताउँछन् । “नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ देशभरका सडक कब्जा गर्ने योजनामा लागेको छ । जिल्ला प्रशासन कार्यालयमा सङ्घ संस्था ऐन २०३४ अनुसार सामाजिक संस्था दर्ता गरेर यातायात समितिलेपूरा पढ्नुहोस्


६ मधेसवादी दलहरुबीच एकता भई ‘मधेस’ शब्द नभएको राष्ट्रिय जनता पार्टी गठन गरिएको छ । अब यो कस्तो पार्टी बन्नेछ ? [आजको प्रश्न]


बरुण नदीमा बाढी आएपछि अरुण नदी थुनियो

killing-vehicle-back-law

वैशाख ८, सङ्खुवासभा । बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब २ किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेका छन् । नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्थापूरा पढ्नुहोस्


राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै

president-india-visit

वैशाख ८, उडिसा (भारत) । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै छिन् । भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते भारतको राजकीय भ्रमणमा आएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गरिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेकी थिइन् । भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारतपूरा पढ्नुहोस्