Main Menu

पूर्ण बैठकबाट सर्वोच्च अदालतको नियमावली २०७४ पारित

 

supreme-court-manual-2074-passedसाउन १०, काठमाडौँ । सर्वोच्च अदालतको हिजोको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको छ ।

बैठकले २०४९ को नियमावलीलाई खारेज गर्दै नियमावली २०७४ पारित गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा सो नियमावली नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुने उल्लेख छ ।

नियमावलीमा व्यवस्था गरिएको नयाँ प्रावधानमा सर्वोच्च अदालतको नियमित कार्यका अतिरिक्त अन्य समय र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । यस्तै अदालतको काम शुक्रबार अपराह्न ४ बजेसम्म हुने व्यवस्था, मुद्दा पेसी, सूचीको प्राथमिकता क्रम परिमार्जनलगायत नयाँ व्यवस्था उल्लेख छ ।

(Visited 235 times, 1 visits today)

टिप्पणी

comments