Main Menu

Saturday, April 8th, 2017

 

एउटा सुगाको कथा

रबिन्द्रनाथ टेगोर एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थाहा थिएन । एक दिन राजाले सोचे, ‘यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटा मात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभाव मात्रै सिर्जना गरिदिन्छ ।’ त्यसैले राजाले मन्त्रीलाई बोलाए र आदेश दिए – ‘यस सुगालाई पढाउने व्यवस्था गर ।’ पण्डितहरुको सभा बोलाइयो । गम्भीर विचारपूरा पढ्नुहोस्


थारु बस्तीका मतदाता चुनावप्रति उत्साहित

local-election-kathmandu-candidacy

चैत्र २६, धनगढी । स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । . थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाता चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् । कैलाली जिल्लाको मध्य क्षेत्रमा थारुबस्तीको बाहुल्यता छ । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपालगायत निर्वाचन पक्षधर थारु नेता तथा कार्यकर्ता अहिले चुनावी भेटघाटमा जुटेका छन् । थारु समुदायको मत आफ्नो पक्षमा कसरी पार्ने र नेतृत्व कसलाई दिने भन्ने बारेमा समेत चर्चा परिचर्चा हुन थालेका छन् ।पूरा पढ्नुहोस्


निर्वाचन एकै चरणमा हुनुपर्छ – काँग्रेस

चैत्र २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव अघि सारे पनि नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने अडान लिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन हिजो यहाँ आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राखेका हुन् । बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको बताउँदै निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राखेका थिए । केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमापूरा पढ्नुहोस्


प्रचण्डले बजेट ल्याएर सरकार छाड्ने : पूर्व अर्थमन्त्री पुन

चैत्र २६, तिलोत्तमा (रुपन्देही) । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताए । हिजो बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ को गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले बजेट ल्याएर प्रचण्डले सरकारको नेतृत्व छोड्ने बताएका हुन् । उनले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताए । उनले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनैपूरा पढ्नुहोस्