Main Menu

विश्वका केही चर्चित सहरहरुको सबैभन्दा पुराना तस्बिरहरु

सन् १८४० को दशकदेखि सन् १८५० को दशकको अन्त्यसम्म फ्रान्सेली फोटोग्राफर लुई डग्वेरेले आविष्कार गरेको डग्वेरियोटाइप विधिबाट फोटो खिच्ने चलन निकै व्यापक बनेको थियो । यो विधिबाट फोटो खिच्दा लङ् एक्स्पोजरको आवश्यकता हुने भएकोले मान्छेहरुको फोटो खिच्न असम्भवप्रायः हुन्थ्यो किनभने यसको लागि फोटो खिचाउने मान्छे लामो समयसम्म स्थिर बस्नुपर्ने हुन्थ्यो । तर यसै विधिको प्रयोग गरी विश्वका चर्चित शहरहरुको पहिलो तस्बिर खिचियो ।

एथेन्स १८४५

oldest-photos-cities-worldग्रीसको राजधानी एथेन्स आधुनिकीकरण हुनुभन्दा अगाडिका १८४५ मा खिचिएका २ तस्बिरहरु । बायाँ तस्बिरको मध्य भागमा देखिएको सानो डाँडामा अहिले पेनाथनेयक रंगशाला छ । सन् १८९६ ओलम्पिक खेलको लागि निर्माण गरिएको सो रंगशाला पूर्ण रुपमा मार्बल मात्र प्रयोग गरेर निर्माण गरिएको विश्वकै एक मात्र रंगशाला हो । दायाँ तस्बिरको माथिल्लो भागमा एथेन्सको एक्रोपोलिस देख्न सकिन्छ भने तल्लो भागमा बस्ती ।

बर्लिन १८४०

oldest-photos-cities-worldबर्लिनको लाइप्जिग स्ट्रासको एक दृश्य । लाइप्जिग स्ट्रास जर्मनीको राजधानी बर्लिनको प्रमुख सडकमध्येको हो ।

बम्बई (हाल मुम्बई) १८५०

oldest-photos-cities-worldबेलायतको इस्ट इण्डिया कम्पनीले भारतमा शासन गर्दाको समयमा खिचिएको बम्बईको यो तस्बिरमा एक चर्च देखिन्छ । स्कच चर्च नामक उक्त चर्च नजिकैको गुम्बज आकारको भवनलाई आइस हाउस भनिन्थ्यो । त्यहाँ उत्तर अमेरिकाबाट ल्याइएको बरफ भण्डारण गरेर राखिन्थ्यो ।

कोपनहेगन १८४०

oldest-photos-cities-worldडेनमार्कका सत्रौँ शताब्दीका एक नेता कोर्फिज उल्फेल्टको सम्झनामा उल्फेल्ट प्लाड्स नाम राखिएको डेनमार्कको राजधानी कोपनहेगनस्थित एक चोक । यस स्थानमा उल्फेल्टले आफ्नो समयमा एक विशाल दरबार निर्माण गरेका थिए । तर १६६३ मा आफ्नो पदबाट अपदस्थ गरिएपछि उनको दरबारलाई ध्वस्त गरी एउटा स्तम्भ स्थापना गरिएको थियो । त्यस स्तम्भमा बटुवाहरुले उल्फेल्टलाई सम्झेर थुक्ने गर्छन् । यो तस्बिर खिचेको एकवर्ष पछि, अर्थात सन् १९४१ मा यस चोकको पुरानो नाम ग्राब्रोड्रेटार्भ पुनःस्थापित गरिएको थियो ।

डब्लिन १८४८

oldest-photos-cities-worldआयरल्याण्डको डब्लिनको हार्डविक सडकमा अवस्थित सेन्ट जोर्ज चर्च अगाडि फोटो खिचाउँदै एक समूह ।

एडिन्ब्र १८४८

oldest-photos-cities-worldस्कटल्याण्डको राजधानी एडिन्ब्रको कासलहिलमा अवस्थित टाल्बुथ चर्च र एक सभा कक्ष ।

जेरुसलाम १८४४

oldest-photos-cities-worldविश्वकै सबैभन्दा पुरानो शहरमध्ये पर्ने जेरुसलामको टेम्पल माउन्ट । तीन प्रमुख धर्महरु इस्लाम, यहूदी र इसाईले आफ्नो पवित्र शहरको रुपमा लिने जेरुसलामको यो तस्बिर ओटोमन साम्राज्यले शासन गरिरहेको समयमा खिचिएको थियो । त्योबेला १५,००० जनसंख्या भएको यो शहरमा अहिले ८ लाखबढी जनसंख्या छ ।

लन्डन १८३९

oldest-photos-cities-worldसन् १८३९ मा खिचिएको लन्डनको यो तस्बिरमा ट्राफल्गर चोकबाट संसद् सडक देखिन्छ । अगाडि घोडामा सवार मूर्ति भने चाल्र्स प्रथमको हो ।

न्यू योर्क १८४८ र १८५०

oldest-photos-cities-worldसन् १८५० मा खिचिएको न्यूयोर्कको म्यानहाटनको ब्रोडवे एण्ड फ्रान्क्लिन स्ट्रिटको यो तस्बिर न्यूयोर्कको सबैभन्दा पहिले खिचिएको तस्बिर मानिन्थ्यो । तर पछि सन् १८४८ मा खिचिएको तलको तस्बिर फेला पर्यो, जुन न्यू योर्क शहरकै थियो ।

oldest-photos-cities-worldपेरिस १८३८

oldest-photos-cities-worldफ्रान्सको राजधानी पेरिसको बोलेभार्ड डु टेम्पलको यो तस्बिर सन् १८३८ मा लुई डग्वेर आफैले खिचेका थिए । मानिसहरु समेत भएको यो सबैभन्दा पहिलो तस्बिर थियो । बोलेभार्ड व्यस्त सडक भएपनि तस्बिर खिच्न लङ् एक्स्पोजरको आवश्यकता हुने भएकोले लामो समयसम्म स्थिर बसिरहेका जुत्ता सफा गर्ने व्यक्ति र उनका ग्राहक मात्र तस्बिरमा देखिन्छन् ।

रोम १८४२

oldest-photos-cities-worldसन् १८४२ मा खिचिएको इटालीको राजधानी रोम शहरको यो तस्बिरमा रोमन साम्रज्यले सन् ७० देखि ८० को बीचमा निर्माण गरेको रंगशाला कलोसियम देखिन्छ ।

सिङ्गापुर १८४४

oldest-photos-cities-worldसिङ्गापुरको यो तस्बिर सन् १८४४ मा एक फ्रान्सेली अधिकारी अल्फन्स युजिन जुल्स आइटियरले खिचेका थिए ।

सिड्नी १८५५ र १८५८

oldest-photos-cities-worldसन् १८५५ मा सिड्नीको म्याक्वायर स्ट्रिटमा अवस्थित सेन्ट जेम्स पर्सोनाज (चर्चमा काम गर्ने पादरीहरुका लागि प्रदान गरिने क्वार्टर)को यो तस्बिर अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रदेशकै सबैभन्दा पुरानो तस्बिर हो ।

oldest-photos-cities-world

त्यस्तै, विलियम हेजरले सन् १८५८ मा खिचेको यो तस्बिर सिड्नीको जोर्ज स्ट्रिटको हो ।

टोरोन्टो १८५६

oldest-photos-cities-worldक्यानाडाको राजधानी बन्नको लागि चलाइएको अभियानअन्तर्गत सन् १८५६ मा खिचिएको टोरोन्टोको तस्बिर । अभियानमा टोरोन्टो ओटावाबाट पराजित हुनुपर्यो ।

वाशिङ्टन, डिसी १८४६

oldest-photos-cities-worldवाशिङ्टन डिसीको पुरानो पेटेन्ट अफिसको यो तस्बिर उक्त शहरको सबैभन्दा पुरानो तस्बिर मानिन्छ । अहिले यो भवन नेश्नल पोट्रेट ग्यालरी र स्मिथसोनियन म्युजियम अफ अमेरिकन आर्टमा परिवर्तन भइसकेको छ ।

(Visited 303 times, 1 visits today)

टिप्पणी

comments