Main Menu

तेल किन्न आयल निगमको खुला टेण्डर

Oil nigam ko suchanaअसोज २१, काठमाडौं । भारतले दुई साताभन्दा बढी समयदेखि लगाइरहेको अघोषित नाकाबन्दीका कारण सिर्जित पेट्रोलियम पदार्थ अभाव टार्न नेपाल आयल निगमले टेण्डर आह्वान गरेको छ । १५ दिनका लागि आह्वान गरेको ट्रेण्डरमा जुनसुकै देशबाट तेल आयात गर्न सकिने भनिएको छ ।

पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति भारतीय आयल निगमले पर्याप्त मात्रामा नगरेका कारण निगम यस्तो निर्णयमा पुगेको हो । निगमले हालको परिस्थिति सहज नभएकाले कुनै पनि मुलुकबाट खरिद गरी जुनसुकै मार्गबाट पैठारी गर्न सक्ने गरी टेण्डर आह्वान गरेको छ ।

मन्त्री परिषदको निर्णय अनुसार गरिएको टेण्डर आह्वान अनुसार देशी–विदेशी सप्लायर्सहरुले तीन दिनभित्र तत्कालका लागि १५ दिनका लागि प्रतिदिन डिजेल करीब २०० किलोलिटर, पेट्रोल करिब १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल करिब २०० किलोलिटर र एलपी ग्यास करिब १०० मेट्रिक टन ल्याउनु पर्नेछ ।Nepai Oil Nigam

निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले तत्कालको लागि पेट्रोलियम पदार्थ वितरण सहज बनाउन ग्लोबल टेण्डर आह्वान गरिएको सञ्चारमाध्यमहरुलाई जानकारी दिए ।

दशैँ–तिहार जस्ता पर्वहरुको अवसरमा सार्वजनिक यातायातलाई सहज बनाउन हवाइ मार्गबाट तेस्रो देशबाट भए पनि दुई साताका लागि सरकारले तेल ल्याउने तयारी गरेको हो ।

(Visited 546 times, 1 visits today)

टिप्पणी

comments